‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी (फोटो फिचर)
नेपालको ऐतिहासिक र पर्यटकीय नगर जिरीको सौन्दर्यलाई उजागर गर्ने उद्देश्यले ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनीको आयोजना गरेको छ ।
कैलालीका १३९ जनालाई सुरक्षित स्थानमा सारियो
बाढीको जोखिममा परेका कैलालीका १३९ जनालाई सुरक्षित स्थानमा सारिएको छ । दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण नदीमा बाढी आएपछि जोखिममा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको हो ।
सार्वजनिक जमिन संरक्षण
केही वर्षयता मुलुकमा रहेको सार्वजनिक तथा सरकारी जग्गाजमिनको भोगचलन व्यक्तिले गर्दैआएका घटना क्रमशः बाहिर आउन थालेका छन् । एक दुई रोपनी अथवा एक दुई कट्ठा नभएर सयौँ रोपनी सरकारी जग्गामा व्यक्तिले भोगाधिकार कायम गरेका घटना प्रकाशमा आउनुले सम्बन्धित सरकारी निकायका कर्मचारीकै मिलेमतोमा यस्ता जघन्य अपराधसमेत देखिएको छ । मुलुकभरमा यस किसिमको सार्वजनिक जग्गा के कति छ र के कस्तो अवस्थामा रहेको छ भन्ने यकिन तथ्याङ्कसमेत नहुनु विडम्बना नै हो । विसं २०२१ र २०३६ मा मुलुकको जग्गाजमिनको केही भाग नापी गरिएको भए पनि अहिलेसम्म मुलुकको पूरै भूखण्ड भने नापी न
बिपीले देखाएको त्यो बाटो
विस २०१२ मा वीरगन्जमा भएको नेपाली कांग्रेसको छैटौँ महाधिवेशनमा बिपीले प्रस्तुत गरेको समाजवादी घोषणापत्रका विभिन्न १८ प्रस्ताव पढेपछि तत्कालीन सभापति सुवर्णशमशेरले भन्नुभएको थियो,
कर्मचारी–सेवाग्राही सम्बन्ध
राज्यले जनताको हितका लागि सार्वजनिक सेवा, सुरक्षा र विकासको व्यवस्था गरेको हुन्छ । सार्वजनिक सेवासुविधा एउटा नागरिकलाई जन्मेदेखि (जन्म दर्ता) मृत्युसम्म (मृत्यु दर्ता) चाहिन्छ । जग्गा किनबेच गर्न मालपोत र नापी कार्यालय जानु पर्छ । साधन चलाउने यातायात कार्यालय, सामाजिक सुरक्षा भत्ता लिन स्थानीय तह र न्याय खोज्ने प्रशासन र अदालत जानु पर्छ । यसरी एउटा नागरिकले आफ्नो जीवनमा उसलाई राज्यबाट आवश्यक पर्ने सेवासुविधा प्राप्त गर्न विभिन्न कार्यालय जानुपर्ने हुन्छ । जनताको कार्यालयप्रति र
नयाँ नायकको खोजी
हामी हत्तपत्त नारी पात्रको नायकत्व स्वीकार गर्दैनौँ । जस्तो भए पनि पुरुष चरित्र र प्रवृत्तिले मात्र मुक्ति दिन्छ, दुःख निवारण गर्छ भन्ने भ्रम छ । त्यसैले प्रायः पुरुष चरित्र र पितृसत्ताले ओतप्रोत व्यक्ति नै समाजमा नेता बन्न मरिहत्ते गर्छन् र भिड जम्मा गर्छन् । एउटा अमूक व्यक्तिको सम्पत्तिको धाक, पारिवारिक खान्दानको धाक कुनै जाति विशेष हुनुको गर्वोक्ति हामीलाई प्रिय र आकर्षक लाग्छ ।
माथिल्लो कर्णाली बन्ने आशा पलायो
माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि भारतीय दुई सरकारी कम्पनी आबद्ध हुने भएका छन् ।
मुग्लिङ–पोखरा सडकमा ढिलाइ
सरकारले यस वर्षबाट भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ ।
अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेकोप्रति महासङ्घको ध्यानाकर्षण
नेपाल पत्रकार महासङ्घले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई समाचारको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
भियतनाममा हुने सौन्दर्य प्रतियोगितामा नेपालगन्जका दुईजना सहभागी हुँदै
आगामी असोज १३ गतेदेखि १७ गतेसम्म भियतनाममा हुन गइरहेको किंग एण्ड क्वीन इन्टरनेशनल सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै नेपालगन्जबाट दुई प्रतियोगी भियतनाम प्रस्थान गरेका छन्।
