क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसामुक्त प्रवेश अनुमति
चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति लागू गरेको छ ।
जसपा अध्यक्ष यादवद्वारा दायर रिटमा सुनुवाइ जारी
सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गर्नुभएको रिटमा सुनुवाइ जारी रहेको छ ।
कम्बोडियाको निर्वाचन प्रक्रिया
निर्वाचन आयोग ऐन, २०७३ मा निर्वाचनसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सम्बन्ध विस्तार गर्नु निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार हुने उल्लेख गरिएको छ । आयोगको रणनीतिक योजनाले पनि अन्तर्राष्ट्रिय सङ्घ संस्थासँगको आबद्धता विस्तारलाई नीतिगत रूपमा स्वीकार गरेको छ । निर्वाचन आयोग दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायको साझा मञ्चको संस्थापक सदस्य हो । यसै गरी आयोग एसियाली निर्वाचन व्यवस्थापन गर्ने निकायहरूको सङ्गठनको सदस्य पनि रहेको छ । विश्वका निर्वाचन व्यवस्थापन गर्ने निकायहरूको सङ्गठनको वार्षिक साधारण सभामा पनि आयोगले भाग लिँदै आएको छ । आयोगले निर्वाचन
बहसमा स्थानीय सरकार
नेपालको संविधानको धारा २३२ ले कल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयको अभ्यास एउटा महत्वपूर्ण पक्ष हो । धारा ५७ को राज्यशक्तिको बाँडफाँटसम्बन्धी व्यवस्था, धारा ५८ को अवशिष्ट अधिकारको व्यवस्था, धारा ५९ को आर्थिक अधिकारको प्रयोगसम्बन्धी व्यवस्था तथा धारा ६० को राजस्व स्रोतको बाँडफाँटसम्बन्धी व्यवस्था
राष्ट्रिय हित, प्रतिष्ठा र स्वाभिमानको रक्षामा सरकार दृढ
१. सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको हैसियतले सम्मानित सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको छ । २. यस अवसरमा म सर्वप्रथम नेपाल राष्ट्रको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवं मुलुकको सर्वाङ्गीण विकास, समृद्धि र अग्रगमनका लागि विभिन्न समयमा भएका राजनीतिक क्रान्ति, सशस्त्र सङ्घर्ष एवं आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । देशमा राजनीतिक परिवर्तनका लागि नेतृत्व प्रदान गर्नुहुने श्रद्धेय नेतागणसहित सम्पूर्ण नेपालीमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
सरकारको आम्दानीभन्दा खर्च दुई खर्बले बढी
चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब ८९ करोड रुपियाँ खर्च गरेको हो । लक्ष्य अनुरूप राजस्व सङ्कलन हुन नसकेपछि सरकारी वित्त घाटा झन् फराकिलो भएको हो ।
बैङ्कमा निक्षेप बढ्यो कर्जा प्रवाह भने सुस्त
चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप चार खर्ब नौ अर्ब चार करोड अर्थात् ७.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप तीन खर्ब ५५ अर्ब ८९ करोड अर्थात् ७.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप १२.५ प्रतिशतले बढेको छ । २०८० चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.९ प्रतिशत रहेको छ ।
सोह्रौँ योजना स्वीकृत, अर्थतन्त्र १०५ खर्बको बनाइने
मन्त्रीपरिषद्ले १६ औँ पञ्चवर्षीय योजना (२०८१/८२–२०८५/८६) स्वीकृत गरेको छ । सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षासहित तर्जुमा गरिएको यस योजनाले आर्थिक वर्ष २०८५/०८६ सम्ममा मुलुकको अर्थतन्त्रको आकार १०५ खर्बमा पु¥याउने लक्ष्य राखेको छ । अर्थतन्त्रको आकार विस्तारका लागि सो अवधिमा औसत आर्थिक वृद्धिदर वार्षिक ७.१ प्रतिशत हुने आकलन गरिएको छ । सुरुवाती आर्थिक वर्षमा छ प्रतिशतको र अन्य आवमा अधिकतम ८.१ प्रतिशतसम्म पुग्ने अपेक्षा छ ।
छात्रवृत्तिमा गोलमाल
