पर्यटकको रोजाइमा मनास्लु हिमाल
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने विश्वकै आठौँ अग्लो मनास्लु हिमाल (८१६३) मिटर पछिल्ला वर्षहरुमा पर्यटकको पहिलो रोजाइ बनेको छ ।
प्रधानमन्त्री कार्की नागरिक समाजका अगुवासँग अन्तर्क्रिया गर्दै
प्रधानमन्त्री सुशीला कार्कीले २०८२ फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समुचित वातावरण निर्माण गर्ने उद्देश्यले नागरिक समाजका अगुवा तथा प्रतिनिधिसँग अन्तर्क्रियामा सुरु गर्नुभएको छ।
नीलकण्ठ नगरपालिकाको टोलमै स्वास्थ्य सेवा
धादिङको नीलकण्ठ नगरपालिकामा ‘जनतासँग मेयर स्वास्थ्य परीक्षण कार्यक्रम’ सञ्चालन भइरहेको छ ।
बाला चतुर्दशी व्यवस्थित गर्न १८ घण्टा कर्मचारीलाई सेवामा खटाइने
पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ । यस वर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउन कुनै पनि कर्मचारीलाई बिदा नदिई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने कोषले जनाएको छ ।
गुल्मीमा थपिए पच्चीस सय सत्तरी नयाँ मतदाता
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि गुल्मीमा पच्चीस सय सत्तरी जना नयाँ मतदाताले नाम दर्ता गराउनुभएको छ।
जलविद्युत आयोजनाविरुद्ध अतिप्रभावित क्षेत्रका बासिन्दा आन्दोलित
इलामका दुई जलविद्युत आयोजना कम्पनीले अतिप्रभावित क्षेत्रलाई बेवास्ता गरेको भन्दै इलाम नगरपालिका–८ का स्थानीयबासी आन्दोलित भएका छन् ।
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
एक वर्षको अवधिमा काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी गरेको छ । विसं २०८१ माघ १३ गतेदेखि कामपाले प्रयोगमा ल्याएको उक्त प्रणालीमार्फत ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी भएको हो ।
दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक
बिहानीको सूर्योदय । पहेँलिँदै र रातो हुँदै पारि आकाशमा विस्तारै सूर्यको आकार देखिने सूर्योदयको मनमोहक दृश्य, सूर्यको उदाउँदो किरणले राताम्मे बनेर टल्किएका हिमाल ।
फेवाताल र माछापुच्छ्रे हिमाल
पोखरा महानगरपालिका-१७ ड्यामसाइडबाट सोमबार बिहान देखिएको माछापुच्छ्रे हिमाल, फेवाताल र तालमा हिमश्रृङ्खलाको छायाँ ।
कर्णालीमा मन्त्रालयको सङ्ख्या घटाइयो
कर्णाली प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
सुरक्षा समितिले स्थलगत अनुगमन गरेर मतदान स्थल टुङ्ग्याउने
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङमा कायम हुने मतदान स्थलका विषयमा सुरक्षा समितिले स्थलगत अनुगमन गर्ने भएको छ ।
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल
राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले ‘जेनजी आन्दोलन’ ले निजी क्षेत्रलाई त्रसित बनाएको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो ।
प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा असहमति जनाउँदै आफूले यस्तो पहललाई दृढ रूपमा रोक्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ ।
शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा
बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि सोमबार राजधानी ढाका तथा देशका विभिन्न स्थानहरूमा कडा सुरक्षा व्यवस्था लागू गरेका छन् ।
लुम्बिनी प्रदेशमा थपिए ४५ हजारभन्दा बढी नयाँ मतदाता
लुम्बिनी प्रदेशमा डेढ महिनाको अवधिमा ४५ हजारभन्दा बढी मतदाता थपिएका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा असोजको १२ गतेदेखि हालसम्म ४५ हजार चार सय ८८ जना नयाँ मतदाता थपिएका छन् ।
ग्रामीण सडक कालोपत्रे गर्दै कर्णाली प्रदेश सरकार
कर्णाली प्रदेशका ग्रामीण सडकहरू क्रमस कालोपत्रे हुन सुरु भएका छन् । कर्णाली प्रदेश सरकार र त्यसअन्तर्गतको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम मार्फत कर्णाली प्रदेशका ७९ वटै पालिका केन्द्रमा जोड्ने ग्रामीण सडकहरू कालोपत्रे गर्ने लक्ष्य अनुसार सडकहरू कालोपत्रे गर्न थालिएको हो ।
दरबाङ–मुना सडक स्तरोन्नति आयोजना सञ्चालन
म्याग्दीको विकट धवलागिरि गाउँपालिका मुना जोड्ने दरबाङ–मुना सडक स्तरोन्नति आयोजना सञ्चालन गरिएको छ । सडक स्तरोन्नति आयोजना सञ्चालन भएसँगै स्थानीयहरु खुसी भएका छन् ।
नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट
नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार राति भएको खेलमा नर्वेले इटालीलाई ४–१ गोलले हराउँदै विश्वकपमा स्थान बनाएको हो ।
बाँकेको अगैयामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
बाँकेको राप्ती सोनारी २ अगैयामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परेर बर्दियाका एक जनाको मृत्यु भएको छ ।
झापाका साइकलयात्रीलाई बाँकेमा स्वागत
गत कात्तिक २३ गतेदेखि पूर्वी नेपालको झापाबाट सुरु भएको साइकल यात्रा बाँके पुगेको छ ।
लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ
प्रहरीले सर्लाहीको लालबन्दीबाट सोमबार बिहान ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
सुरक्षा अधिकारीद्वारा बाँकेका मतदान केन्द्रको स्थलगत अनुगमन
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा बाँकेका सुरक्षा अधिकारीहरुले जिल्लाका निर्वाचन केन्द्रहरुको स्थलगत रुपमा अनुगमन निरीक्षण गर्ने कार्य सुरु गर्नुभएको छ ।
मनोज स्मृति महिला भलिबल पुसमा
जिल्ला भलिबल सङ्घ धादिङको आयोजनामा पुस ९ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बागमती प्रदेशका जिल्ला र उत्कृष्ट टिमको सहभागिता रहने छ ।
बिहारको बुलन्द नतिजाले मधेशमा थप्यो दबाब : जसपा सचिव साह
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहले भारतको बिहार प्रदेशमा सम्पन्न विधानसभा चुनाव २०२५ को नतिजाले प्रत्यक्ष–अप्रत्यक्ष असर नेपालको तराई–मधेश क्षेत्रमा पनि गहिरो रूपमा देखिने सम्भावना रहेको बताउनुभएको छ ।