सडक सुधार्न विधेयक तयारी
कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश लोकमार्गसम्बन्धी विधेयक ल्याउन तयारी थालेको छ । दुर्घटना र सडकको दुरवस्थालाई मध्यनजर गर्दै सरकारले विधेयक तयारी थालेको हो । प्रदेशभित्रका लोकमार्ग र अन्य सडकको दिगो र स्तरीय विकास गर्दै नागरिकलाई शीघ्र, सरल, सुरक्षित, मितव्ययी र आरामदायी आवागमनको प्रत्याभूति गर्न सडक विधेयक ल्याउन थालिएको हो । कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गरिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले विधेयक दर्ता गरेको हो ।
उदयपुरको सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री
विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् । सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरुपमा नै बेसार खेती गर्दै आएका बताउनुभयो ।
आगो सल्केर अछामका एक शिशु गम्भीर घाइते
घरभित्र सुताइ राखेको ओछ्यानमा आगो सल्किएर एक शिशु गम्भीर घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका-८ बारलाका विन्द्रा विकका ४५ दिनका शिशु गणेश विक गम्भीर घाइते भएका हुन् ।
गाउँमै इँटा उत्पादन
नवलपुरदेखि चर्को ढुवानी गरेर सरकारी कार्यालयदेखि निजी घर बनाउन प्रयोग हुने इँटा अहिले गाउँमा नै बनाउन थालिएको छ । जिल्लाको पहाडी बुलिङटार र बौदीकाली गाउँपालिकामा सरकारी कार्यालय र निजी आवास बनाउने क्रम बढ्दो छ । नवलपुरबाट प्रतिगोटा १० रुपियाँ भाडा तिरेर इँटा खरिद गर्न बाध्य भएका स्थानीय सरकार र व्यक्तिले अहिले गाउँमा नै इँटा खरिद गरेर भवन निर्माण गर्न थालेका बुलिङटार गाउँपालिका–३ का वडाध्यक्ष विष्णुवीर जर्घामगरले बताउनुभयो ।
अम्रिसोको मूल्य घटेपछि इलामका किसान समस्यामा
अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए । अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा परेका हुन् ।
धार्मिक पर्यटकले भरियो पञ्चकोट
बागलुङ नगरपालिका–६ स्थित प्रसिद्ध धार्मिक स्थल सर्वसिद्धिधाम पञ्चकोटमा धार्मिक पर्यटकको ओइरो लागेको छ । धार्मिक पर्यटकका कारण पञ्चकोट दैनिक जसो भरिभराउ देखिएको छ । पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको दर्शन र अवलोकन गर्न देशभरबाट भक्तजन पञ्चकोट पुग्ने गरेका छन् । फागुन ९ देखि सुरु भएको ब्रह्माण्डीय महायज्ञको धार्मिक प्रवचनमा सहभागी हुन, दान गर्न, पूजाअर्चना र दर्शन गर्न देशका विभिन्न जिल्लाबाट दैनिक रूपमा हजारौँको सङ्ख्यामा धार्मिक पर्यटकको आगमन भएको आयोजकले जनाएका छन् ।
आरोहणमा सहजीकरण
विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउने अमूल्य प्राकृतिक उपहार हो । सात दशकअघि सर एडमन्ड हिलारी र तेन्जिङ शेर्पाले पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला राख्न सफल भएपछि सगरमाथामा विश्वकै ध्यानाकृष्ट हुन थाल्यो । सगरमाथा अर्थात् विश्वले चिन्ने माउन्ट एभरेस्टको आरोहण गर्न विश्वकै आरोहीहरूको सपना हुने गर्छ तर सगरमाथा आरोहण सहजै र जो कोहीले सम्पन्न गर्न सक्ने काम होइन । आँटिलो, अनेक अभ्यासका साथै धेरै बन्दोबस्तीका साथ सम्भ
वैचारिक बहसमा चुकेको कांग्रेस
