शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर २ गते । धादिङको सिद्धलेक गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही मङ्सिर २६ देखि २९ गतेसम्म हुने भएको छ ।
सिद्धलेक–७, महाकाली माविको खेल मैदान पिपलटारमा सञ्चालन हुने प्रतियोगितामा छात्र/छात्रा दुवैतर्फ एथलेटिक्स, कबड्डी र भलिबल स्पर्धा समावेश गरिएको सिद्धलेक–२, नलाङ पात्ले माविका शिक्षक तिलक गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितामा पालिकाभित्रका १३ सरकारी र एक निजी गरी १४ वटा विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी छनोट गर्न पालिका स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको हो ।