आमा सुरक्षा कार्यक्रम बन्द हुँदा सुत्केरी–शिशु सेवाबाट वञ्चित
लुम्बिनी मेडिकल कलेजमा सञ्चालन भएको आमा सुरक्षा कार्यक्रम बन्द भएको छ । सरकारको मापदण्ड अनुसार तोकिएको रकम नपाएको भन्दै लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनले २०८१ असार मसान्तदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालन नगरेको हो ।
संस्थामा आबद्ध भूकम्पपीडित सदस्यलाई १८ लाख सहयोग
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मुसिकोट रुकुमपश्चिमले भूकम्पपीडित सदस्यलाई १८ लाख सहयोग गरेको छ ।
बङ्गलादेशमा हिंसात्मक आन्दोलनका कारण प्रधानमन्त्री हसिनाको विदेश भ्रमण रद्द
बङ्गलादेशमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबिचको झडपपछि प्रधानमन्त्री शेख हसिनाले विदेश भ्रमण रद्द गर्नुभएको छ । आन्दोलनले चर्को रूप लिँदै गएपछि मुलुकका विभिन्न सहरमा सैनिकहरू तैनाथ गरिएको छ ।
बाँकेमा ६० प्रतिशत रोपाइँ
पर्याप्त वर्षा नहुँदा बाँकेमा हालसम्म ६० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार एक साताअघि पानी परे पनि त्यसयता पर्याप्त वर्षा नहुँदा रोपाइँ सुस्त गतिमा भइरहेको छ ।
सशस्त्र प्रहरी बलः विपदमा खोज तथा उद्धारदेखि राजस्व सङ्कलन
जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरले विपदमा खोज तथा उद्धार, चोरी तस्करी तथा लागूऔषध नियन्त्रण र विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको छ ।
सर्पको टोकाइबाट घाइतेको हेलिकप्टरबाट उद्धार
सर्पको टोकाइबाट गम्भीर घाइते भएका कालीकोटको शुभकालिका गाउँपालिका-६ का २४ वर्षीय धनप्रसाद आचार्यको आज हेलिकप्टरबाट उद्धार गरिएको छ ।
विपतजन्य घटनाले नौ जनाको मृत्यु
ताप्लेजुङमा एक वर्षको अवधिमा विपत्जन्य घटनाका कारण नौ जनाको मृत्यु भएको छ । पछिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०८०/०८१ मा विपतजन्य विभिन्न घटनामा नौ जनाको मृत्यु भएको हो ।
मेलम्चीको पानी नआएसम्म वैकल्पिक माध्यमबाट काठमाडौँमा पानी वितरण गर्न निर्देशन
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिनुभएको छ ।
पर्यटकीय राजधानी पोखरा
कास्कीको पोखरा महानगरपालिका–१६ स्थित ढिकीडाँडाबाट देखिएको पर्यटकीय राजधानी पोखरा र आसपासको हरियालीको दृश्य ।
‘सीप सिकेर अमेरिका जानेले चाँडै काम पाउँछ’
अमेरिकाको टेक्सासमा रहेको नेपाली समाज टेक्सासले त्यहाँ रहेका नेपालीलाई एकापसमा जोड्ने, नेपाली भाषा, संस्कृतिको संरक्षण एवम् अमेरिका आउने युवालाई ‘जब सेटलमेन्ट’को भूमिका खेल्दै आएको छ ।
पूर्व कानुनमन्त्री गुरुङद्वारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग
बाढीपहिरो पीडित परिवारहरूलाई पूर्व कानुनमन्त्री धनराज गुरुङले आर्थिक सहयोग गर्नुभएको छ ।
एक वर्षमा ६३ सर्पको उद्धार
डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८०/८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा नौ सयभन्दा बढी लाभान्वित
नवलपुरको देवचुली नगरपालिका–१ केउरानीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा नौ सयभन्दा बढिले स्वास्थ्य परीक्षण गराएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजना तथा पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य शिविरमा नौ सय ३० जना लाभान्वित भएका छन् ।
प्रधानमन्त्री ओली आइतबार विश्वासको मत लिनुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
राजस्व सङ्कलन घट्दै गएपछि नेपालगन्ज भन्सारको लक्ष्य एक अर्ब घट्यो
गत तीन आर्थिक वर्षमा लगातार लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएपछि चालु आर्थिक वर्ष २०८१/०८२ का लागि नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य गत आर्थिक वर्षको तुलनामा एक अर्ब घटाइएको छ ।
अवैध काठसहित भारतीय गाडी नियन्त्रणमा
रौतहटको गुजरा नगरपालिका–४ लालबकैया खोला नजिकबाट सशस्त्र प्रहरीले अवैध काठसहित भारतीय नम्बरको सफारी गाडी नियन्त्रणमा लिएको छ ।
स्रोतमै फोहर वर्गीकरण गर्न कामपाको आग्रह
काठमाडौँ महानगरपालिकाले स्रोतमै फोहरको वर्गीकरण गरेर व्यवस्थापन गर्न सबैलाई आग्रह गरेको छ । उत्पादन भएका सबै प्रकारका फोहर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा पुर्याउँदा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमै फोहरको वर्गीकरण गर्ने र कुहिने फोहर मात्र उक्त स्थानमा लानुपर्ने जनाएको हो ।
गाजाको वातावरणीय नमुनामा पोलियो भाइरस फेला
गाजाको वातावरणीय नमुनामा पोलियो भाइरस पत्ता लाग्नु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । तर हालसम्म पक्षाघात रोगको कुनै घटना नभेटिनु राहतको कुरा रहेको राष्ट्रसङ्घका मानवतावादीहरूले शुक्रबार बताएका छन् ।
रुसमा रोकिएका एयर इन्डियाका यात्रु सान फ्रान्सिस्को प्रस्थान
रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिस्को प्रस्थान गरेका छन् । एयर इन्डियाको दिल्ली–सान फ्रान्सिस्को उडानमा प्राविधिक समस्या देखिएपछि रुसको क्रास्नोयार्स्क विमानस्थलमा आकस्मिक गरिएको थियो ।
उज्वेकिस्तान र किर्गिस्तानले व्यापार दुई अर्ब अमेरिकी डलर पुर्याउने
उज्वेकिस्तान र किर्गिस्तानले द्विपक्षीय व्यापार दुई अर्ब अमेरिकीमा पुर्याउने योजना बनाएका छन् ।
ट्राफिक सक्रियता बढेसँगै राजस्व सङ्कलनमा वृद्धि
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले हालसम्मकै उच्च राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सिताराम ओझाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा मात्रै ट्राफिक कारबाहीमा एक करोड एक लाख १७ हजार राजस्व सङ्कलन गरेको हो ।
बस्ती छिरेर चितुवाले गर्यो आतङ्क
तनहुँको बन्दीपुर गाउँपालिकावासीको बस्तीमै छिरेर चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीय आतङ्कित भएका छन् ।
टर्कीको जङ्गलमा लागेको आगो नियन्त्रणमा
टर्कीका विभिन्न प्रान्तमा लागेको डढेलो नियन्त्रणमा आएको देशका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले बताउनुभएको छ ।
बाँके जिल्ला अदालतमा मुद्दाको चाप बढ्दै
बाँके जिल्ला अदालतमा पछिल्ला वर्षमा मुद्दाको चाप बढ्दै गइरहेको छ । मुद्दाको चाप बढेसँगै मुद्दाको फर्छ्यौट अनुपात पनि बढेको छ ।