ललितपुरको गोदावरीमा सम्पन्न नीति अधिवेशनसमेत भनिएको नेपाली कांग्रेसको महासमिति बैठक (७–१० फागुन) पछि कांग्रेसजन उत्साहबिनै जिल्ला फर्केका छन् । जब कि १४ औँ महाधिवेशनपछि पहिलो पटक बसेको महासमिति बैठकमा भाग लिन काठमाडौँ प्रवेश गर्दै गर्दा महासमिति सदस्यमा एक किसिमको उत्साह थियो । बैठक सकियो तर के कस्तो नीति पारित ग¥यो भन्ने महासमिति सदस्यलाई त थाहा भएन नै साथै, केन्द्रीय समितिका सदस्य पनि अन्योलमा छन् । जब
दैनिक जीवनमा नैतिकता
उच्च स्तरको नैतिकता भएको व्यक्तिले कठिन परिस्थितिमा पनि नैतिक सिद्धान्तमा अडिग रही काम गर्ने सम्भावना हुन्छ भने नैतिकताको तल्लो तहमा रहेको व्यक्तिले अनैतिक काम गर्ने सम्भावना हुन सक्छ ।
भ्रष्टाचार नियन्त्रणका आधार
लोकतान्त्रिक शासन व्यवस्था प्रभावकारी र सफल ढङ्गबाट सञ्चालन गर्न सार्वजनिक क्षेत्रका कार्यकारी प्रमुखदेखि संवैधानिक अङ्गका पदाधिकारी, राजनेता, कर्मचारी, अधिकारकर्मी, नागरिक समाजलगायत सबैको उत्तिकै भूमिका रहेको हुन्छ । सार्वजनिक पदाधिकारीमा उच्च नैतिक चरित्र, इमानदारी, जवाफदेहिता, निष्ठा, सदाचारिता, सेवाभाव र त्यागको बलिदानी भएको अवस्थामा विकास, शान्ति, सुशासन र समृद्धि सम्भव हुन्छ । पद, शक्ति र प्रतिष्ठामा नैतिकता र सदाचार जोडिँदा सार्वजनिक प्रशासन स्वच्छ, पारदर्शी र सुन्दर हुन्छ । सुशासनको कोसेढुङ्गाका रूपमा सदाचारलाई लिइएको छ ।
व्यवस्थापन परीक्षणको उपयोगिता
सामान्यतया सुशासन भन्नाले राम्रो शासन, असल शासन भन्ने बुझिन्छ । शाब्दिक रूपमा ‘सु’ भन्नाले असल, राम्रो भन्ने अर्थ लाग्छ भने शासन भन्नाले मुलुकको सरकारले अवलम्बन गर्ने नीति, कार्यशैलीलाई बुझाउँछ । यो एक व्यापक अवधारणा हो । जसमा सरकारले आफ्ना कार्य सम्पादन गर्दा विवेकपूर्ण, न्यायपूर्ण र समन्यायिक तवरले सम्पादन गर्छ । जहाँ सार्वजनिक साधनस्रोतको सही र प्रभावकारी पहिचान, तिनीहरूको उपयुक्त एवं दक्षतापूर्ण परिचालन, प्रभावकारी व्यवस्थापनका
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
फरक भूमिकामा हरिवंश
अभिनेता हरिवंश आचार्यले आफूलाई ‘जात्रा’ शृङ्खलामा जोडिन मन लागेको र अहिले आएर सो इच्छा पूरा भएको बताउनुभएको छ । आइतबार ‘महाजात्रा’ को ट्रेलर सार्वजनिक कार्यक्रममा उहाँले चलचित्रमा आफू एक भ्रष्ट नेताको भूमिकामा रहेको बताउनुभयो । अभिनेता आचार्यले भन्नुभयो, “चलचित्र सामाजिक सन्देशलाई मनोरञ्जनात्मक रूपमा भनेका छौँ । यसले हाम्रो विकृति र त्यसले समाजमा परिरहेको असरलाई पनि ऐना झैँ देखाउँछ ।”
‘ऋणमा भएको लगानी जनताको बचत हो, तिर्नै पर्छ’
जनताको रगत पसिनाले जोडेको रकम नै बैङ्क तथा वित्तीय संस्थाले ऋणका रूपमा लगानी गर्ने भएकाले खाएको ऋण तिर्नैपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको ३० औँ वार्षिक साधारण सभा तथा १२ औँ अधिवेशनमा बोल्दै उहाँले जनताले थोरै थोरै गरेर जम्मा गरेको बचत रकम नै बैङ्क तथा वित्तीय संस्थाले ऋणका रूपमा परिचालन गर्ने भएकाले कसैले तिर्दिनँ भनेर उम्कन नपाइने धारणा राख्नुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
प्रिमनसुनी वर्षाले हिउँदे बाली सप्रिने
प्रिमनसुनमा भएको वर्षाले हिउँदे बालीलाई फाइदा गरेको किसानले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण शनिबारदेखि कैलालीसहित विभिन्न जिल्लामा पानी परिरहेको छ । यसबेला भएको वर्षाले बाली राम्रो हुने कैलारी गाउँपालिका–७ का कृषक राजकुमार चौधरीले बताउनुभयो । वैज्ञानिक रूपमा पाँच/छ पटक गहुँ सिँचाइ गर्नुपर्ने भए पनि किसानले प्रायः एकचोटि मात्रै गहुँमा पानी हाल्ने गरेका छन् । बलौटे र अग्ला ठाउँमा गहुँ बालीले पानी खोजिरहेका बेला भएको वर्षाले उत्पादन वृद्धिमा सहयोग पुग्ने चौधरीको भनाइ छ ।
