• १२ साउन २०८१, शनिबार

संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित

blog

काठमाडौं, फागुन २१ गते । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले संसद् बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।

महासचिव पाण्डेयद्वारा जारी सूचनामा विशेष कारणवश फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ ।प्रतिनिधि सभा बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो ।

यसैगरी, आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ । सोमबार दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २४ गते बिहीबार अपराह्न १ः१७ बजे बस्ने छ ।