मेलम्चीको पानी नआएसम्म वैकल्पिक माध्यमबाट काठमाडौँमा पानी वितरण गर्न निर्देशन
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिनुभएको छ ।
पर्यटकीय राजधानी पोखरा
कास्कीको पोखरा महानगरपालिका–१६ स्थित ढिकीडाँडाबाट देखिएको पर्यटकीय राजधानी पोखरा र आसपासको हरियालीको दृश्य ।
‘सीप सिकेर अमेरिका जानेले चाँडै काम पाउँछ’
अमेरिकाको टेक्सासमा रहेको नेपाली समाज टेक्सासले त्यहाँ रहेका नेपालीलाई एकापसमा जोड्ने, नेपाली भाषा, संस्कृतिको संरक्षण एवम् अमेरिका आउने युवालाई ‘जब सेटलमेन्ट’को भूमिका खेल्दै आएको छ ।
पूर्व कानुनमन्त्री गुरुङद्वारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग
बाढीपहिरो पीडित परिवारहरूलाई पूर्व कानुनमन्त्री धनराज गुरुङले आर्थिक सहयोग गर्नुभएको छ ।
एक वर्षमा ६३ सर्पको उद्धार
डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८०/८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा नौ सयभन्दा बढी लाभान्वित
नवलपुरको देवचुली नगरपालिका–१ केउरानीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा नौ सयभन्दा बढिले स्वास्थ्य परीक्षण गराएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजना तथा पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य शिविरमा नौ सय ३० जना लाभान्वित भएका छन् ।
प्रधानमन्त्री ओली आइतबार विश्वासको मत लिनुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
राजस्व सङ्कलन घट्दै गएपछि नेपालगन्ज भन्सारको लक्ष्य एक अर्ब घट्यो
गत तीन आर्थिक वर्षमा लगातार लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएपछि चालु आर्थिक वर्ष २०८१/०८२ का लागि नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य गत आर्थिक वर्षको तुलनामा एक अर्ब घटाइएको छ ।
अवैध काठसहित भारतीय गाडी नियन्त्रणमा
रौतहटको गुजरा नगरपालिका–४ लालबकैया खोला नजिकबाट सशस्त्र प्रहरीले अवैध काठसहित भारतीय नम्बरको सफारी गाडी नियन्त्रणमा लिएको छ ।
स्रोतमै फोहर वर्गीकरण गर्न कामपाको आग्रह
काठमाडौँ महानगरपालिकाले स्रोतमै फोहरको वर्गीकरण गरेर व्यवस्थापन गर्न सबैलाई आग्रह गरेको छ । उत्पादन भएका सबै प्रकारका फोहर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा पुर्याउँदा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमै फोहरको वर्गीकरण गर्ने र कुहिने फोहर मात्र उक्त स्थानमा लानुपर्ने जनाएको हो ।
गाजाको वातावरणीय नमुनामा पोलियो भाइरस फेला
गाजाको वातावरणीय नमुनामा पोलियो भाइरस पत्ता लाग्नु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । तर हालसम्म पक्षाघात रोगको कुनै घटना नभेटिनु राहतको कुरा रहेको राष्ट्रसङ्घका मानवतावादीहरूले शुक्रबार बताएका छन् ।
रुसमा रोकिएका एयर इन्डियाका यात्रु सान फ्रान्सिस्को प्रस्थान
रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिस्को प्रस्थान गरेका छन् । एयर इन्डियाको दिल्ली–सान फ्रान्सिस्को उडानमा प्राविधिक समस्या देखिएपछि रुसको क्रास्नोयार्स्क विमानस्थलमा आकस्मिक गरिएको थियो ।
उज्वेकिस्तान र किर्गिस्तानले व्यापार दुई अर्ब अमेरिकी डलर पुर्याउने
उज्वेकिस्तान र किर्गिस्तानले द्विपक्षीय व्यापार दुई अर्ब अमेरिकीमा पुर्याउने योजना बनाएका छन् ।
ट्राफिक सक्रियता बढेसँगै राजस्व सङ्कलनमा वृद्धि
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले हालसम्मकै उच्च राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सिताराम ओझाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा मात्रै ट्राफिक कारबाहीमा एक करोड एक लाख १७ हजार राजस्व सङ्कलन गरेको हो ।
बस्ती छिरेर चितुवाले गर्यो आतङ्क
तनहुँको बन्दीपुर गाउँपालिकावासीको बस्तीमै छिरेर चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीय आतङ्कित भएका छन् ।
टर्कीको जङ्गलमा लागेको आगो नियन्त्रणमा
टर्कीका विभिन्न प्रान्तमा लागेको डढेलो नियन्त्रणमा आएको देशका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले बताउनुभएको छ ।
