• १९ असार २०८१, बुधबार

उपनिर्वाचनको तयारीमा जिल्ला निर्वाचन कार्यालय

blog

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आवश्यक सामग्रीको जोहो गर्दै जिल्ला निर्वाचन कार्यालयका कर्मचारी । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, फागुन २० गते । आगामी वैशाख १५ गतेलाई उपनिर्वाचन तोकिएपछि इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारीमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ ।

मतदाता नामावली रुजु गर्ने, निर्वाचनमा चाहिने सामग्री व्यवस्थापन गर्ने, मतदानस्थल र मतदान केन्द्रको अवस्था बुझ्नेजस्ता कामहरू सुरु गरेको कार्यालयले जनाएको छ । 

यहाँ ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् । इलाम क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता चैत २४ गतेलाई तोकिएको छ । 

निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिन्ह वितरणको कार्यक्रम रहेको छ । कार्यतालिका अनुसार फागुन २४ देखि ३० सम्म राजनीतिक दल दर्ताको सूचना प्रकाशन गरिनेछ । यस्तै, चैत २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ ।

चैत २२ गते मुख्य निर्वाचन अधिकृत नियुक्तगरी त्यसै दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदैछ । चैत २८ देखि वैशाख १२ प्रचारको अवधि राखिएको छ भने वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ ।

संविधानसभा अध्यक्ष तथा पूर्व सभामुखसमेत रहनुभएका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त इलाम क्षेत्र नम्बर–२ मा उपनिर्वाचन हुन लागेको हो ।