प्रिमनसुन : काठमाडौँसहित देशभर वर्षा
सङ्घीय राजधानी काठमाडौँसहित देशभर प्रिमनसुन वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर बदली रहनाका साथै देशका विभिन्न स्थानमा वर्षा भएको हो।
हत्या गरेको आरोपमा एक पक्राउ
इलाका प्रहरी कार्यालय कोहलपुरले एक महिलालाई घाँटी थिचेर हत्या गरेको आरोपमा कोहलपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
पार्टी सङ्गठन चुस्त बनाउनेगरी काम गर्न अध्यक्ष ओलीको सुझाव
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जिल्लामा पार्टी सङ्गठन चुस्त बनाउनेगरी काम गर्न आग्रह गर्नुभएको छ । एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानासहित पदाधिकारी तथा नेताहरूसँग आफ्नै निवास बालकोटमा कुरा गर्दै उहाँले सो आग्रह गर्नुभएको हो ।
अनलाइनमार्फत ४९ लाख ५८ हजार रुपियाँ ठगी गर्ने चार जना पक्राउ
प्रहरीले अनलाइनमार्फत ४९ लाख ५८ हजार आठ सय रुपियाँ ठगी गर्ने सञ्जालका चार जना पक्राउ गरेको छ।
बुद्धको शिक्षा विश्वव्यापी बनाउनु आवश्यक
लुम्बिनीमा आइतबारदेखि तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार तीन दिने त्रिपिटक (पाठ) कार्यक्रम उद्घाटन गर्नुभएको हो।
युएसएआइडीद्वारा करिब ११ अर्ब सहायताको घोषणा
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा गरेको छ ।
स्यानिटरी प्याड खरिदमा नगर प्रमुखसहित नौ विरुद्ध मुद्दा
धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख उदयकुमार यादवसहित नौ जनाविरुद्ध झण्डै १४ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ।
विवाहमा जाँदै गरेकाे गाडी दुर्घटना : एकको मृत्यु, १५ घाइते
धनकुटाको चुङमाङ्गमा आफन्तको विवाहमा जाँदै गरेकाे गाडी दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने १५ घाइते भएका छन् ।
आवश्यकता परे एमाले सरकारमा जान सक्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेकाले आवश्यकता परे एमाले सरकारमा जानसक्ने बताउनुभएको छ ।
'अलिखित पाना' विमोचन
गुप्ततारा स्मृति प्रतिष्ठान वालिङ स्याङ्जाले वालिङ नगरपालिका-६, मिर्दीमा कथाकृति विमोचन तथा विमर्श कार्यक्रम गरेको छ ।
कोसेलीको लागि स्थानीय ब्राण्ड खोज्दै युवाहरू
जलेश्वरनाथ महादेव मन्दिर बाहेक जलेश्वरको पहिचान के ? भन्ने प्रश्नमा जलेश्वरनाथ महादेव मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका पूर्व अध्यक्ष विश्वेश्वर प्रसाद साह अलमलिनुभयो ।
एकीकृत जाँच चौकी सञ्चालन अनिश्चित
पश्चिम नेपालकै आर्थिक विकासका लागि महत्त्वपूर्ण मानिएको नेपालगन्ज एकीकृत भन्सार जाँच चौकी (आईसिपी) को सञ्चालन अनिश्चित बनेको छ।
उपनिर्वाचनको तयारीमा जिल्ला निर्वाचन कार्यालय
आगामी वैशाख १५ गतेलाई उपनिर्वाचन तोकिएपछि इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारीमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ ।
नापीका सर्वेक्षकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नापी कार्यालय, कलंकी, काठमाडौँमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईँसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, ७ घाइते
धनकुटाको चुङमाङ्गमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् ।
कृषकलाई आलु लगाउने चटारो
हिउँद लागेसँगै जाडो छल्न बेँसी झरेका र काठमाडौँ, पोखरालगायतका सहर पसेका मनाङी कृषकहरू अहिले गाउँ फर्केर आलु रोप्नमा व्यस्त रहेका छन् ।
आफैँभित्र समस्या र अन्तरविरोधमा छ गठबन्धन
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँभित्रका समस्या र अन्तरविरोधले टुट्ने दाबी गर्नुभएको छ । आइतवार जनकपुरमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले यस्तो दाबी गर्नुभएको हो ।
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ।
राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे मन्त्रीसँग प्रधानमन्त्रीको छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गर्नुभएको छ।
घरमै खानेपानीको धारा पुगेपछि स्थानीय खुसी
सर्लाहीको चुरेभेगस्थित दुर्गम क्षेत्रमा पर्ने ईश्वरपुर नगरपालिका–१२, गुइडुङ्ग गाउँमा खानेपानी पुगेपछि स्थानीय दङ्ग परेका छन् ।
सशस्त्र प्रहरी र स्थानीयबिच भएको झडपको निष्पक्ष छानबिन गर्न माग
झापाको मेचिनगरस्थित भान्सा खोलामा सशस्त्र प्रहरी र स्थानीयबिच भएको झडपलाई गम्भीरताका साथ लिएर निष्पक्ष अनुसन्धान गर्न नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले माग गर्नुभएको छ ।
क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन
पश्चिम नेपालका तीन वटा प्रदेशका क्षयरोगका बिरामीलाई लक्षित गरेर बाँकेमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन गरिने भएको छ ।
चन्दा उठाएर शम्सानघाट निर्माण
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ भण्डरियास्थित किरणनालामा व्यवस्थित शम्सानघाट निर्माण कार्य अघि बढेको छ ।
बुङकोट आधारभूत स्वास्थ्य केन्द्र निर्माण
गोरखाको सहिदलखन गाउँपालिका–८ मा रहेको महादेव थुम्काडाडामा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न भएको छ ।