सहरीकरणमा नवीन अभ्यास
धेरैलाई थाहा नहुन सक्छ तर सरकारी निकायले नै आधुनिक, सुविधासम्पन्न र सहुलियत मूल्यमा आवास योजना निर्माण गरी नागरिकलाई सुम्पिने भएको छ । आधुनिक बस्ती विस्तारको योजना अनुसार राष्ट्रिय आवास कम्पनी लिमिटेडले जनताका लागि सहुलियतको मूल्य र किस्ताबन्दीमा घर बनाएर हस्तान्तरण गर्ने भएको हो ।
मानव स्वास्थ्यका लागि हानिकारक
सर्लाहीका विदुर सुवेदी कुखुरापालक किसान हुनुहुन्छ । उहाँले कुखुरालाई एन्टिबायोटिकको प्रयोग गरेर तौल बढाउनका लागि पशु प्राविधिकको सल्लाह लिनुहुन्छ । उहाँ जस्ता हजारौँ किसान कसरी कम समयमा कुखुराको तौल बढाउने र आम्दानी गर्ने भन्नेमा बढी तल्लीन हुन्छन् ।
मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
रामपुर नगरपालिका –८, कुमराङमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रामपुर –८ पिल्टार बस्ने ५० वर्षीय डोलबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ ।
तनहुँमा तीन जनाको बीभत्स हत्या
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको विभत्स हत्या भएको खुलासा भएको छ
रास्वपासँगको एकता भंग भएसँगै उज्यालो नेपालको अध्यक्ष कुलमान घिसिङ
उज्यालो पार्टी नेपालले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ।
गहुँखेती
बझाङको बित्थडचिर गाउँपालिका–४ तल्लाभतडाका किसानले लगाएको गहुँबाली ।
निर्वाचन वैशाख २१ मा गर्नु उपयुक्त हुन्छः पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती
पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनलाई वैशाख २१ मा सार्नु उपयुक्त हुने धारणा राख्नुभएको छ।
सुधारगृहका बालकलाई एडभोकेसीको सहयोग
मानव अधिकारवादी संस्था एडभोकेसी फोरम नेपालले बाँकेको डुडुवा आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहमा कानुनी विवादमा परेका बालकहरूका लागि खेलकुद तथा पाठ्यसामग्री सहयोग गरेको छ ।
पूर्वमन्त्री होमनाथ दाहालको अन्त्येष्टि
नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको अन्त्येष्टि गरिएको छ ।
आँप पानी गोल्डकप पुस २८ देखि
ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित गोल्डकप सञ्चालन हुने भएको छ ।
विद्यार्थीलाई न्यानो पोसाक
कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा रहेको शिवशक्ति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो पोसाक वितरण गरिएको छ ।
सुडानमा दुई करोड भन्दा बढी मानिस गम्भीर खाद्य असुरक्षाको सामना गर्दै : संयुक्त राष्ट्रसङ्घ
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का प्रवक्ता जेन्स लार्केले जनवरी-९ मा सुडानमा द्वन्द्व सुरु भएको एक हजार दिन बितिसकेको चेतावनी दिँदै हाल दुई करोड १० लाख भन्दा बढी मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको जनाएको छ ।
स्वेदशमै रोजगारीको अवसर सिर्जना गर्नु पर्नेमा जोड
स्वदेशमै घरेलु श्रम तथा स्याहार अर्थतन्त्रको क्षेत्रलाई मर्यादित बनाउँदै स्वेदशमै रोजगारीको अवसर सिर्जना गर्नु पर्नेमा जोड दिइएको छ ।
‘बालेन–रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद् असिम शाह मुलुक निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ।
राष्ट्रिय महिला भलिबल : न्यु डायमन्ड च्याम्पियन
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलबुद परिषद् (राखेप) कभर्डहलमा शनिबार भएको फाइनल खेलमा न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–२२, २५–१८, १५–२५, २७–२५ ले हरायो ।
कुलमानलाई अध्यक्ष बनाएपछि पत्रकार सम्मेलन गर्दै उज्यालो नेपाल पार्टी
उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेको छ । उज्यालो नेपालले घिसिङ अध्यक्ष बनेको औपचारिक जानकारी दिन शनिबार पत्रकार सम्मेलन गर्दैछ ।
कांग्रेस विशेष महाधिवेशनमा सभापति देउवासहितका पदाधिकारीलाई निम्तो
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ पनि पार्टीको विशेष महाधिवेशनमा सहभागी हुनु हुने भएको छ ।
निर्वाचन प्रहरीको भर्ना प्रक्रिया सुरु
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा दुई हजार ४९१ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।
भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढेर १४ पुगेको अधिकारीले शनिबार बताएका छन् ।
अलेप्पोलाई नियन्त्रणमा लिएको सिरियाली सेनाको दाबी, कुर्द सेनाद्वारा खण्डन
सिरियाको सेनाले शनिबार अलेप्पोको एक छिमेकमा कुर्द सेनासँग भिडन्त भएको र आत्मसमर्पण गर्ने आह्वानलाई बेवास्ता गरे पनि उसले यस क्षेत्रमा नियन्त्रण गुमाएको बताएको छ ।
हामी अमेरिकी बन्न चाहदैनौँ : ग्रीनल्याण्डका राजनीतिक दल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज पदार्थको लागि धनी डेनिस स्वायत्त क्षेत्र ग्रीनल्याण्ड कब्जा गर्न बल प्रयोग गर्न सुझाव दिएपछि ग्रीनल्याण्डका राजनीतिक दलले यसको विरोध गरेका छन् ।
रास्वपा सचिवालयको आकस्मिक बैठक
पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको आकस्मिक बैठक भर्चुअल बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकरी दिनुभयो।
रेशम खेतीको विस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छः मन्त्री परियार
कृषि तथा पशुपक्षी मन्त्री डा मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण आयआर्जन तथा रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान दिने बताउनुभएको छ।
ट्रेड युनियन कसैको बक्सिस होइन : न्यौपाने
नेपाल निजामती कर्मचारी सङ्गठनको केन्द्रिय अध्यक्ष भवानी न्यौपाने दाहालले ट्रेड युनियन कसैको बक्सिस नभएको बताउनु भएको छ । उहाँले पार्टीको तर्फबाट लोकतन्त्र सफल नभएपछि जागिर धरापमा राकेर सडकमा आएर आन्दोलन सफल बनाएकाले प्राप्त ट्रेड युनियन भएको बताउनुभयो ।