खण्डहर बने गाउँका ‘दरबार’
दुई दशकअघिसम्म मौलिक कलायुक्त घर हेर्न आउनेका लागि पर्यटकीय ‘हब’ नै थियो धनकुटाको मुगा । पुराना शैलीका कलात्मक ठुला घर हेर्न मात्रै पनि आउने र ती ‘गाउँका दरबार’ हेरेर फर्किनेहरू मुगा
सुदूरपश्चिम प्रदेशको विशेष अधिवेशन आह्वान
आ.व. २०८१–८२ को बजेट पारित नहुँदै सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख नजिर मियाँले बजेट अधिवेशन अन्त्य गरी विशेष अधिवेशन आह्वान गर्नु भएको छ ।
कांग्रेस–एमाले सहकार्यको विकल्प छैन : उपप्रधानमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाली कांग्रेस र नेकपा (एमाले) विच सहमति भई बनेको गठबन्धन सरकारको आयुलाई लिएर कोही भ्रममा नपर्न आग्रह गर्नुभएको छ । दुई दलविचको सहकार्यको विकल्प अहिले नभएको उहाँले प्रष्ट पार्नुभयो ।
आइटी खराबीपछि टर्किस एयरलाइन्सका ८४ उडान रद्द
प्राविधिक गडबडीले संयुक्त राज्य अमेरिकामा उडानहरू रोकिएका छन्, बेलायतमा टेलिभिजन प्रसारण अवरुद्ध भएको छ र अस्ट्रेलियामा दूरसञ्चार प्रभावित भएको छ ।
बङ्गलादेशमा समस्या परे दूतावासमा सम्पर्क गर्न आग्रह
परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा समस्या परेमा नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।
बागमतीमा कांग्रेस र एमालेबीच सहमति : मुख्यमन्त्री जम्कट्टेललाई मत नदिने
नेपाली कांग्रेस र नेकपा (एमाले) ले बागमती प्रदेश सभामा सहकार्य गर्ने निर्णयसहित बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्ने सहमति गरेका छन् ।
मकवानपुरमा दुई जनाको मृत्यु
मकवानपुरमा शुक्रवार भएको फरक–फरक घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
नयाँ सडकको फुटपाथ विस्तारमा स्थानीयको विरोध
काठमाडौँ महानगरपालिका वडा नम्बर २२ स्थित नयाँ सडकका स्थानीयले काठमाडौँ महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामप्रति विरोध जनाएका छन्।
काठेपुल
हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाको काठेपुल बगाएको २४ दिनपछि शुक्रबार निर्माण भएको नयाँ काठेपुल ।
ताल र खोलामा डुबेर तीन जनाको मृत्यु
शुक्रबार दिउँसो कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २६ मा पर्ने गुदेतालमा डुबेर बालकको मृत्यु भएको छ। दिउँसो सवा ३ बजेतिर छ वर्षीय बालक सचिन परियारको डुबेर मृत्यु भएको हो।
निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री पौडेल
उपप्रधान एवम् अर्थमन्त्री पौडेलले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटियो
परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले नेपालमा पोलियो मुक्त घोषण भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको जानकारी दिनुभयो।
सामुदायिक विद्यालयमा विज्ञसहितको अनुगमन समिति
सामुदायिक विद्यालयहरुको अवस्था अनुगमन गर्न विराटनगर महानगरपालिकाले विज्ञसहितको अनुगमन समिति गठन गरेको छ ।
सरकार जिम्मेवारीपूर्वक अघि बढ्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकार जिम्मेवारीपूर्वक एवम् गम्भीर रुपमा अगाडि बढ्ने बताउनुभएको छ ।
कञ्चनपुरमा सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरण गरिँदै
डिभिजन वन कार्यालय कञ्चनपुरले सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरणकार्य शुरु गरेको छ । सडकको सौन्दर्यता बढाउने ज्याकराण्डा, ढाँक, पारिजात, धुपिसल्ला, गोल्डमोहर प्रजातीका रातो, पहेलो, निलो फुल फुल्ने गुणस्तरीय बहुवर्षीय बिरुवा वितरणको कार्य शुरु गरेको हो ।
सन्दीप लामिछानेविरुद्ध मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक (पूर्णपाठसहित)
उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । गत जेठ २ गते उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको सयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठ आज (शुक्रबार) सार्वजनिक भएको हो ।
महिला एसिया कपमा नेपालको विजयी सुरुवात : यूएई ६ विकेटले पराजित
एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले यूएईमाथि ६ विकेटको शानदार जित निकालेको छ ।
माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु
मुस्ताङमा नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ ।
महिला एसिया कप : यूएईविरुद्ध सम्झना खड्काको अर्धशतक
काठमाडौँ, साउन ४ गते। एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा यूएईविरुद्ध नेपालका सम्झना खड्काले अर्धशतक बनाउनुभएको छ। टस जितेर सुरुमा फिल्ड रोजेको नेपालविरुद्ध पहिला ब्याटिङ गरेको यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याउनेक्रममा सम्झनाले ३५ बलमा अर्धशतक पूरा गर्नुभएको हो। उहाँले ८ चौकाको मद्दतमा ५० रन बनाउनुभएको हो। सम्झनाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो अर्धशतक प्रहार गर्नुभएको हो । यूएईले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो। यूएईलाई सस्तैमा समेट्न नेपालका कप्तान इन्दु बर्माले तीन विकेट लिनुभयो। सबनम राई, कृतिका मरासिनी र कविता जोशीले एक एक विकेट हात पर्नुभयो। यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाउनुभयो। नेपालले १३ ओभरको समाप्तिमा नेपालले तीन विकेट बनाएर ८७ रन बनाएको छ। क्रिजमा सम्झना र रुबिना क्षेत्री हुनुहुन्छ।
विस्तारित सेवा प्रदान नगरेका अस्पताललाई सेवा प्रदान गर्न निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विस्तारित सेवा प्रदान नगरेका उपत्यकाका सङ्घीय अस्पताललाई सेवा प्रदान गर्न निर्देशन दिएको छ ।
कर्जाको पुनर्तालिकीकरण भए धराशायी उद्योग बचाउन सकिन्छ : चेम्बरको सुझाव
नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसँग अर्थ मन्त्रालयमा शुक्रबार भेटवार्ता गरेको छ । नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझावसहित चेम्बर कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष सिंहदरवारमा भेतवार्ता गरेको हो ।
बाँके राष्ट्रिय निकुञ्जबाट गोली लागेर मरेको चित्तलसहित शिकारी पक्राउ
बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक जना शिकारीलाई गोली लागेर मरेको चित्तलसहित रङ्गेहात पक्राउ गरिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने महादेवा जंगलबाट ४४ वर्षीय मोहन थारु रंगेहात पक्राउ परेका हुन् ।
हलगोरु पाल्ने किसानलाई अनुदान
बागलुङ नगरपालिकाभित्रका गोरु पाल्ने ८१ किसानले प्रोत्साहन रकम प्राप्त गरेका छन् । बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्र्तगत रु पाँच हजारका दरले रक वितरण गरेको हो ।
म्याग्दीबाट ३५ जनाले लिए गैर-आवासीय नेपाली नागरिकता
हिमाली जिल्ला म्याग्दीबाट ३५ जनाले गैर-आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।