कोकिला ढकाल
इलाम, वैशाख ९ गते । मच्छिन्द्र फुुटबल क्लब काठमाडौँ इलाम गोल्डकपको फाइनलको यात्रा तय गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पथरी–११ लाई ५२ गोलले हराउँदै मच्छिन्द्रले फाइलन यात्रा तय गरेको हो ।
एन–पेनाङ (मलेसिया) लाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनल पुुगेको मच्छिन्द्र फुटबल क्लबका तर्फबाट खेल सुुरु भएको १३औँ मिनेटमा मिलन चाम्लिङले पहिलो गोल गर्नुभएको थियो । मच्छिन्द्रको गोल भएको चार मिनेटमै पथरीका मौसम लिम्बूले आफ्नो टीमको तर्फबाट पहिलो गोल गर्दै मच्छिन्द्र सँग बराबरीमा पुु¥याउनुु भएको थियो ।
पहिलो हाफको ३०औँ मिनेटमा पुन: मिलन चाम्लिङले अर्को गोल गर्दै मच्छिन्द्रलाई दुुई–एकको अग्रता दिलाउनुु भएको थियो । ५०औँ मिनेटमा मच्छिन्द्रका सौरभ सुब्बाले पथरी विरुद्ध अर्को गोल गर्दै आफ्नो टीमलाई तीन–एक मा पुु¥याउनुु भएको थियो । खेलको ७०औँ मिनेटमा पथरीका सुजल डंगोलले गोल गरेर पथरीका लागि गोल दुुई गोल बनाउन सफल हुुनुुभयो ।
आफ्नो टीमको अग्रता बढ्दै जाँदा खेललाई दबाबमा राखेको मच्छिन्द्रका अविनाश स्याङत्याङले ८०औँ मिनेटमा गोल थपेर मच्छिन्द्रलाई चार–दुुईको अग्रतामा पुु¥याउनुु भएको थियो । इन्जुरी समयमा श्याम मुर्मुले अर्को गोल थप्दै मच्छिन्द्रलाई पाँच–दुुईको जीत पक्का गराउनुु भएको थियो ।
आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका मच्छिन्द्रका मिलन चाम्लिङ ‘म्यान अफ दि म्याच’ घोषित हुुनुुभयो । भोलि हुने दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी र रोलिङ क्लब झापाबिच प्रतिस्पर्धा हुने आयोजक रेडहर्ष फुटबल क्लब ले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले पाँच लाख रुपैयाँमा चित्त बुझाउने छ ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपियाँ, सर्वाधिक गोलकर्तालाई २५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकलाई जनही १५ हजार रुपियाँ तथा प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई आठ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।