सरकारी वकिलको कार्यालयमा मिटरब्याज पीडितको प्रदर्शन
नवलपुरका मिटरब्याज पीडितले सरकारी वकिलको कार्यालयमा नारावाजीसहित प्रदर्शन गरेका छन् ।
भारतीय कम्युनिस्ट पार्टीका महासचिव यचुरीको निधन
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सिताराम यचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।
भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. महाप्रसाद अधिकारीले भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताउनुभएको छ ।
पूर्वाधार मुलुकको आर्थिक विकास र समृद्धिसँग जोडिएको छ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार मुलुकको आर्थिक विकास र समृद्धिसँग जोडिएको बताउनुभएको छ ।
सशस्त्र प्रहरी बल छोटो अवधिमै उल्लेख्य कार्य गर्न सफल : गृहसचिव दुवाडी
गृहसचिव गोकर्णमणि दुवाडीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूको निरीक्षण भ्रमण गर्नुभई सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
नेपालमा सिधा हवाई सेवा सञ्चालन गर्न पर्यटनमन्त्रीको आग्रह
भारत भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबिच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरुबिच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गर्नुभएको छ ।
बङ्गलादेशमा अध्ययनरत विद्यार्थीले सोही कलेजबाट इन्टर्नसिप पूरा गर्नुपर्ने
सरकारले बङ्गलादेशका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीलाई सोही कलेजले तोकेको मेडिकल कलेजबाटै आफ्नो इन्टर्नसिप पूरा गर्न आग्रह गरेको छ
नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु
चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिनुभयो ।
दुधको मूल्य बक्यौता छिट्टै समाधान हुन्छ : मन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ग्रामीण कृषकमाझ रहेको गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
असोज ७ गतेबाट चाडबाडलक्षित सुपथ मूल्य पसल सञ्चालन हुने
सरकारले चाडबाड लक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेबाट सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहीबार साल्टट्रेनिङ कर्पोरेसन लिमिटेडको ६२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सो कुराको जानकारी दिनुभएको हो ।
अत्यावश्यक वस्तुको सहज उपलब्धताको सुनिश्चितता सरकारले गर्छः उद्योगमन्त्री
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडवाडमा दुर्गम क्षेत्रमा अत्यावश्यक वस्तुको अभाव हुन नदिनेगरी सुपथ मूल्यमा खाद्यान्नहरु उपलब्ध गराइने बताउनुभएको छ ।
मालश्री ऋतुराग सुरु : प्रवर्द्धनका लागि महानगरपालिकाबाट अर्केष्ट्रा
मालश्री धुन बजाउने समयावधिका विषयमा सर्वसाधारणलाई जानकारी दिन र धुनको महत्त्व प्रवर्द्धन गर्न काठमाडौँ महानगरपालिकाले अर्केष्ट्रा सम्पन्न गरेको छ ।
गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु
इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको हमलामा राष्ट्रसङ्घका कर्मचारीसहित १८ जनाको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ ।
संसदीय सुनुवाइ समितिमा आज प्रस्तावित चार राजदूतको सुनुवाइ
सङ्घीय संसद् संसदीय सुनुवाइ समितिमा बिहीबार विभिन्न चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ ।