धनकुटामा बस र ट्रयाङ्कर एकआपसमा ठोक्किँदा १२ घाइते
धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र दुध बोक्ने ट्याङ्कर ठोक्किँदा १२ जना घाइते भएका छन् । सुनसरीको धरानबाट सङ्खुवासभाको आँखिभुइ जाँदै गरेको बा २ ख ७२४७ नम्बरको बस र धनकुटाको हिलेबाट दुध बोकेर धरानतर्फ जाँदै गरेको को १ च १५३१ नम्बरको दुध बोक्ने ट्याङकर एकआपसमा ठोक्किँदा बसमा सवार १२ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
रुपन्देहीमा ९४ प्रतिशत रोपाइँ सम्पन्न
रुपन्देहीमा ९४ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ ।
हुम्लामा शतप्रतिशत रोपाइँ
हिमाली जिल्ला हुम्ला यस वर्ष शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । अधिकांश धान खेती गर्ने जग्गामा सिँचाइको व्यवस्था हुनु र वर्षा पनि भएका कारण अधिकांस जग्गामा रोपाइँ सम्पन्न भएको हो ।
कर्मचारीको तलब मर्यादाक्रम अनुसार लागू गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)
सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीहरुको आधारभूत तलबमा समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारी सरह हुने गरी अबिलम्ब सुरु तलबमान समायोजन–निर्धारण लागू गर्न–गराउन परमादेश जारी गरेको छ ।
सात महिनापछि विद्युत सुचारु
बाजुराको बुढीगङ्गा नगरपालिका ९ र १० स्थित इकडिगाड लघुजलविद्युत पुन सञ्चालनमा आएको छ ।
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
गत असार २७ गते रातिदेखि खस्न थालेको पहिरोका कारण बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध बनेको छ । उक्त खण्डको तातोपानीमा गएको पहिरोका कारण यातायात सञ्चालन नहुँदा पश्चिम म्याग्दीका सयौँ नागरिकले दैनिक यात्रामा सास्ती भोग्दै आएका छन् ।
संसारभरका उडान, मिडिया र बैंक प्रभावित
प्रविधिमा आएको गडबढीले विश्वभरका उडान, मुख्य बैंक र मिडियामा समस्या आएको छ ।
परराष्ट्रमन्त्री डा. राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट
परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज शिष्टाचार भेट गर्नुभएको छ ।
नाइरोबी फ्लाई किराको सङ्क्रमणबाट बच्न चिकित्सकको सुझाव
वर्षायाम सुरु भएसँगै नेपालमा छालामा नाइरोबी फ्लाई किराको सङ्क्रमण बढ्ने गर्छ । यो मौसममा पाइने नाइरोबी फ्लाई किराको सम्पर्कमा आएपछि छालामा सङ्क्रमण बढ्ने चिकित्सकको भनाइ छ । अहिले मुख्यगरी तराईका जिल्लामा यो किराको संक्रमण बढेको छ ।
२१ वर्षपछि इलाका प्रशासन कार्यालय पुन:स्थापना
सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको बाँकेको दुर्गम क्षेत्र नरैनापुरमा इलाका प्रशासन कार्यालय २१ वर्ष पछि पुनःस्थापना भएको छ ।
प्रदर्शनकारीद्वारा बङ्गलादेशका सरकारी भवनमा आागजनी
बङ्गलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा प्रदर्शनकारीले एकैदिन धेरै सरकारी भवनहरूमा आगो लगाइदिएका छन् ।
ओझेलमा छाङ्गा बाराही झरना
पहाडको खोंच, जङ्गलै जङ्गले घेरिएको ठाउँ । हरियाली मनमोहक ठाउँ । अग्लो डाँडाबाट ढुङ्गामा ठोक्किँदै झरेको पानी । डाँडाबाट खस्दा आउने आवाजले तनहुँको व्यास नगरपालिका–१४ छाब्दी नजिक रहेको छाङ्गा बाराही झरनाले यहाँ पुग्ने सबैलाई लोभ्याउँछ तर यसको प्रचारप्रसार हुननसक्दा पर्यटकीय गतिविधि बढ्न सकेका छैनन् ।
