ट्रेड युनियन कसैको बक्सिस होइन : न्यौपाने
नेपाल निजामती कर्मचारी सङ्गठनको केन्द्रिय अध्यक्ष भवानी न्यौपाने दाहालले ट्रेड युनियन कसैको बक्सिस नभएको बताउनु भएको छ । उहाँले पार्टीको तर्फबाट लोकतन्त्र सफल नभएपछि जागिर धरापमा राकेर सडकमा आएर आन्दोलन सफल बनाएकाले प्राप्त ट्रेड युनियन भएको बताउनुभयो ।
कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले कठिन परिस्थिति र ठुलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताउनुभएको छ।
भेनेजुएलाद्वारा कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि अमेरिकासँग वार्ता गर्ने घोषणा
भेनेजुएलाले शुक्रबार अमेरिकासँग कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि वार्ता सुरु गरेको जनाएको छ ।
पाकिस्तानले पोलियो विरोधी अभियान अन्तर्गत चार करोड ५० लाख भन्दा बढी बालबालिकालाई खोप दिँदै
पाकिस्तानले सन् २०२६ फेब्रुअरी २-८ सम्म चल्ने राष्ट्रव्यापी पोलियो उन्मूलन अभियान अन्तर्गत चार करोड ५० लाख भन्दा बढी बालबालिकालाई खोप लगाउने तयारी गरेको स्वास्थ्य अधिकारीले शनिबार बताएका छन् ।
ऐतिहासिक निसान पदयात्रा समापन
नेपालको पूूर्वी सीमावर्ती क्षेत्र मेची बजारबाट चार दिनअघि सुुरु भएको निसान पदयात्रा आज इलाम सदरमुकाम आइपुगेको छ । नेपाल एकीकरणको सम्झनामा इतिहास संरक्षण र जिल्लाको पर्यटन प्रवर्धनमा आयोजना गरिएको पदयात्रा इलाम सदरमुुकामस्थित माइस्थान मन्दिरमा आएर समापन भएको छ ।
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्ने छ : राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वायत्त आर्कटिक टापु ग्रनिल्याण्डमा डेनमार्कको सार्वभौमिकतालाई बेवास्ता गर्दै शुक्रबार फेरि ग्रिनल्याण्ड कब्जा गर्न बल प्रयोग गर्न सुझाव दिनु भएको छ ।
हारको पाठ एनपिएल च्याम्पियन आधार
सुरुवाती तीन खेलमा लगातार हार खेपेपछि लुम्बिनीका अध्यक्ष ईश्वर जिसीलाई लागेको थियो कि नियती फेरि दोहोरिएला । आठ टोली सम्मिलित एनपिएलमा अघिल्लो सिजन अन्तिममा रहेको टोलीले यसपटक पनि सुरुवातमा लगातार हार खेप्दा झस्किनु स्वभाविक थियो ।
‘समृद्ध मधेश बनाउने अभिभारा काँधमा छ’
मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री राजकुमार गुप्ता (राजु) ले सुन्दर र समृद्ध मधेश प्रदेश बनाउने अभिभारा काँधमा आएको बताउनुभएको छ ।
मिलान र सोनियालाई केभिआर समिट च्यालेन्ज–४ उपाधि
केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको चौथो चरणमा पुरुषतर्फ मिलन कुलुङ र महिलातर्फ अमेरकाकी सोनिया मार्टिन पहिलो हुनुभएको छ ।
जापानका प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा
जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी सातामा आम निर्वाचन गराउने विचार गरिरहेकोे शनिबार केही जापानी सञ्चार माध्यमले आफ्नो समाचारमा जनाएका छन् ।
पूर्वमन्त्री चौधरीको निधन
राष्ट्रिय मुक्ति पार्टीका कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री चन्द्रकान्त चौधरीको ८५ वर्षको उमेरमा निधन भएको छ। डाक्नेश्वरी नगरपालिका वडा ५ पातो निवासी चौधरीको शनिबार बिहान ११ः३० बजे आफ्नै निवासमा निधन भएको हो।
पार्टी विभाजन हुन नदिन कांग्रेस नेता भण्डारीसहितको दबाब अभियान सुरु
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीलगायतका नेताले पार्टी एकताको पक्षमा वकालत गर्नुभएको छ।
गुलर्या माघ महोत्सवको तयारी पूरा
