दाउराको कुन्यू
सङ्खुवासभाको खादबारी नगरपालिका-४ का स्थानीयले जोहो गरी राखेको दाउराको कुन्यू ।
‘सम्पत्ति छानबिन आयोग’ द्वारा औपचारिक रुपमा काम सुरु
मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ।
बाँकी फाइलका सम्बन्धमा गुनासो गर्न प्रधानमन्त्री कार्यालयको सार्वजनिक आह्वान
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘शून्य बाँकी फाइल सप्ताह’का अवधिमा फर्स्योट हुन नसकेका फाइलका सम्बन्धमा गुनासो गर्न सम्बन्धित सबैसँग आह्वान गरेको छ ।
कम्युनिस्ट दिवस : आत्मसमीक्षा गर्दै रुपान्तरित हुने अवसर
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा (बादल) ले स्थापना दिवस आत्मसमिक्षा गर्दै रुपान्तरित हुने अवसर भएको बताउनुभएको छ । कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले स्थापना दिवसको अवसरमा नेपालको कम्युनिस्टहरुले इतिहासको खास–खास मोडमा महत्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको बताउनुभयो ।
महासंघको संस्थापक माग्दै कालो ब्यानर प्रदर्शन
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई कायम गर्न माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी र कास्कीले महासंघको कार्यालय अगाडि कालो व्यानर प्रदर्शन गरेको छ।
पासाङ ल्हामुको ३३ औँ स्मृति दिवसमा दौड प्रतियोगिता हुने
प्रथम नेपाली महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३३ औँ स्मृति दिवसका अवसरमा दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
मोरङमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
मोरङको बुढीगंगा गाउँपालिका –७ सिसवनीस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा साइकल यात्री ६९ वर्षीय बलराम विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गण्डकीमा डढेलोका घटना न्यून
फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी प्रदेशमा डढेलोका घटना कम भएका छन् ।
कास्की कार्यालयको बैठकबाट ११ बुँदे निर्णय सार्वजनिक
नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारका एक सय कार्यसूचीहरुको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा कास्कीमा रहेका प्रमुखहरूको उच्चस्तरीय बैठकले सार्वजनिक सेवा प्रवाहलाई छरितो, पारदर्शी र प्रविधिमैत्रीमा जोड दिँदै ११ बुँदे महत्वपूर्ण निर्णय गरेको छ ।
पार्टीलाई नयाँ जीवन प्रदान गर्न लागौं : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ जीवन प्रदान गर्न सत्ताकेन्द्रीत सोच बदल्नुपर्ने धारणा राख्नुभएको छ । कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा बुधबार च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
बक्सर चन्द्र सम्मानित
काठमाडौँ महानगरपालिकाले विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक पदक विजेता चन्द्रबहादुर थापामगरलाई बुधबार नगदसहित सम्मान गरेको छ ।
लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने
दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । सङ्कटको अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने गर्ने उद्देश्यले पहिलो पटक दाङको लमहीस्थित जैविक विविधता पार्कमा दुई दिने उत्सव हुने भएको हो ।
सेवा प्रवाहलाई गुनासोरहित बनाइने
बागमती प्रदेश सरकारले सेवा प्रवाहलाई गुनासोरहित बनाउने भएको छ ।
मच्छिन्द्र इलाम गोल्डकपको फाइनलमा
मच्छिन्द्र फुुटबल क्लब काठमाडौँ इलाम गोल्डकपको फाइनलको यात्रा तय गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पथरी–११ लाई ५–२ गोलले हराउँदै मच्छिन्द्रले फाइलन यात्रा तय गरेको हो ।
चन्द्रगढी महिला गोल्डकपमा पुलिसको साननदार जित
झापाको चन्द्रगढीमा जारी प्रथम चन्द्रगढी महिला गोल्डकपको बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबको टिमले पाहुना टोली भारतको रानी लक्ष्मीबाई फुटबल एकेडेमीलाई ५-० गोल अन्तरले सहज पराजित गदै सेमिफाइनल प्रवेश पाएको छ ।
प्रमुख प्रतिपक्षको भूमिका पूरा गर्छौं : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका गर्नुभएको छ ।
मुख्यमन्त्री बानियाँद्वारा एक हप्ताभित्र परिणाम देखिने गरी काम गर्न यातायात कार्यालयका कर्मचारीलाई निर्देशन
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश सरकार मातहतका यातायात कार्यालयबाट हुने सेवा प्रवाहमा एक हप्ताभित्र सेवाग्राहीले फरक महशुस गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
२४ घण्टामा २३ लाख २० हजार राजस्व सङ्कलन
काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कडाइ गर्दै ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा २३ लाख २० हजार राजस्व सङ्कलन गरेको छ ।
नेतृत्व फेरेर मात्र पार्टी पुर्नगठन हुँदैन : एमाले नेता ज्ञवाली
नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले अहिले नै पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने बेला नआएको बताउनु भएको छ ।
वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ ।
गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई
राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाह स्वयम्ले सम्हाल्ने गरी तोक्नुभएको छ ।
शिक्षा मन्त्री पोखरेलद्वारा वी.पी.प्रतिष्ठानको अनुगमन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकोे अनुगमन गर्नुभएको छ ।
वातावरण पदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा लागिपरेको ट्राफिक प्रहरीले आज मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १२ वटा सवारीसाधन आज नियन्त्रणमा लिएको छ ।
सङ्घले प्रदेश सरकारको अस्तित्व स्वीकार्नुपर्छ : मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सङ्घीय सरकारले प्रदेश सरकारको अस्तित्वलाई स्वीकार गरेर काम गर्नुपर्ने बताउनुभएको छ ।