गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई
राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाह स्वयम्ले सम्हाल्ने गरी तोक्नुभएको छ ।
शिक्षा मन्त्री पोखरेलद्वारा वी.पी.प्रतिष्ठानको अनुगमन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकोे अनुगमन गर्नुभएको छ ।
वातावरण पदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा लागिपरेको ट्राफिक प्रहरीले आज मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १२ वटा सवारीसाधन आज नियन्त्रणमा लिएको छ ।
सङ्घले प्रदेश सरकारको अस्तित्व स्वीकार्नुपर्छ : मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सङ्घीय सरकारले प्रदेश सरकारको अस्तित्वलाई स्वीकार गरेर काम गर्नुपर्ने बताउनुभएको छ ।
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न सबैमा आग्रह गरेको छ ।
शिक्षित र सहरी परिवारबाटै प्रसूति हिंसा उच्च
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजनक प्रसूति सेवाको व्यवस्था गरेको भए पनि गर्भावस्थामा दुर्व्यवहार र हिंसाको शिकार बन्नु परेको एक अध्ययनले देखाएको छ ।
१५औँ महाधिवेशनबाट कांग्रेस अझ बलियो : महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसलाई अझ बलियो बनाउन कार्यकर्ताहरूसँग आग्रह गर्नुभएको छ ।
यातायात कार्यालयबाट एक बिचौलिया पक्राउ
रौतहट सदरमुकाम गौरस्थित यातायात व्यवस्था कार्यालयबाट बुधबार एक बिचौलिया पक्राउ परेको छ ।
सहकारीका समस्या समाधान : मन्त्री रावलद्वारा बचत फिर्ताको मोडालिटी सुझाव माग
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि चार्टर्ड एकाउन्टेन्टहरूसँग छलफल गर्नुभएको छ ।
बाहिनीपति ट्रफीमा चण्डी दल गण च्याम्पियन
नेपाली सेनाको श्री नं= १९ बाहिनीको आयोजनामा सञ्चालित बाहिनीपति ट्रफी–२०८३ अन्तर्गत अन्तरगण भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
अभ्यास सिरिजमा नेपाल ‘ए’ लाओससँग पराजित
एक दिवसीय अभ्यास सिरिजमा नेपाल ‘ए’ पाहुना टोली लाओससँग पराजित भएको छ ।
गोरखापत्र र काठमाडौँ उपत्यका विकास प्राधिकरणबिच समझदारी
काठमाडौँ उपत्यका विकास प्राधिकरण र गोरखापत्र संस्थानबिच सूचना आदान–प्रदान तथा आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
शान्ति पदयात्रा र सेलिब्रेटी कुकुरले तानेको ध्यान
श्रीलङ्कामा केसर रङका वस्त्रधारी बौद्ध भिक्षुले बुधबारदेखि एक हप्ता लामो शान्ति पदयात्रा सुरु गरेका छन् । पदयात्रामा उद्धार गरिएको बेवारिसे कुकुरको उपस्थितिले विश्वभर थप ध्यान तानेको छ । ‘सबै प्राणीका लागि शान्ति’ भन्ने सन्देशसहित सुरु भएको यो पदयात्रा धार्मिक आस्था र सामाजिक सन्देशको अनौठो संयोजन बनेको छ ।
युद्धका कारण इरानका विद्यालय लगायतका पूर्वाधारमा क्षति
अमेरिका र इरानबिचको द्वन्द्वमा इरानका विद्यालय, यातायात नेटवर्कसहित नागरिक पूर्वाधारमा क्षति पुगेको उल्लेख गर्दै हाल मर्मत कार्य भई रहेको इरानी मन्त्रीहरूलाई उदृत गर्दै इरान समाचार एजेन्सीले रिपोर्टका गरेको छ ।
सुरेश किरण स्मृतिग्रन्थ लोकार्पित
पत्रकार, साहित्यकार तथा संस्कृतिविद सुरेश किरण मानन्धरको स्मृतिमा प्रकाशित सुरेश किरण स्मृतिग्रन्थको ४५ दिनको पुण्य तिथिको अवसरमा आज एक कार्यक्रमबिच लोकार्पण गरिएको छ ।
महिला टी–२० च्यालेन्ज : नेपालले रुवान्डालाई दुई विकेटले हरायो
रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपालले रुवान्डालाई दुई विकेटले हरायो ।
अमेरिका-इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानसँगको युद्धविरामको म्याद थप गर्ने अमेरिकाको घोषणालाई स्वागत गर्नुभएको छ । महासचिव गरटेरेसका प्रवक्ता स्टेफन डुजारिकले युद्धविरामको म्याद थप गर्दा इरान र अमेरिकाबीच कूटनीति विश्वास निर्माणका लागि महत्वपूर्ण स्थान सिर्जना गर्ने बताउनु भएको छ ।
ला लिगामा रियलको सहज जित
रियल म्याड्रिडलले चार खेलको जितविहीन यात्रामा पूर्णविराम लगाएको छ । स्पेनिस ला लिगाअन्तर्गत मङ्गलबार राति भएको खेलमा रियलले अलाभेसलाई २–१ गोलले हरायो ।
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको निर्देशन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्काल सुधार गर्न निर्देशन दिएको छ ।
दसगजा क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त सरसफाइ अभियान
सुनसरीको कोशी गाउँपालिका-८, भण्टाबारी र भारतको भीमनगर सिमानाका दसगजा क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त सरसफाइ अभियान सुरु भएको छ।
सेनाको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार बढीले लिए विशेषज्ञ स्वास्थ्य सेवा
नेपाली सेनाद्वारा बाँकेको राप्तीसोनारीमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सो क्षेत्रका एक हजार भन्दा बढी नागरिकले निःशुल्क विशेषज्ञ स्वास्थ्य उपचार सेवा लिएका छन् ।
कोशी प्रदेशमा आगामी वर्षको बजेट तयारी तीब्र
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेट निर्माण प्रक्रियालाई तीव्र बनाएको छ ।
मदानेमा ‘चौथो अध्यक्ष कप’ भलिबल प्रतियोगता सुरु
गुल्मीको मदाने गाउँपालिकाले भनभनेको कुडापानी खेलमैदानमा ‘चौथो अध्यक्ष कप’ भलिबल प्रतियोगिता आज देखि सुरु गरेको छ।