• २७ मंसिर २०८१, बिहिबार

शेख हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता

blog

अपदस्थ प्रधानमन्त्री शेख हसिना

ढाका, कात्तिक २० गते । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेनाले अपहरण गरेका करिब दुई सय बङ्लादेशीहरू अझै बेपत्ता रहेको बताइएको छ । जबरजस्ती बेपत्ता भएका घटनाहरूको अनुसन्धान आयोगका सदस्य नूर खानले मङ्गलबार सो कुरा बताउनुभएको हो । 

गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा भएको प्रदर्शन पछि हसिना हेलिकप्टर मार्फत छिमेकी देश भारत भाग्नुभएको थियो । हसिना सरकारमाथि मानव अधिकार हननको आरोप तथा सयौंको गैरकानुनी अपहरण र बेपत्ता भएको आरोप लगाइएको थियो ।

हाल कार्यवाहक सरकारले गठन गरेको अनुसन्धान आयोगले हसिनाको निष्कासनपछि पाँच जनालाई गोप्य हिरासत केन्द्रबाट रिहा गरिएको तर अझै धेरैको विवरण नआएको  जनाएको छ ।

आयोगका अध्यक्ष मोइनुल इस्लाम चौधरीले सरकार र न्यायपालिकामा संस्थागत विच्छेदले पनि हसिनाको नेतृत्वमा दण्डहीनताको वातावरण फस्टाएको बताउनुभएको छ । उनीहरूले कानुन प्रवर्तन एजेन्सीलाई सार्वजनिक हितमा नभइ आफ्नै एजेण्डा र राजनीतिक हितका लागि प्रयोग गरेको बताउनुभएको छ । 

आयोग नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारका  लोकतान्त्रिक सुधारहरू कार्यान्वयन गर्ने प्रयासको हिस्साको रूपमा स्थापना गरेको थियो । रासस/एएफपी