गुलर्या सांस्कृतिक महोत्सव २०८२ (थारू सम्बत २६४९) को तयारी पूरा भएको छ । गुलर्या टोल विकास संस्थाको आयोजनामा तथा सौँरा बगालको सह–आयोजनामा पुस २७ गते घोराही उपमहानगरपालिका –१७, गुलरियास्थित सहिद नेत्रलाल स्मृति पार्कमा आयोजना हुन लागेको महोत्सवको तयारी पूराभएको आयोजकले जनाएको छ।
बालिकाको कानमा लगाएको सुन लुट्ने पक्राउ
झापाको दमकमा ५ वर्षीया बालिकाको कानको सुन लुट्ने एक भारतीय नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लोकतान्त्रिक शक्तिबिच सहकार्यको खाँचो छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लोकतन्त्र सङ्कटमामा रहेकाले संविधान पक्षधर र लोकतान्त्रिक शक्तिहरुबिच संवाद, न्यूनतम समझदारी र सहकार्यको खाँचो रहेको बताउनुभएको छ ।
हिमालयन च्यालेन्जर्स क्लासिकल चेसको तयारी पूरा
हिमालयन चेस एकेडेमीले युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
अचार बनाउने सीप पाएर उत्साहित महिला
गुल्मीको इस्मा गाउँपालिका–१ र २ का महिला अचार बनाउने सीप पाएपछि उत्साहित भएका छन् । स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य उत्पादनबाट आचार बनाएर व्यवसायीकरण गर्नसके राम्रो आम्दानी हुने रहेछ भन्ने कुरामा आफूहरुले धेरै कुरा सिकेको इस्मा गाउँपालिका –१ की टीका कुँवरले बताउनुभयो ।
कञ्चनपुरमा २ हजार ३२७ निर्वाचन प्रहरी भर्ना गरिने
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजार ३२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
अफगानिस्तानमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण चार जना मजदुरको मृत्यु
अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तको खास जिल्लाको बहुमूल्य र ढुङ्गाको खानीमा शुक्रबार कार्बन मोनोअक्साइड विषाक्तताबाट कम्तीमा चार जना खानी मजदुरको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता एहसानुल्लाह कामगरले पुष्टि गर्नु भएको छ ।
तीन हजारभन्दा बढीलाई प्रमाणपुर्जा दिन बाँकी
दार्चुला जिल्लाका नौवटै स्थानीय तहका तीन हजार ७९२ जना भूमिहीन, दलित, सुकुम्वासी, अव्यवस्थित बसोवासी र विगतमा काम अधुुरा तथा अपुरा रहेकालाई जग्गाधनी प्रमाणपूर्जा दिलाउन बाँकी रहेको नेपाल सरकार भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाका अध्यक्ष लालसिंह धामीले जानकारी दिनुभयो ।
युक्रेनको सम्बन्धमा छलफल गर्न संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपतकालीन बैठक आयोजना
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युक्रेनबारे छलफल गर्न सोमबार आपतकालिन बैठक आयोजना गरेको जनाएको छ ।
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन : प्रवक्ता थापा
यतिबेला मुलुक प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको छ। नेपाल सरकार, निर्वाचन आयोग, सबै सुरक्षा निकाय, राजनीतिक दल र सरोकार भएका पक्षले निर्वाचनका लागि आफ्नातर्फबाट तयारी गरिरहेका छन् । एकीकृत सुरक्षा रणनीतिअनुसार सुरक्षाको दोस्रो घेरामा रहने सशस्त्र प्रहरी बल नेपालले पनि आफ्नो तयारीलाई तीव्रता दिएको छ ।
बैँकले लिलाम गरेको घर विप्लव माओवादीको कब्जामा
एनएमबी बैँक कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका –१० का अजय विकको लिलाम गरेको घरलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जामा लिएको छ ।
सहकारी सङ्घ बागलुङको अध्यक्षमा कार्की
जिल्ला सहकारी सङ्घ बागलुङको अध्यक्षमा खिमबहादुर कार्की सर्वसम्मत चयन हुनु भएको छ । सङ्घको १७ औं वार्षिक साधारणसभाबाट कार्की अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।