बढे भारतीय पर्यटक
सन् २०२४ फेब्रुअरीमा विभिन्न देशबाट आउने पर्यटकको सङ्ख्या ३३ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ को फेब्रुअरीमा ७३ हजार २५५ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२४ को सोही समयमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए । फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट पर्यटक नेपाल भित्रिएका छन् ।
युएई रोजगार मेलामा चौसट्ठी म्यानपावर सहभागी
वैदेशिक रोजगार बोर्डको सहकार्यमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना गरेको रोजगार मेला ‘जब फेयर २०२४’ सम्पन्न भएको छ । रोजगारदाता/एजेन्सी र श्रमिकलाई प्रत्यक्ष जोड्ने उद्देश्यसहित सङ्घले शनिबार युएईमा १७ वर्षपछि उक्त मेलाको आयोजना गरिएको हो ।
फेरि बढ्न थाल्यो सुनको मूल्य
स्थानीय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ । एक महिनाअघिदेखि घट्दै गएको सुनको मूल्य अहिले आएर पुनः बढ्न थालेको हो । आइतबार सुनको मूल्य बढेर प्रतितोला एक लाख २१ हजार रुपियाँमा कारोबार भएको छ ।
विवाद टुङ्ग्याउन थप समय माग
बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक समितिबाट पारित गर्न सरकारले नै समय माग गरेको छ । विधेयकका अन्तरवस्तुमा थप छलफलका लागि भन्दै कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समय माग गर्नुभएको हो । सामान्यतः सरकारले विधेयक चाँडो पारितका लागि आग्रह गर्ने र दलहरूले समय माग गर्ने चलन भए पनि टिआरसी विधेयकमा सरकारले नै समय माग गरेको हो । कानुन, न्याय तथा मानव अधिकार समितिले आइतबार विधेयक पारितको तयारी गरेको थियो ।
उन्नाइस सदस्यको शपथ आज
राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले सोमबार शपथग्रहण गर्दै छन् । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका लागि २०७४ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिँदै छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नवनिर्वाचित सदस्यको शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान साढे ११ बजे हुने जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा निर्वाचित सदस्यले राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।
पचास कर्मचारी जिम्मेवारीविहीन
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब ५० जना कर्मचारीले चार वर्षदेखि जिम्मेवारी पाएका छैनन् । जिम्मेवारी नपाएका ती कर्मचारी हाजिर गरी घर फर्कने गरेका छन् । स्थानीय तहमा भने कर्मचारीको अभावमा अहिले पनि एक जना कर्मचारीले दुईदेखि तीन वटासम्म वडा कार्यालयको जिम्मेवारी लिनु परेको छ ।
देशी रोग र किराले खेती बर्बाद
मानिस, पशुपन्छी र कृषि उत्पादनको अन्तर्राष्ट्रिय स्तरमा हुने आवातजावत र ओसारपसारले कृषि तथा पशुपालनको क्षेत्रमा ठुला र डरलाग्दा समस्या ल्याएको छ । खुला सीमा र कमजोर क्वारेन्टाइन (चेकजाँच) का कारण नेपालमा त्यस्ता सङ्क्रमणको जोखिम बर्सेनि बढिरहेको छ ।
नेकपा (एस) का केन्द्रीय सदस्यसहित एमालेमा फिर्ता
दैलेखमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य बरुनाथ योगीसहित सयौं नेता कार्यकर्ता नेकपा (एमाले) मा फर्किएका छन् ।