करदाता सेवा अब कोलेनिका परासीबाट
आन्तरिक राजस्व कार्यालय, भैरहवा अन्तर्गत करदाता सेवा कार्यालय, परासीले प्रदान गर्दै आएका सेवाहरू बिहीबारदेखि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका), नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बाट औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।
गुल्मीमा एक हप्तामा १३२ ले बनाए राहदानी
गुल्मीमा एक हप्ताको समय अवधिमा १३२ जनाले राहदानी बनाएका छन् । राहदानी बनाउँदा छ लाख ९० हजार राजस्व सङ्कलन भएको छ ।
भुँवरभवानी मन्दिरमा माघी मेलाको तयारी
थारू समुदायको मुख्य पर्व माघ (माघी) को अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३, बैजापुरमा अवस्थित भुवरभवानी मन्दिरमा माघी मेलाको तयारी तीव्र पारिएको छ ।
बाँकेमा चिसोले मर्न थाले मौरी
मह उत्पादनका लागि पालिएका मौरी चिसोका कारण मर्न थालेका छन् । तराईमा चलेको शीतलहरका कारण बाँकेका किसानले पालेका मौरी मर्न थालेका हुन् ।
राप्तीको सिधनियाघाटमा असारभित्रै पुल निर्माण सक्ने लक्ष्य
हुलाकी राजमार्ग अन्तर्गत बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीस्थित सिधनियाघाटमा निर्माणाधिन पक्कि पुल चालु आव २०८२/८३ भित्रै सम्पन्न गर्ने लक्ष्यसहित काम तीव्र गतिमा भइरहेको छ ।
‘थारू संस्कृति र ज्ञान संरक्षण गर्न जरुरी’
आदीवासी थारूहरूको संस्कृति र ज्ञानलाई संरक्षण गर्न जरुरी रहेको विज्ञहरूले बताएका छन् । कविडाँडा साहित्य समाज चितवनको आयोजनामा थारु समाज संस्कृति र साहित्य विषयक कार्यशाला गोष्ठीमा बोल्ने वक्ताहरुले थारु समुदायकै कारण चितवनको इतिहास संरक्षण भएको बताए ।
छिन्नमस्तामा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ स्थित स्वास्थ्य चौकी प्रसुति गृह लोखरममा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
सप्तरीमा चार हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना हुने
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीमा चार हजार दुई सय २२ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
कांग्रेसले पुस २७ मा केन्द्रीय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने
नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रश्ताव पारित गरेको हो ।
निर्वाचन प्रहरीमा लमजुङका युवायुवतीको आकर्षण
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि भर्ना गर्न लागिएका निर्वाचन प्रहरीमा लमजुङका युवा युवतीको आकर्षण देखिएको छ । लमजुङमा एक हजार ३०६ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
प्रथम माघे मेला गोल्ड कप सञ्चालन हुने
ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम माघे मेला गोल्ड कप सञ्चालन हुने भएको छ । कक्फेक्वा तङ्नाम (माघे सङ्क्रान्ती )को अवसरमा ऐतिहासिक माघेनी मेलासँगै गोल्ड कप सञ्चालन हुने भएको हो ।
काठमाडौँबाट भागेका कैदी ताप्लेजुङमा पक्राउ
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँबाट भागेका एक कैदी ताप्लेजुङमा पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँस्थित कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका ३३ वर्षीय जीवनकुमार चर्मकार ताप्लेजुङबाट पक्राउ परेका हुन् ।
बसभित्र पुरुष मृत फेला
झापाको मेची नगरमा एक व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
एसइईका लागि साझेदारीमा तयारी कक्षा सञ्चालन
यस वर्षको माध्यामिक शिक्षा परिक्षाका (एसइई) लागि लागत साझेदारीमा तयारी कक्षा सञ्चालन गरिएको छ । खार्पुनाथ गाउँपालिका–५ को ६० प्रतिशत लगानीमा उक्त तयारी कक्षा सञ्चालन गरिएको हो ।
माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख
आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख बराबरको हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा सो व्यवस्था गरिएको छ ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते
झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । ट्याक्टरको डालामा सवार ज्यान जाने र घाइते हुने स्थानीय मजदुरहरु रहेका छन् ।
कञ्चनरुपमा बेवारिसे अवस्थामा नवजात शिशु फेला
सप्तरीको कञ्चनरुप नगरपालिकामा बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ । नगरपालिकाको वडा नम्बर १२ स्थित धरमपुरमा बेवारिसे अवस्थामा नवजात शिशु (बालिका) फेला परेको हो ।
महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पत्ति
कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली नदीको बगरमा श्रीमतीसहित बालुवा छानिरहेको अवस्थामा भेटिनुभयो ।
राष्ट्रपति रनिङ शील्डको उपाधी नेपाल आर्दश माविलाई
जिल्लाको शिवराज नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी नेपाल आदर्श माध्यमिक विद्यालय, शिवपुरले जितेको छ ।
रौतहटमा शनिबार आठ घण्टा विद्युत अवरुद्ध हुने
रौतहटका विभिन्न स्थानमा शनिबार आठ घण्टा विद्युत् सेवा प्रभावित हुने भएको छ ।
तीन सन्तान जन्माए कालीगण्डकीमा मासिक चार हजार
कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई मासिक चार हजार रुपियाँ आर्थिक सहायता दिने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
नेपाली कांग्रेसको आकस्मिक बैठक बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको जानकारी दिनुभयो ।
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
धनुषामा चार हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषामा जिल्लामा चार हजार पाँच सय २७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।