राष्ट्रिय एकता मजबुत बनाउन छठ पर्वको विशिष्ट भूमिका छ: सभाध्यक्ष दाहाल
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उपसभामुख रानाद्वारा छठ पर्वको शुभकामना
उपसभामुख इन्दिरा रानाले उदाउँदो सूर्यको आराधना गर्दै उल्लासपूर्वक मनाइने छठ पर्व–२०८१ को आमनेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
छठ पर्वले सुसंस्कृत समाज निर्माणमा प्रेरणा प्रदान गरोस्: उपाध्यक्ष घिमिरे
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
दुई दलीय संयन्त्रको नेतृत्व कांग्रेस र एमालेले आलोपालो गर्ने
सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा (एमाले)ले बनाएको संयन्त्रको नेतृत्व दुई दलले आलोपालो गर्ने भएका छन्।
कतारको संविधान संशोधन परियोजना जनमत सङ्ग्रहबाट स्वीकृत
कतारको संविधान संशोधन परियोजना राष्ट्रिय जनमतसंग्रहबाट स्वीकृत भएको सरकारी समाचार एजेन्सी क्युएनएले बुधबार जनाएको छ ।
आशामै बित्यो पीडितको एक महिना
अविरल परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नगरपालिका–१२ रोशी बजारका गीता केसी छिमेकीको घरमा बस्दै आउनुभएको छ ।
धनप्रसाद पण्डित इजरायलका लागि राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. धनप्रसाद पण्डितलाई इजरायलका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।
विश्वका नेताद्वारा ट्रम्पलाई बधाई तथा सहकार्यका लागि प्रतिबद्धता
अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले उहाँको प्रशंसा गरेका छन् ।
मिथिलासहित तराई/मधेशका जिल्लामा छठको रौनक
मिथिलासहित तराई/मधेशका जिल्लाहरूमा छठको तयारी अन्तिम चरणमा पुगेको छ । जनकपुरधामसहितका तराईका क्षेत्रमा छठ पर्वको रौनक सुरु भएको हो ।
कोशीका कानुन मन्त्री अधिकारीद्वारा राजीनामा
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले पदबाट बुधबार राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुुख
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि जित्दै ट्रम्प
अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प जित निकट पुग्नुभएको छ ।
इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा रक्षामन्त्री ग्यालन्टलाई बर्खास्त
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालन्टलाई विश्वास गर्ने वातावरण नदेखिएको कारण देखाउँदै पदबाट बर्खास्त गर्नुभएको छ ।
सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने अनुमान
अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ । अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो ।
नेपाली भाषाको विशिष्टता आदरार्थी प्रयोग
भाषा सामाजिक वस्तु भएकाले यसको अभिव्यक्तिमा व्यक्तिका आपसी सामाजिक सम्बन्धको पनि प्रतिविम्बन रहेको हुन्छ ।
लखनउमा चम्किँदै नेपालका सूर्य श्रेष्ठ
सन् १९३० मा बनेको भारतको लखनउस्थित फूलबाली गली चोकमा रहेको भवनमा टाढैबाट देखिने गरी लेखिएको छ, नेपाली कोठी ।
मकवानपुरमा बस दुर्घटना : ३५ यात्रु घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटार समीडाँडामा बुधवार बिहान भएको बस दुर्घटनामा ३५ जना यात्रु घाइते हुनुभएको छ ।
जलवायु असरको फैलावट
जलवायु परिवर्तन वर्तमान विश्वको सबैभन्दा ठुलो चुनौती भएको छ ।
आचारसंहिता अनुगमन प्रणाली : विषयगत प्रश्नोत्तर
संसद् सदस्य र पदाधिकारीका लागि आचारसंहिता किन आवश्यक पर्छ ?
शेख हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता
अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेनाले अपहरण गरेका करिब दुई सय बङ्लादेशीहरू अझै बेपत्ता रहेको बताइएको छ । जबरजस्ती बेपत्ता भएका घटनाहरूको अनुसन्धान आयोगका सदस्य नूर खानले मङ्गलबार सो कुरा बताउनुभएको हो ।
नेप्से परिसूचकमा झिनो गिरावट
दीपावलीको सार्वजनिक बिदापछि मङ्गलबार खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव २१ अङ्कले ओरालो लागेर दुई हजार छ सय ७७ दशमलव ४० मा सीमित भएको छ ।
आयुर्वेद चिकित्सालयमा बर्सेनि बिरामीको सङ्ख्या वृद्धि
रोल्पा सिउलीबाङका ७१ वर्षीया सरुमा विक तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा भेटिनुभयो । पेट दुख्ने, खान मन नलाग्ने समस्याले चिकित्सालय आउनुभएका उहाँले धेरै ठाउँमा उपचार गर्दा पनि ठिक नभएपछि यहाँ उपचार गर्न आएको बताउनुभयो ।
पाकिस्तानमा आठ महिनादेखि तलब नपाएका शिक्षक आन्दोलनमा
खैबर पख्तुनख्वा प्रान्तको सरकारले यस क्षेत्रका विद्यालयका शिक्षकहरूलाई आठ महिनादेखि तलब दिन नसक्दा विद्यार्थीहरूको भविष्यलाई असर पग्नुका साथै शिक्षकहरु आन्दोलित भएको द डन पत्रिकाले रिपोर्ट गरेको छ ।
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नारायणगढ मुग्लिन सडकखण्डको रामनगरमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार साँझ ६ः२० बजेको समयमा मुग्लिङबाट आउँदै गरेको बा ३ ख ९०७६ नम्बरको बसले रामनगरको परेवाश्वरी पेट्रोल पम्प अगाडि विपरित दिशाबाट जाँदै गरेको ना ५९ प १७८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।