बाँके जिल्ला अदालतमा मुद्दाको चाप बढ्दै
बाँके जिल्ला अदालतमा पछिल्ला वर्षमा मुद्दाको चाप बढ्दै गइरहेको छ । मुद्दाको चाप बढेसँगै मुद्दाको फर्छ्यौट अनुपात पनि बढेको छ ।
जिल्ला अदालत बाँकेमा पारिवारिक इजलास सुरु हुँदै
जिल्ला अदालत बाँकेमा पारिवारिक इजलासको सुरु गरिने भएको छ । पारिवारिक विवादसम्बन्धी मुद्दाको सुनुवाइ छिटोछरितो बनाउने उद्देश्यले यही साउन १६ गतेदेखि पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापना गरिएको हो ।
घट्दै ओल खेती
सुनसरीमा पछिल्लो समय ओल खेती घट्दै गएको छ । कुनै समय व्यापक रूपमा लगाइँदै आएको ओल खेती पछिल्लो समय भने घट्दै गएको हो ।
मन्त्रालयको सुधारका लागि सुझाव सङ्कलन गर्दै मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन विभिन्न पक्षबाट राय सुझाव सङ्कलनका लागि १० दिने अभियान सुरु गर्नुभएको छ ।
अनुदानमा कृषि औजार वितरण
गुल्मीमा ५० प्रतिशत अनुदानमा कृषकहरूलाई कृषि मेसिनरी औजार वितरण गरिएको छ । जिल्लाको मदाने गाउँपालिकाले विभिन्न कृषक समूह, सहकारी र निजी फार्मका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि मेसिनरी औजार वितरण गरेको हो ।
मनसुनी विपद : मृतकका परिवारलाई दुई लाखका दरले राहत निकासा
काठमाडौँ, साउन ५ गते । मनसुनी विपदमा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुरूप दुई लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख निकासा भएको र उक्त रकमबाट कतिपय जिल्लाले प्रक्रिया पुर्याएर पीडितपरिवारलाई राहत वितरण पनि गरिसकेका छन् । मनसुनको अवधिमा सबै प्रकृतिका विपदमा परेर अहिलेसम्म एक सय २५ भन्दा बढीको मृत्यु भइसकेको छ ।त्यसमा सबैभन्दा बढी बाढी पहिरो र चट्याङका कारण मानवीय क्षति भएको छ । मनसुनका समयमा यही देशभर परेको भारी वर्षाका कारण विपदका घटना बढेपछि उच्च जोखिममा रहेका एक सय २५ जनालाई सुरक्षा निकायद्वारा जीवित्तै उद्धार गर्न सफल भएको पनि प्राधिकरणले जानकारी गराएको छ । प्राधिकरणका प्रवक्ता उपसचिव डा.डिजन भट्टराईले ओखलढुङ्गा, ताप्लेजुङ, कालीकोट र बझाङलगायत जिल्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएको पनि जानकारी दिनुभयो ।शुक्रबार मात्रै गएको एक महिनामा भएको मनसुनी विपद्को अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रसलगायत सङ्घ संस्थाद्वारा प्रभावित परिवारलाई खाद्यान्न तथा गैरखाद्यान वस्तु वितरण गरिएको जानकारी दिएको छ । प्रतिवेद अनुसार मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहत स्वरूप १५ हजारदेखि २० हजारसम्म वितरण गरिएको जनाइएको छ । प्रवक्ता भट्टराईका अनुसार रेडक्रसबाट हालसम्म सात सय ४५ थान तारजाली, दुई सय ९५ थान ब्ल्याङ्केट, दुई सय पाँच थान म्याट्रेस, एक सय २५ थान भाँडाकुँडा, एकसय थान झुल, दुई सय २५ थान सरसफाइ किट, एक हजार एक सय ३८ मिटर कपडा उपलब्ध गराइएको र गृह मन्त्रालयमातहत निकायबाट पाँच सय २० थान त्रिपाल, ५० थान टेन्ट, तीन सय थान ब्ल्याङ्केट, उक सय थान म्याट्रेस र ५० थान स्लिपिङ ब्याग उपलब्ध गराइएको छ । उहाँले समन्वयात्मक रूपमा विपद् व्यवस्थापनको काम जारी रहेको पनि जानकारी दिनुभयो । यसपालि बढी वर्षा हुने आङ्कलन रहेको थियो । मनसुनको सुरुआत महिनामै भारी वर्षाले जनधनको क्षति गराएको छ । रासस
पर्यटकीय स्थल दोमुखा काठ तस्करीको केन्द्रबिन्दु
झापाको शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिका बिच भएर बग्ने कनकाई नदिको बहावमा बाँस तथा ट्युबको जाली बनाएर साखु जातको काठ चोरी तस्करी नरोकिँदा देशकै पर्यटकीय क्षेत्र दोमुखा काँठ चोरी तस्करीको केन्द्र बन्दै गएको छ ।
तस्करीमा स्कुल बस प्रयोग
विद्यार्थी बोक्ने स्कुल बसबाट तस्करहरूले सामान तस्करी गर्नेगरेको रहस्य खुलेको छ । सिजी ग्रुपले सञ्चालन गरेको वीरगन्जस्थित दिल्ली पब्लिक स्कुल बसबाट शुक्रबार सशस्त्र प्रहरीले प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज भन्सार मेनगेटबाट अवैध रूपमा ल्याएको दुई लाख त्रिसट्ठी हजार सातसय बराबरको समान बरामद गरेपछि सो रहस्य खुलेको हो ।