कर्तव्य ज्यान कसुरमा फरार अभियुक्त पक्राउ
बाँके प्रहरीले कर्तव्य ज्यान कसुरमा संलग्न फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
नेपालको राजनीतिमा ‘कोर्स करेक्सन’, वामपन्थी ध्रुवीकरण अघि बढ्यो
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गर्नुभएको छ ।
खुशी किसान देवानगञ्जको पहिचान कार्यक्रम अन्तर्गत विद्युत मोटर वितरण सुरू
सुनसरीको देवानगञ्ज गाउँपालिकाका किसानलाई सिंचाइ गर्न सहजताका लागि विद्युत मोटर वितरण गर्न सुरू गरेको छ।
संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित
सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।
शेयर बजारमा सर्किट, कारोबार रोकियो
राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ ।
बिटिआइको शैक्षिक विकास र स्तरोन्नति गर्न केयूसँग उपमहानगरपालिको पहल
बुटवलको शैक्षिक विकास, विस्तार र स्तरोन्नतिका लागि बुटवल उपमहानगरपालिकाले थप पहल थालेको छ ।
शालीनको मृत्युको रहष्य खुल्यो
पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शङ्कास्पद रूपमा मृत फेला परेकी शालीन पोखरेलको शव परीक्षण गर्दा झुण्डिएर मृत्यु भएको कारण खुलेको छ ।
म्याग्दी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा श्रेष्ठ निर्वाचित
म्याग्दी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा युवा व्यवसायी सुविन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता जारी रहेको छ ।
काँग्रेस पदाधिकारी बैठक
नेपाली काँग्रेसको पदाधिकारी बैठक जारी छ । काँग्रेस सभापति शेरबहादुर देउवाले निजी निवास धुम्बाराहीमा पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँग समसामयिक राजनीतिक विषयमा अनौपचारिक छलफल गरिरहनुभएको स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
डोटेली संस्कृतिमा रङ रङ्गिलो पर्व होली
डोटेली संस्कृतिमा हरेक चाडपर्व मनाउने मौलिक विशेषता छ । संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । यस्तै हस्तान्तरित संस्कृतिक तमाम चाड पर्वमध्येको होली पर्व
सरकार फेरिने, नफेरिनेबारे प्रधानमन्त्रीलाई थाहा होला: अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई थाहा हुने बताउनुभएको छ । सोमबार बिहान बालकोटमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
शान्ति प्रक्रिया चाँडै टुङ्गोमा पुग्नेछ: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले शान्ति प्रक्रिया चाडै टुङ्गोमा पुग्ने बताउनुभएको छ ।
कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताउनुभएको छ । सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा उहाँले भन्नुभयो, “सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।”
माओवादीले गठबन्धन टुटाए नयाँ समीकरण बनाएर जान एमाले तयार
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले तत्काल सत्ता गठबन्धन टुटाए नयाँ समीकरण बनाएर अघि बढ्ने निष्कर्षमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
मनमोहक महादेवी आमायाङ्ग्री
सिन्धुपाल्चोकको ह्योल्मोभूमि हेलम्बुलाई दर्जनौँ कलात्मक र मनमोहक गुम्बा र मानेछोर्तेनको सहरका रूपमा लिने गरिन्छ । हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँ
कामदारलाई करणी गरेको आरोपमा होटेल सञ्चालक पक्राउ
गोरखामा आफ्नै कामदारलाई करणी गरेको आरोपमा होटेल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका – ११ को बाहैकिलोमा होटेल ब्याबसायी सञ्चालन गर्नु भएका ईश्वर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले जानकारी दिनु भयो ।
चुलाचुलीलाई बस्न योग्य बनाउँछौँ
इलामको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गाविस मिलाएर बनाइएको छ । जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कुल
टाटासुमोले ठक्कर दिँदा दुईको मृत्यु : एकजना घाइते
महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।
आयुर्वेदप्रति आकर्षण तर छैन सुविधा
धादिङमा आयुर्वेद सेवाप्रति आकर्षण बढ्दो छ तर आयुर्वेद अस्पतालमा बिरामी भर्ना गरेर उपचारार्थ राख्न सक्ने अवस्था छैन । पछिल्लो समयमा आयुर्वेद सेवातर्फ सेवाग्राहीको आकर्षण बढेको र धादिङमा दैनिक ८० जनाभन्दा बढीले सेवा लिने गरेको जिल्ला आयुर्वेद कार्यालय धादिङका प्रमुख डा. अमुल्य दाहालले बताउनुभयो ।
चन्द्रागिरिमा जडीबुटीको स्रोत सर्वेक्षण : दश प्रकारका जडीबुटीलाई औषधिका रुपमा प्रवर्द्धन गर्न सकिने
चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटीको उद्यान एवं प्रशोशन केन्द्र निर्माण गर्ने भएको छ । हाल नगरपालिकाले चन्द्रागिरि–८ मातातीर्थमा सञ्चालित मातातीर्थ आयुर्वेद औषाधालयलाई १५ श्ययामा स्तरोन्नति गरिसकेको छ ।
साढे एक किमी सडक नौ वर्षमा पनि बनेन
निर्माण व्यवसायीको चरम लापरबाहीका कारण सात वर्षअघि नै निर्माण सकिनुपर्ने कटुवाखोलादेखि नेत्रलाल अभागी चोकसम्मको सडक अझै पूरा हुन सकेको छैन । आर्थिक वर्ष २०७०/७१ मा कटुवाखोलादेखि सहिद नेत्रलाल अभागी चोक (सिटी प्लाजा) सम्मको एक हजार ४५० मिटर सडकमा स्तरोन्नतिसहित कालोपत्रे गर्नका लागि ११ करोड ६४ लाख १२ हजार ६५३ रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।
भूतले तर्सायो भन्दै भाडाको घरमा कार्यालय
सेतो चुनाले रङ्गिएको चार कोठे भवन सुनसान छ । भवनबाहिर खानेपानीको टङ्की देखिन्छ तर भूतको डरले यहाँ कर्मचारी बस्दैनन् । यो रित्तो भवन बैतडीका तीन वटा स्थानीय तह कार्य क्षेत्र भएको सबडिभिजन वन कार्यालय मेलौलीको हो । मेलौली नगरपालिका–६ को जेवलासैनीस्थित सबडिभिजन वन कार्यालयको भवनमा भूतले तर्साउने गरेको भन्दै यहाँका कर्मचारी मेलौली नगरपालिका–१, हरिपुर बजारमा घरभाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएका छन् । निजी घरको मासिक आठ हजार रुपियाँ भाडा तिर्ने गरिएको छ ।
एमाले सचिवालय बैठक बालकोटमा जारी
नेकपा एमालेको सचिवालय बैठक बालकोटमा सुरु भएको छ । पछिल्लो राजनीतिक घटना क्रम तथा टिआरसी विधेयक सम्बन्धमा छलफल गर्न बैठक आकस्मिक रूपमा बसेको अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिनुभयो ।