• १० मंसिर २०८१, सोमबार

जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट

blog

प्रा.डा.शीतल अधिकारी

चितवन, कात्तिक २९ गते।  चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ। जाडो मौसममा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई निमोनियाको सङ्क्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो।  

केही वर्ष अघिसम्म राजधानी बाहिर विशिष्टीकृत सेवा अभाव हुँदा बिरामीहरू काठमाडौँ केन्द्रित हुने गर्दथे। पछिल्ला दिनहरूमा विशिष्टीकृत सेवा राजधानी बाहिर पनि उपलब्ध हुन थालेपछि निमोनियाका कारण अकालमा ज्यान जाने क्रम घटेको छ। चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा सेवा दिँदै आउनु भएका प्रा।डा।शीतल अधिकारी चिसो मौसममा अन्य समयमा भन्दा बढी निमोनिया हुन सक्ने बताउनुहुन्छ। 

उहाँले भन्नुभयो “चिसोले निमोनिया बनाउने भन्दा पनि चिसो वातावरणमा निमोनिया हुन सक्छ। इन्फ्लुएन्जा भाइरस चिसोमा सक्रिय हुने भएकाले निमोनिया हुने सम्भावना बढी हुन्छ।” रुघा, खोकी, ज्वरो आउने बित्तिकै बोलीचालीको भाषामा निमोनिया लाग्यो भनिने भए पनि त्यो निमोनिया नभएको उहाँको भनाई छ। उहाँले भन्नुभयो “निमोनियामा साधारणता एक्स-रे गरेर हे¥यो भने फोक्सोमा सेतो दाग देखिन्छ त्यो निमोनिया हो।” 

निमोनिया फोक्सोमा हुने एक प्रकारको सङ्क्रमण भएको भन्दै उहाँले कोभिडको बेलामा भाइरसले निमोनिया बनाएको बताउनुभयो। सामान्यतया धेरै जनालाई हुने इन्फ्लुएन्जा भाइरसले गर्दा निमोनिया हुने भन्दै अन्य ब्याक्टेरियाले गर्दा पनि निमोनिया हुने बताउनुभयो। उहाँले भन्नुभयो “मधुमेह नियन्त्रणमा नभएको वा रोगसँग लड्ने क्षमता कम भएको व्यक्तिहरूलाई यो बाहेक फङ्गस ९ढुसी० ले पनि निमोनिया गराउँछ।” फोक्सोमा सङ्क्रमण भएपछि खोकी लाग्ने, ज्वरो आउने र छाती दुख्ने गर्दछ। 

साधारण भाषामा निमोनिया भनेको फोक्सो पाक्ने समस्या भएको भन्दै उहाँले भन्नुभयो “फोक्सोको एक भाग अथवा पुरै भाग पाक्ने हो। त्यसको वरिपरि पानी जम्ने र त्यो इन्फेक्टेड भयो भने पीप जस्तो हुन्छ।” 

निमोनियाको दुई प्रकृति रहेको छ। ब्याक्टेरियल निमोनिया अर्थात् भाइरस निमोनियाको समयमै उपचार भयो भने खासै खतहरू बस्दैन। तर कुनै–कुनै निमोनिया जस्तै: कोभिड निमोनिया निको भए पनि फोक्सोमा खतहरू देखिएको उहाँले जानकारी दिनुभयो। 

समयमा उपचार भयो र अन्य जटिलताहरू जस्तो पीप बनेन भने साधारणता निमोनिया निको हुने रोग अन्तर्गत पर्ने उहाँको भनाई छ।  उहाँले भन्नुभयो “रोगसँग लड्ने क्षमता, समयमै सही एन्टिबायोटिकको प्रयोग र बिरामीको केयर कस्तो छ भन्ने अवस्थाले निमोनिया निको हुने वा नहुने भन्ने कुरामा भर पर्दछ।” 

साधारणता  निमोनिया  हुने कारणमा भाइरस र ब्याक्टेरिया नै मुख्य कारण हुन्।  धेरैजसो बिरामीलाई इन्फ्लुएन्जा, कोभिड र श्वासप्रश्वासमा असर गर्ने भाइरस नै हो। त्यस्तै ब्याक्टेरियाका कारणले हुने निमोनियामा सामान्यतया स्ट्रेप्टोकोकस निमोनिया हो। यो धेरैजसो भिडभाडमा जाँदा हुने निमोनियामा पर्दछ। 

निमोनियाबाट बच्नको लागि भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, रुघा लागिरहेको व्यक्तिको अगाडि नजान, खोक्दा, हाच्छ्युँ गर्दा सर्ने भएकाले कोभिडको बेलामा प्रयोग गरेका मापदण्डहरू प्रयोग गर्न उहाँले सुझाव दिनुभयो। अहिले निमोनियाको भ्याक्सिन समेत पाइने उहाँले बताउनुभयो। 

समयमै उपचार गरेमा प्रायजसो निमोनिया निको हुन्छ। रोगसँग लड्ने क्षमता कम भएको अवस्थामा सबैजना निको हुँदैनन्।  करिब १० प्रतिशतलाई निको पार्न नसकिने उहाँ बताउनुहुन्छ। उहाँले भन्नुभयो “पानी धेरै जमेको छ, निमोनिया ठुलो छ र कहिलेकाहीँ खकारहरू ननिस्केर भएको निमोनिया छ भने त्यो जटिल नै हुन्छ।”  रासस