भैरहवा भन्सार : आयात घट्दा खुम्चियो राजस्व
भैरहवा भन्सार कार्यालय रुपन्देहीले लक्ष्यको ६३ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।
जेडी भान्सद्वारा अमेरिकाको उपराष्ट्रपति बन्ने प्रस्ताव स्वीकार
जेडी भ्यान्सले रिपब्लिकन पार्टीबाट अमेरिकाको उपराष्ट्रपति बन्ने प्रस्तवलाई स्वीकार गर्नुभएको छ । विस्कन्सिनको मिलवाउकीमा चलिरहेको रिपब्लिकन राष्ट्रिय सम्मेलनमा उपराष्ट्रपतिको उम्मेवार बन्ने प्रस्तावलाई स्वीकार गर्नुभएको हो ।
राष्ट्रपति बाइडेनलाई श्वासप्रश्वासमा हल्का समस्या
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ सङ्क्रमणसँग सम्बन्धित श्वासप्रश्वासमा हल्का समस्याको लक्षण’ अनुभव गर्नुभएको र चिकित्सकको सल्लाहमा प्याक्सलोभिडको डोज दिइएको ह्वाइट हाउसले जनाएको छ ।
इजिप्टको कुल बजेट घाटा १०.५ बिलियन अमेरिकी डलरमा झर्यो
इजिप्टको कुल बजेट घाटा गत आर्थिक वर्षको ६१० अर्ब इजिप्टियन पाउण्डको तुलनामा सन् २०२३/२०२४ मा सम्पन्न आर्थिक वर्ष २०२३/२०२४ मा ५०५ अर्ब इजिप्टियन पाउण्ड (लगभग १०.५ बिलियन अमेरिकी डलर) मा झरेको इजिप्टका अर्थमन्त्री अहमद कौचौकले बताउनुभएको छ ।
ज्येष्ठ नागरिकका लागि सभाहल निर्माण
हिमाली जिल्ला म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधामस्थित रहेको ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकलाई लक्षित गरी सभाहल निर्माण गरिएको छ ।
कालीगण्डकीमा गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने र अस्पतालमा सुरक्षितरूपमा सुत्केरी गराउन अभिप्रेरित गर्ने उद्देश्यले गत आर्थिक वर्ष २०८०/८१ को देखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिएको हो ।
काठमाडौँमा किन महँगियाे तरकारी ? यस्तो छ, उपभोक्ताको भनाइ
वर्षासँगैको विपद्का कारण काठमाडौँमा तरकारीको मूल्य बढेको छ । वर्षा लागेसँगै मुलुकभर बाढीपहिरोका कारण सडकहरु अवरुद्ध हुँदा काठमाडौँमा तरकारीको मूल्य बढ्न थालेको हो ।
ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गर्नुभएको हो । सो अवसरमा उहाँले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।
राहत–उद्धारमा ध्यान दिन नेता महरको आग्रह
नवगठित सरकारका मन्त्रीलाई कांग्रेस नेता नैनसिंह महरले सिंहदरबारमा खादा, माला र बधाई थाप्न व्यस्त हुनुभन्दा बाढीपहिरोबाट प्रभावित बनेका जनताको उद्धारमा खट्न आग्रह गरेका छन् ।
कोइलाबासमा बर्सेनी बढ्दै राजस्व सङ्कलन
दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । जिल्लाको भन्सार कार्यालय रहेको कोइलाबास नाकामा चहलपहल बढ्दै जाँदा राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको हो ।
सडक भासिएपछि सिङ्गो बस्ती जोखिममा
जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती जोखिममा परेको छ । तिलाहारको नवजागृत माध्यमिक विद्यालय नजिक रहेको डिमुवा–राम्जा–चित्रे सडक भासिँदा सडकभन्दा तल रहेको बस्ती जोखिममा परेको हो ।
कर्ममा रमाउँदै प्रसाईं
कृषि पेसाबाट केही गर्न सकिन्न भन्नेका लागि उदाहरणीय पात्र बन्नुभएको छ सूर्य प्रसाईं । लमजुङको राइनासमा कृषि व्यवसाय गरिरहेका प्रसार्इंको गृह जिल्ला लमजुङ होइन । झापाबाट ढुङ्गा काट्ने मेसिन लिएर लमजुङ आउनुभएका प्रसाईंले गरेको कृषि कर्मबाट स्थानीय युवाले अवश्यक पनि केही सिक्छन् ।