छात्रवृत्ति कोटामा एमबिबिएस र बिडिएस अध्ययनका लागि नेपाल सरकारले सिफारिस गरेको र बङ्गलादेश सरकारले सार्वजनिक गरेको विद्यार्थीको नाम र सङ्ख्यामा गोलमाल भएको छ । एकै प्रकारको कोटामा दुई मुलुकले विद्यार्थीको नाम र सङ्ख्या फरक फरक सार्वजनिक गरेपछि विद्यार्थी समस्यामा परेका छन् । यसबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालका लागि बङ्गलादेशका राजदूत र सरोकारवालाबिच छलफल गरेको छ । बङ्गलादेश सरकारले शैक्षिक वर्ष सन् २०२३/२४ मा प्राप्त चिकित्सा शिक्षा अध्ययनका लागि एमबिबिएसतर्फ १९ र बिडिएसतर्फ तीन गरी २२ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटा उपलब्ध गराएको थियो ।
कर्मचारीका सेवासुविधा समयानुकूल र आकर्षक बनाइने
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा सबै राष्ट्रसेवक कर्मचारीको सेवासुविधा समयानुकूल र आकर्षक बनाउने भएको छ । कर्मचारीको सेवासुविधा पूर्वानुमानयोग्य र समन्यायिक बनाई राष्ट्रसेवकलाई व्यावसायिक, उत्प्रेरित र उच्च मनोबलयुक्त बनाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्मचारीका सेवासुविधालाई समयानुकूल र आकर्षक बनाउने घोषणा गर्नुभएको हो ।
कांग्रेसद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध पारेपछि प्रतिनिधि सभा बैठक पनि स्थगित भएको छ ।
सरकारले 'परिवर्तनका लागि कला र साहित्य कार्यक्रम' सञ्चालन गर्ने
सरकारले चलचित्र पर्यटन प्रवर्द्धन गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण कार्य आर्थिक वर्षमा सम्पन्न गरिने
सरकारले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार अपराह्न सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो ।
कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ । मङ्गलबार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबारको संयुक्त सदनमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धन्यवाद ज्ञापन गर्ने कार्यसूचि रहेपनि कांग्रेसले संसद अवरुद्ध पारेको हो ।
नीति तथा कार्यक्रममा खेलकुद : प्राथमिकतामा पूर्वाधार निर्माण
सरकारले आगामी आर्थिक वर्षमा खेलकुदको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने बताउनुभयो ।
सङ्घ, प्रदेश र स्थानीयबाट प्रवाह हुने स्वास्थ्य सेवाको वर्गीकरण गरिने
सरकारले सङ्घ, प्रदेश र स्थानीयबाट प्रवाह हुने स्वास्थ्य सेवाको वर्गीकरण गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
विदेशमा रहेका नेपालीलाई राहदानी वितरणमा सहज बनाइने
सरकारले आगामी आर्थिक वर्षमा स्वदेश र विदेशमा रहेका नेपालीलाई राहदानी वितरण सहज रुपमा गरिने भएको छ ।
प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गरिने
सरकारले सुरु गरिने तीनै तहका स्वास्थ्य सेवा प्रणाली, भौतिक पूर्वाधार, जनशक्ति समाधानको एकीकृत गरी एवम् समन्वयको परिचालन गरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गरिने भएको छ ।
सहिद दशरथ चन्द्र विश्व विद्यालयमा तीन सय शय्या क्षमताको मेडिकल कलेज सञ्चालन गरिने
सरकारले सहिद दशरथ चन्द्र विश्व विद्यालयमा तीन सय शय्याको क्षमताको मेडिकल कलेज यसै वर्ष सञ्चालन गर्ने भएको छ ।
शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुन नपाउने
सरकारले शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुन नपाउने व्यवस्थाको कार्यान्वयन गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
शिक्षकलाई अब मासिक रूपमा तलब
सरकारले आगामी आर्थिक वर्षमा शिक्षकको तलब मासिक रूपमा प्रदान गर्ने भएको छ ।
सम्भाव्य आयोजनालाई सार्वजनिक र निजी लगानीमा निर्माण गरिने
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको सम्भाव्य आयोजनालाई सार्वजनिक र निजी लगानीमा निर्माण गरिने बताउनुभएको छ ।
‘भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता’
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।
अर्थतन्त्रमा क्रमशः सुधार हुँदैछ : राष्ट्रपति
सरकारले वित्त तथा मौद्रिक नीतिको समान्जस्यता कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको बताएको छ । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेस गर्दै यस्तो बताउनुभएको हो ।