• २ माघ २०८१, बुधबार

‘सङ्गीत स्वराधना’ सार्वजनिक

blog

काठमाडौँ, भदौ २४ गते ।  राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बलिया राष्ट्रको सांस्कृतिक हस्तक्षेपबाट मौलिक कला संस्कृतिलाई जोगाउन सङ्गीत क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ । अध्यक्ष दाहालले अहिलेको भूमण्डलीकृत विश्वमा बलिया भनिएका राष्ट्रको जबरजस्त सांस्कृतिक हस्तक्षेप हामी सबैले भोगिरहेको चर्चा गर्दै यस्तो स्थितिमा हाम्रो मौलिक कला संस्कृति जोगाउन गीत/सङ्गीतको क्षेत्र निकै महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले सङ्गीतकर्मी चन्दनकुमार श्रेष्ठद्वारा लिखित ‘सङ्गीत स्वराधना’ को आइतबार सार्वजनिक कार्यक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो । सङ्गीतकार दीपक जङ्गमले सङ्गीत साधकले समय खर्च गरेर तयार पारेको पुस्तक अवश्य पनि पठनीय हुने चर्चा गर्नुभयो । नेपाल सङ्गीतकार सङ्घद्वारा आयोजित कार्यक्रममा सङ्गीतकार शुम्भजित बाँस्कोटाले शास्त्रीय सङ्गीतप्रेमीका लागि उक्त पुस्तक पठनीय हुने बताउनुभयो ।