• ११ मंसिर २०८१, मङ्गलबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौँ, भदौ २४ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार दिउँसोबाट सुरु भएको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुदेवीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नुहुने छ । 

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनुसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो । साथै उहाँले ‘नेपाल विश्वविद्यादलय विधेयक २०८१ लाई पारित गरियोस्’भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।