कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे
नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत हुनुभएको छ ।
युक्रेनी पूर्व सांसदको गोली हानी हत्या
युक्रेनी भाषाको बचाउ गर्दै बारम्बार मुखर अभिव्यक्ति दिने एक पूर्व युक्रेनी राष्ट्रवादी सांसदको गृहनगर एलभिभमा एक बन्दुकधारीले गोली हानी हत्या गरेको प्रहरीले बताएको छ ।
सिमलताल दुर्घटना : २५ शव भेटिए, १७ जनाको सनाखत
चितवनको सिमलताल पहिरोले बगाएका दुई बसमा सवार यात्रुमध्ये अहिलेसम्म २५ जनाको शव फेला परेको छ। जसमध्ये १७ जनाको सनाखत भएको प्रहरीले जनाएको छ।
विपदमा परी मृत्यु हुनेको सङ्ख्या १२८ जना पुग्यो
यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर आजसम्म एक सय २८ जनाको मृत्यु भएको छ।
यो वर्षको दाहाल यज्ञनिधि पुरस्कार इतिहासकार ज्ञानमणि नेपाललाई
साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको नाममा स्थापना भएको ‘दाहाल यज्ञनिधि’ पुरस्कार यो वर्ष इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ।
तीन सातामा प्रकोप कोषमा १५ लाख बचत
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तीन साता अघि स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा साढे पन्ध्र लाख रुपियाँ बढी रकम सङ्कलन (जम्मा) भएको छ।
फरार व्यक्तिबाट ८५ लाख जरिवाना असुल
जिल्ला अदालत म्याग्दीबाट विभिन्न समयमा फैसला भएका मुद्दाका फरार २६ जनालाई गिरफ्तार गरी झण्डै ८५ लाख रुपियाँ जारीवाना असुल गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिनुहुने भएको छ ।
मर्यादित श्रम बजारले आर्थिक सशक्तिकरणमा टेवा पुग्ने
रेष्टुरेन्ट, बार, लोकदोहोरी, क्लबलगायतका रात्रीकालिन व्यवसायहरुमा व्यवस्थित र मर्यादित श्रम संस्कारको विकास गर्न सके देशभित्रै रोजगारीको सिर्जना र आर्थिक सशक्तिकरणको जग बलियो हुनेमा जोड दिइएको छ ।
‘विकासका लागि सबै एकताबद्ध हुनुपर्छ’
पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका काममा सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
गोरखामा १७९ औं पटक रक्तादान गर्ने सम्मानित
गोरखामा १७९ औं पटक रक्तदान गर्ने एक जना सम्मानित भएका छन् । शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाको आयोजनामा अहिलेसम्मकै धेरै पटक १७९ औं पटक रक्तादान गर्ने रक्तादाता प्रेम सागर कर्मचार्यलाई गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर रानामगरले खादा र प्रमाणपत्रले सम्मान गर्नुभएको हो ।
जुगेडीमा बस र ट्याङकर ठोक्कियो, १६ घाइते
नारायणगढ–मुग्लिन सडक खण्डको जुगेडीस्थित भतेरी जङ्गलमा बस र तेल ट्यांकर ठोक्किदा बसमा सवार १६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।
दलित समुदायका पत्रकारका अनेक चुनौती
दलित समुदायका पत्रकारले आफूहरुलाई पत्रकारितामार्फत अघि बढ्न विभिन्न चुनौती रहेको बताएका छन् । आर्थिक अवस्था कमजोर रहेको परिवेशमा जातीय भेदभाव तथा छुवाछूतका समस्याले पेसा गर्न निकै चुनौतीपूर्व बनेको बताएका हुन् ।
आइतबार बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुहुने
अल्पमतमा पर्नुभएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि कार्यसूची तयभएको छ।
कांग्रेस देउवा पक्षको भेला
नेपाली कांग्रेसका नेताले पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्ने बताइरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा पक्षको यहाँ भेला भएको छ ।
विश्वव्यापी प्राविधिक समस्याबाट प्रभावित एयरलाइन्स सेवा पुनः सुचारु
माइक्रोसफ्ट प्रोग्रामको एन्टिभाइरस अद्यावधिकको समयमा भएको विश्वव्यापी प्राविधिक अवरोधका कारण प्रभावित बैङ्क, वित्तीय संस्था, एयरलाइन्सलगायतका सेवाहरू शनिबार बिस्तारै लयमा फर्किरहेका छन् ।
‘घामका फूलहरू’ विमोचन
मकवानपुरका अग्रज साहित्यकार, गीतकार, गजलकार तुलसी घिमिरेद्वारा लिखित घामका फूलहरू (गजल सङ्ग्रह) शनिबार हेटौँडामा सार्वजनिक गरिएको छ।
सभापति खतिवडाद्वारा २३७ जना पहिरोपीडितलाई राहत वितरण
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाले २३७ जना पहिरोपीडितलाई राहत सामग्री वितरण गर्नुभएको छ ।
सिमलताल पहिरो : भारतीय टोली परिचालन
नारागणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा आजदेखि भारतीय टोली पनि परिचालन भएको छ ।
दोलखा भीमेश्वरको सिलामा पसिना
दोलखाको प्रसिद्ध धार्मिक स्थल दोलखा भीमेश्वरको सिलामा पसिना आएको छ । सिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने सूचकका रूपमा हेरिने जनविश्वासका कारण राष्ट्र प्रमुख र सरकारले क्षमा पूजा पठाउने चलन छ ।
बाढीले क्षति पुगेपछि दुई हजार घरधुरीमा खानेपानीको हाहाकार
बाढीले क्षति पुगेपछि तनहुँको व्यास नगरपालिका–१ र १२ का दुई हजार भन्दा धेरै घरधुरीमा खानेपानीको अभाव भएको छ।
दीर्घ रोगी कैदीबन्दीद्वारा निःशुल्क औषधीको माग
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले कारागार कार्यालय कास्कीको निरीक्षण गर्नुभएको छ । उहाँले कारागारमा पुगेर विभिन्न रोग लागि बिरामी भएका ९२ जना कैदीबन्दीको स्वास्थ्य अवस्था बुझ्नुभएको थियो ।
चाँगाथलीको चपनी फल्चाको उद्घाटन
ललितपुरको महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले धार्मिक सम्पदा कहिल्यै नमासिने बताउनुभएको छ।
मुलुकलाई नयाँ ढङ्गले अघि बढाउन आवश्यक : अध्यक्ष भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक नेतृत्वलाई सम्मान गर्दै मुलुकलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।