• १० मंसिर २०८१, सोमबार

‘नेपाल एयरलाइन्समा नीतिगत हस्तक्षेप गरेर अघि बढ्छु’

blog

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे तथा नेपाल पर्यटन बोर्डका कार्यकारी दीपकराज जोशीसहित अन्य । तस्बिर : पर्यटन मन्त्रीको सचिवालय

काठमाडौं, भदौ २४ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताउनु भएको छ।

सोमबार नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी दीपकराज जोशीको स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो। मन्त्री पाण्डेले भन्नु भयो, ‘‘संस्कृति, पर्यटन र नागरिक उड्डयन तीन स्तम्भ हुन् । नेपाल एयरलाइन्स सुधारको बाटोमा जान जरूरी छ। म यहाँ केवल भाषण गर्न मात्रै उभिएको छैन। अब नीतिगत हस्तक्षेपको बाटोमा लैजान चाहन्छु । 

उहाँले मन्त्रालयको बारेमा सम्पूर्ण विषय बुझिसकेकाले रिफर्मको बाटोमा अघि बढ्ने बताउनु भयो। मन्त्री पाण्डेले मन्त्रालयमा प्लेन चलाईदिन भनेर डेलिकेसन आउने गरेका बताउँदै प्लेन नचल्दा देशभरका अधिकांश एयरपोर्टहरू रित्ता भएको दृष्टान्त सुनाउनु भयो। उहाँले नागरिक उड्डयन क्षेत्र सुरक्षित हुने कुरामा कुनै दुविधा नलिन समेत विश्वास दिलाउनु भएको छ । 

कार्यक्रममा बोल्दै बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकासमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘निजी क्षेत्रसँग म सधैँ सँगै छु । पर्यटन बोर्ड पनि निजी क्षेत्रका लागि स्थापना गरिएको संस्था हो । निजी क्षेत्रसँग सहकार्य गरेनौँ भने त नेपाल एयरलाइन्सन्समा तेल नबेचेको जस्तै हो । हामी त्यहाँ बाहेक अन्त जाने ठाउँ नै छैन । हामी सहकार्यमा नै अघि बढछौं ।’’