• २० असोज २०८१, आइतबार

धादिङको धुनिबेसीमा पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

blog

भारी वर्षापछि आएको लेदोले अवरुद्ध भएको पृथ्वीराजमार्गको धादिङ खण्ड। तस्बिर सौजन्य : हेमकुमार थपलिया

काठमाडौँ,भदौ २४ गते। धादिङको धुनिबेसी नगरपालिका-९ मा भारी वर्षापछि झरेको लेदोले पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। 

प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार भारी वर्षासँगै आएको लेदोले पृथ्वीराजमार्ग अवरुद्ध भएको हो। राजधानी भित्रने र बाहिरिने प्रमुख सडक पूर्ण रुपमा अहिले ठप्प छ। 

पानी परिरहेकाले तत्काल सडक खुलाउन समस्या भएको थपलियाले जानकारी दिनुभयो। सडक करिब एक घण्टादेखि अवरुद्ध हुँदा काठमाडौँबाट बाहिरिने र भित्रने सयौं सवारीसाधन रोकिएका छन्। सडक खुलाउने प्रयास भने जारी रहेको उहाँको भनाइ छ।