• ११ मंसिर २०८१, मङ्गलबार

दमौलीमा छ दिन विद्युत् सेवा अवरुद्ध हुने

blog

विद्युत् तार सार्ने काम गरिँदै । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ २४ गते । तनहुँको सदरमुकाम दमौली र यस आसपासमा मङ्गलबारदेखि छ दिनसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ । मुग्लिङ पोखरा पृथ्वी राजमार्ग सडक विस्तारको क्रममा दमौली बजार सडक किनारमा पोल गाड्ने कार्य भइरहेकोले दैनिक सात घण्टा अवरुद्ध हुने तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो ।

उक्त पोलमा नयाँ लाइन विस्तार गरी पुरानो संरचनाहरू हटाउने कार्यका लागि भदौ २५ गतेदेखि ३० गते सम्म दमौली फिडरबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा अवरुद्ध हुने उहाँले जानकारी दिनुभयो । रेग्मीका अनुसार व्यास नगरपालिकाको वडा नं १,२,३,४ दमौली बजार र वडा नं ५ को चापघाट, पाटन, मानुङ्गकोटमा आवश्यकता अनुसार विहान १० बजे देखि साँझ ५ बजे सम्म विद्युत् आपूर्ति बन्द हुनेछ । उपभोक्तालाई समस्या नपरोस् भनेर पाँच दिन भन्दा अघि नै सम्पन्न गर्ने गरी काम गरिने केन्द्रले जनाएको छ ।