• १२ साउन २०८१, शनिबार

आफैँभित्र समस्या र अन्तरविरोधमा छ गठबन्धन

blog

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २० गते । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँभित्रका समस्या र अन्तरविरोधले टुट्ने दाबी गर्नुभएको छ । आइतवार जनकपुरमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले यस्तो दाबी गर्नुभएको हो । 

उहाँले गठबन्धनभित्रका समस्याबारे आफूहरु जानकार रहेको बताउनुभयो । उहाँले मुलुक सत्ता गठबन्धनका कारणले चौतर्फी सङ्कटतर्फ गइरहेको बताउनुभयो । उहाँले शान्ति सुरक्षा, विकास निर्माण, सुशासन, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा गठबन्धनकै कारण मुलुकले गम्भीर समस्या झेलिरहेको दाबी गर्नुभयो । उहाँले समाजको अग्रगतिका लागि अहिलेको गठबन्धन प्रमुख बाधक भएको बताउनुभयो । 

उहाँले वर्तमान गठबन्धन कुनै सिद्धान्त, आदर्शबाट गठित गठबन्धन नभएको पनि दाबी गर्नुभयो । उहाँले वर्तमान गठबन्धन स्वार्थ, लेनदेनमा आधारित रहेकाले पूरै समय नचल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनभित्रका समस्या हामी देखिरहेका छौँ । त्यो कुन रुपमा विकसित हुन्छ, हेरिरहेका छौँ । यो गठबन्धन आफैँभित्रका समस्याहरुले, अन्तरविरोधले चर्मराइरहेको छ । कुनै पनि बेला टुट्न, फुट्न सक्छ ।’ 

मुलुक सत्ता गठबन्धनका कारणले चौतर्फी सङ्कटमा फसेको पनि उहाँले टिप्पणी गर्नुभयो । शान्ति सुरक्षा, विकास निर्माण, सुशासनका दृष्टिकोणले, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा मुलुकले गम्भीर समस्या झेलिरहेको उहाँको भनाइ छ ।

पछिल्लो दिन यो गठबन्धन आफैँभित्रका अन्तरविरोध र समस्याको भुमरीमा फसेको उहाँले बताउनुभयो । देशलाई स्थिरता, विकास र समृद्धितर्फ लैजान काममा सबैबिच एकताको खाँचो रहेको उहाँको भनाइ छ ।