चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
‘जनताका अधिकार रक्षा गर्नेतर्फ लागौँ’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ता जनताका अधिकार रक्षा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
तरकारीमा नुन हाल्दा किन निस्कन्छ पानी ?
दैनिक जीवनमा प्रयोग गर्ने कतिपय कुरा र अनुभव गरेका घटनालाई हामीले त्यति चासो लिने गरेका छैनौँ । ठुला मानिसका लागि यस्ता विषय सामान्य लाग्न सक्छन् तर बालबालिकाका लागि ती विषय अनौठा लाग्छन् । बालबालिकाको दिमागमा यस्ता हरेक परिवर्तनका घटना मात्र किन ? कसरी ? भन्ने प्रश्न उब्जन्छ । यस्तै प्रश्न र त्यसको सही समाधान खोजी गर्दै जानु विद्यार्थीको लक्षण हो । यस लेखमा त्यस्तै सामान्य घटनाको वैज्ञानिक कारणबारे बुझाउन खोजिएको छ ।
‘रक एङ्करिङ’ प्रविधिबाट बैसरी पहिरो रोकथाम
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरी पहिरो ‘रक एङ्करिङ’ प्रविधिबाट रोकथाम गरिएको छ । सडकमाथि रहेको पहिरोबाट निरन्तर रूपमा लेदोसहित ढुङ्गा खसेर विगतमा सडक अवरुद्ध हुनुका साथै मानवीय तथा भौतिक क्षतिसमेत भएको थियो । पहिरो रोकथामका लागि विभिन्न प्रयास गर्ने क्रममा आयोजनाले रक एङ्करिङ प्रविधि प्रयोग गरेको हो ।
इपिएस सम्झौताको १७ वर्ष : नेपाल बढी कामदार पठाउने पहिलो मुलुक
पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले उक्त तथ्यलाई पुष्टि गर्दछ ।
निजामती सेवाको गरिमा
मुलुकको स्थायी सरकार मानिने निजामती प्रशासन सञ्चालन गर्दै आएको कर्मचारीतन्त्रलाई नयाँ संरचना अनुसार व्यवस्थित गर्न प्रारम्भिक कार्य हुँदै आएका छन् । निजामती प्रशासनको मियो मानिने सङ्घीय निजामती ऐन ल्याउन ढिलाइ भएका कारण सरकारी सेवा प्रवाह चुस्त र प्रभावकारी हुन नसकेको अनुभव सरकार स्वयम्ले गर्दै आएको छ । प्रशासन पुरानै निजामती सेवा ऐन अनुसार चलिरहेको छ । अधिकांश कर्मचारी सङ्घ र सुगममै बस्न चाहने प्रवृत्तिका कारण प्रदेश सरकार र स्थानीय तहमा कर्मचारी व्यवस्थापनमा सकस परिरहेको यथार्थप्रति सङ्घीय सरकार जानकार हुँदाहुँदै पनि अलमलको स्थिति कायमै छ । २१ औँ निजा
प्राथमिकताले गाँजेको समाज
नेपालीमा प्राथमिकता अनि अङ्ग्रेजीमा ‘प्रायोरिटी’ । प्राथमिकता भन्नेबित्तिकै सबैले जान्नैपर्ने, सिक्नैपर्ने, सुन्नैपर्ने, गर्नैपर्ने, बुझ्नैपर्ने कुराको लस्करमा पहिलो स्थान प्राप्त गर्नेलाई सम्झनु पर्छ । पहिलोबाट दोस्रोमा पुग्ने वित्तिकै त्यो प्राथमिकतामा पर्दैन । कसैले तपाईंलाई ‘एकछिन कुर्नुस्’ भन्छ भने तपाई प्राथमिकता होइन । त्यहाँ तपाई भन्दा महत्वपूर्ण अरू नै छन् । चित्त नदुखाउनु होला । हेर्नुस् मैले पनि चित्त दुखाएको छैन, मलाई थाहा छ मेरो यो लेख पनि धेरैको प्राथमिकतामा परेको छैन । प्राथमिकतामा पर्न त धेरै मेहनत गर्नु पर्छ । हुन त आजभोलि प्राथमिकता पाउने विभिन्न उपायको विकास भइसकेको छ । डिजिटल टेक्नोलोजीदेखि, फिजिकल हेलोप्याथी र द्रव्योलोजी सबै यस्तैमध्येका केही उपाय हुन् ।
जाजरकोटमा पहिरोले पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता
जाजरकोटमा गए राति पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका छन् भने एक बालिका गम्भीर घाइते भएका छन् । बारेकोट गाउँपालिका ६ धुमा गाउँमा राति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको जनाइएको छ ।
तिनै तहको जिम्मेवारी
समग्र मुलुकको विकास र समृद्धिका लागि सार्वजनिक वित्त व्यवस्थापनले महत्वपूर्ण भूमिका खेल्छ । यसको माध्यमबाट सार्वजनिक स्रोतको अनुमान योग्यता तथा सुनिश्चितता, विनियोजन तथा खर्च कुशलता, आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गर्न सकिन्छ । सार्वजनिक वित्तको सामाजिक, आर्थिक विकासमार्फत समृद्धि हासिल गर्न सक्नु पर्छ । सुशासन र सामाजिक न्याय प्रत्याभूत गर्ने वातावरण निर्माण गर्दै समुन्नत नेपाल बनाउन जरुरी छ ।
