• २ मंसिर २०८२, मङ्गलबार

चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली

blog

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम ।

काठमाडौँ, मङ्सिर २ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो दिन मङ्गलबार दुई खेल हुँदै छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुँदै छ ।अहिले चितवनले टस जितेर पहिले बलिङ रोजेको छ । टस हारेको कर्णालीले पहिले ब्याटिङ गर्दै छ  ।

चितवनको कप्तानी कुशल मल्ल र कर्णालीको कप्तानी सोमपाल कामीले गर्नुभएको छ । दुवै टोली जित निकाल्दै दोस्रो सिजनमा सुखद सुरुवात गर्ने लक्ष्यमा छन् । 

यस्तै साँझ ४:०० बजे सुरु हुने अर्को डे नाइट खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदै छ ।  विराटनगरको नेतृत्व सन्दीप लामिछानेले र पोखराको नेतृत्व  कुशल भुर्तेलले सम्हाल्नु भएको छ ।