‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट लाइसेन्स’ पैसा नतिरेपछि छपाइ बन्द
‘स्मार्ट लाइसेन्स’ भनेर चिनाइएको सवारीचालक अनुमतिपत्र छपाइ बन्द भएको २४ दिन भयो । यातायात व्यवस्था विभागले लाइसेन्स छाप्ने मेसिनले कार्ड चिन्न नसक्ने गरी ‘पर्सनलाइजेसन’ र सफ्टवेयरमा समस्या भएपछि नियमिततर्फको छपाइ बन्द भएको बताएको छ । साथै विभागले संविधान अनुसार लाइसेन्स छपाइको काम प्रदेश सरकारको भएकाले नछाप्ने भन्दै जिम्मेवारी प्रदेशतिर सोझ्याएको पनि छ तर छपाइ बन्द हुनुको वास्तविकता भने प्राविधिक नभएर आर्थिक रहेको छ ।
दसैँमा सुकिला नोट मात्रै, नयाँ नोट बन्द
हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोटले काम चलाउने भएको छ । दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाए पनि अगाडि बढेको थिएन । राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने जानकारी दिनुभयो । यस पटक दसैँमा नयाँ नोट वितरण नहुने भन्दै पोखरेलले आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दसैँमा दिने बताउनुभयो ।
बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित
एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले मङ्गलबार बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ ।
काठमाडौँको तारकेश्वरमा खोलाले बगाउँदा एक बेपत्ता
काठमाडौँको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् ।
सहकारीको रकम दुरुपयोग छानबिन विशेष समितिको म्याद १५ दिन थपियो
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि १५ दिन थप भएको छ।
गणतन्त्रलाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुन्छ : मन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले संविधानका आधारभूत तत्वहरुमा कुनै परिवर्तन नगर्ने गरी र गणतन्त्रलाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताउनुभएको छ ।
मौलिक हकलाई कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताउनुभएको छ ।
एमाले पोलिटब्युरो बैठक : वार्षिक कार्ययोजनाबारे छलफल हुने
नेकपा (एमाले) को पोलिटब्युरो बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुँदैछ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले मङ्गलबार दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो विषयमा छलफल हुने जानकारी दिनुभयो ।
वडाध्यक्ष यादवको रहस्यमय मृत्युको छानविनमा सहयोग गर्न माग
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मुकेश यादवको रहस्यमय मृत्युको छानविनका लागि सहयोग गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न दलका नेताहरुले सामूहिक रुपमा माग गरेका छन् ।
न्यायको पखाईमा सहिद शाहका परिवार
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–११ खोलागाँउका गणेश शाहको हत्या भएको ३० वर्ष पूरा भएको छ । हालसम्म पनि मृतकका परिवारले न्याय नपाएको गुनासो गरेका छन् ।
धानखेतको हरियाली
बीरेन्द्रनगर नगरपालिका–१० काँक्रेविहार जङ्गल किनारामा रहेको खेतमा लहलहाउँदै गरेको धानबाली । यस क्षेत्रमा जङ्गली जनावारले बेला(बेलामा बालीमा क्षति पुर्याउँदै आएका छन् ।
दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक मङ्गलबार बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।
पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि
शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवम् महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिनुभयो ।
बाढीका कारण बस्ती जोखिममा
भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् ।
आजको विनिमयदर : अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो
सोमबारको तुलनामा मङ्गलबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपियाँ ९८ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ५८ पैसा रहेको छ ।
मनसुनी वायुको प्रभाव : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेप्से परिसूचक १२७.३२ अङ्कले वृद्धि
साताको दोस्रो कारोबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । सोमवार नेप्से परिसूचक १२७.३२ अङ्क बढेर २८२३.२५ बिन्दुमा पुगेको छ ।
भ्रष्टाचार गरेको प्रमाणित भएकाे आधा घण्टाभित्रै पदमुक्त गर्छु : अध्यक्ष दाहाल
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश दाहालले बाेर्डका कर्मचारीहरुलाई भ्रष्टाचारको अभियोग लागेको ३० मिनेटभित्रै पदमुक्त गर्ने चेतावनी दिनुभएको छ ।
कांग्रेस-एमाले गठबन्धनले जनतामा आशा जगायो : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता गठबन्धन भएपछि आम जनतामा नयाँ किसिमको आशा र उत्साह देखिएको बताउनुभएको छ ।
घट्यो सुनको मूल्य
सुनको मूल्य घटेको छ । सोमबार सुन प्रतितोला एक लाख ५२ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
स्कुटर दुर्घटनामा एक जनाको मृत्यु
पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर–१० गेझा बर्दलेका ४० वर्षीय यमबहादुर खरुमगर रहेको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष यादवको नियोजित हत्या गरिएको आशङ्का
रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेश यादवको सवारी दुर्घटना रहस्यमय बन्दै गएको छ । वडाध्यक्ष यादवको शव भदौ ९ गते आइतबार बिहान बर्दीबास नपा–८ स्थित बर्दीबास–औरही सडकखण्डको कलभर्टमुनि फेला परे पनि यो दुर्घटना हो वा वारदात स्पष्ट हुन सकेको छैन । प्रहरीले अहिलेसम्म यसलाई मोटरसाइकल दुर्घटना भनेको छ ।
एउटै घरमा अन्ठाउन्न पहिरोपीडितको बास
रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३, लेखर्क पहिरोपीडित अहिले विभिन्न व्यक्तिको घरमा शरण लिएर बसिरहेका छन् । साउन ८ गते राति अविरल वर्षापछि आएको पहिरोले दोरम्बा सैलुङ गाउँपालिका–३, टोकरपुर लेखर्कका सबै परिवार विस्थापित भएका छन् । पहिरोमा पुरिएका सात जनाको शव निकालिएको छ भने एक जनाको खुट्टाको पैतालाको भाग मात्रै भेटिएको छ । दुई जना अझै बेपत्ता नै छन् ।
सर्पदंशबाट बालकको मृत्यु
कैलालीमा सर्पदंशबाट आइतबार राती एक बालकको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट धनगढी उपमहानगरपालिका–९ वनदेवी टोलका माया विकको पाँच वर्षीय छोरा अरुणको ज्यान गएको हो ।