दश जोडीको दाइजोमुक्त सामूहिक विवाह
धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका छन् ।
विश्व व्यवस्थामाथि खतरा बढेको बेलायत र अमेरिकाका गुप्तचर प्रमुखको चेतावनी
अमेरिकी गुप्तचर निकाय (सिआइए) का निर्देशक बिल बन्र्स र बेलायतको एमआई–सिक्सका प्रमुख रिचार्ड मुरले विश्व व्यवस्था शीतयुद्धपछि विश्वले नदेखेको खतरामा रहेको चेतावनी दिएका छन् ।
वरदान बन्यो राष्ट्रिय गौरवको आयोजना
डेढ दशक अगाडि सुरु भएको राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको म्याद सकिन १० महिना बाँकी छ ।
हलिया मुक्तिका सोह्र वर्ष : अवस्था अझै बदलिएन
हलिया मुक्तिको घोषणा भएको सोह्र वर्ष पुगेको छ । कञ्चनपुरका मुक्त हलिया परिवारको अवस्था बदलिएको छैन । साहुको घरबाट बिदा भएका मुक्त हलिया परिवार ज्याला मजदुरी गरेर जीविका चलाउन बाध्य छन् ।
धनगढीको नेतुवा तालमा डुबेर एकको मृत्यु
कैलालीको धनगढी उपमहानगरपालिका–३ मा रहेको नेतुवा तालमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–८ श्रीपुर बस्ने ३० वर्षका कमल चौधरीको ज्यान गएको हो ।
मेवाखोलामा पुल बनेपछि दुर्गमका बासिन्दालाई राहत
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित मेवा खोलामा मोटर गुड्ने पुल (बेलिब्रिज) बनेपछि दुर्गमका बासिन्दालाई राहत मिलेको छ ।
गृहमन्त्री लेखकसँग विश्व बैङ्कका पदाधिकारीको भेट
नेपालका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनसहितका पदाधिकारीले शुक्रबार गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रिय वाणिज्य बैंक र खाद्यबीच सम्झौता
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएकाबारे सरकारले अनुगमन गर्ने बताउनुभएको छ । आज सामाजिक सञ्जाल फेसकुकमार्फत उहाँले सबै स्थानीय तहमा यस विषयमा अनुगमन गरिने जानकारी दिनुभएको हो ।
चाडपर्वले विविधताभित्रको एकतालाई बलियो बनाउँदै आएको छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कूरीति अन्त्यगरी समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
तीज पर्वः महिला स्वतन्त्रता र सशक्तीकरणको आवाज
हिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ । पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तिजलाई महिला सशक्तीकरणको रूपमा हेर्न थालिएको हो ।
तीज पर्वले आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्वले समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निर्भाह गरेको बताउनु भएको छ ।
मौलिक संस्कृति र संस्कारको परिधीभित्रै रहेर पर्व मनाउन जरुरी छः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आ–आफ्नो मौलिक संस्कृति र संस्कारको परिधीभित्रै रहेर पर्व मनाउन जरुरी रहेको उल्लेख गर्नुभएको छ । हरितालिका तीज र चौरचन (चकचना) को अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले नेपाली समाजमा मनाइने विभिन्न पर्व–त्योहार, संस्कार–संस्कृति एवं परम्परा–रीतिरिवाजले एकता, सद्भाव र सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन्ः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरू हाम्रा पहिचान र गौरव भएको बताउनु भएको छ । हरितालिका तीजका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले हाम्रो देश विभिन्न धर्म, संस्कृति र पर्वले समृद्ध रहेको र विभिन्न पर्वहरूमध्ये हरितालिका तीज नेपाली महिलाहरूको विशेष महत्वपूर्ण पर्व भएको उल्लेख गर्नुभएको छ ।
भाद्र शुक्ल तृतीया : हरितालिका (तीज) मनाइँदै
धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।