संसद्प्रति उत्तरदायी पिएसबी
दुई सार्वजनिक सञ्चार संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै छाता संस्था अन्तर्गत गाभेर सार्वजनिक सेवा प्रसारण (पिएसबी) गठन गर्ने कानुन सङ्घीय संसद्बाट २५ भदौमा पारित भएको छ ।
डिजिटल दुनियाँको प्रभाव
अहिले मानिसको दिनचर्यामा सबैभन्दा बढी प्रभाव डिजिटल उपकरणले पारेको देखिन्छ । इन्टरनेट र सामाजिक सञ्जाल जस्ता डिजिटल दुनियाँबिना अधिकांशको दैनिकी नै चलाउन गाह्रो बन्दै गएको छ ।
सञ्चय कोषको हरित लगानी
हरेक देशको वित्तीय प्रणालीको स्थायित्व र विकासमा नियामक निकाय मात्रै नभई बैङ्क तथा वित्तीय संस्थाहरूको भूमिका अहम् हुन्छ ।
शैक्षिक सुशासनमा स्थानीय तह
विद्यालयमा सञ्चालन हुने शैक्षिक, भौतिक, आर्थिक तथा जनशक्ति परिचालनलगायतका सबै प्रक्रिया विद्यालय सुशासन अन्तर्गत पर्छन् ।
७६ वर्षमा नागरिक हुनुभयो भिममाया
न शरणार्थी, न तेस्रो देशबाट आएको पर्यटक । तर, पनि पहुँच नपुगेर नागरिकताबाट वञ्चित हुनुभएकी मोरङको पथरीशनिश्चरे–९ की ७६ वर्षीया भिममाया श्रेष्ठले आइतबार नेपाली नागरिकता पाउनुभयो ।
जनताको सेवामा लाग्ने मन्त्रीद्वयको प्रण
बानेश्वर बहुमुखी क्याम्पसमा अध्ययन गरेका विद्यार्थी राज्यका विभिन्न उच्च पदमा पुगेर क्याम्पसको गौरव बढाएको भन्दै दुईजना मन्त्रीलाई सम्मानित गरिएको छ ।
नारायणगढ मुग्लिन सडकमा दुर्घटना : एक जनाको मृत्यु
भरतपुर महानगर पालिका वडा नम्बर १ स्थित नारायणगढ–मुग्लिन सडकमा भएको दुर्घटनाका एक जनाको मृत्यु भएको छ।
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो ।
गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु
गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान गाजा सहरको एउटा घरमा भएको इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको बताएको छ ।
अन्तुको झल्को दिने ध्वजे डाँडा
सूर्योदयको दृश्यावलोकनका लागि धनकुटाको साँगुरीगढि गाउँपालिका वडा नम्बर ५ डाँडा बजारस्थित ध्वजे डाँडालाई इलामको अन्तुसँग तुलना गर्ने गरिन्छ ।
अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विलमोर अन्तरिक्षबाट मतदान गर्न उत्साहित
नासाका अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विलमोरले अन्तरिक्षमा अझै सन् २०२५ को फेब्रुअरीसम्म बस्नुपर्ने भएपछि आसन्न अमेरिकी राष्ट्रपति चुनावमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)बाट मतदान गर्न उत्सुक रहेको बताउनुभएको छ ।
मानव वन्यजन्तु द्वन्द्व रोक्न तारजाली, चार सय घरधुरी लाभान्वित
मानव वन्यजन्तु बिचको द्वन्द्व रोक्न तथा वन्यजन्तुबाट स्थानीयका अन्नबाली जोगाउनका लागि गरिएको तारजालीले बाँकेका विभिन्न सामुदायिक वन उपभोक्ता समूहअन्तर्गतका चार सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।
कश्मीरमा विधान सभा निर्वाचन नजिकिँदै गर्दा झडपमा वृद्धि
विवादित हिमालय क्षेत्र जम्मु–कश्मीरमा एक दशकमा हुन लागेको विधान सभा निर्वाचनको केही दिनअघि कश्मीरमा भएको सन्दिग्ध आतङ्कवादीसँगको गोली हानाहानमा दुई भारतीय सैनिकको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् ।
बालअधिकार सुनिश्चित गर्न सरकार संवेदनशील छ: मन्त्री सुडी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले बालअधिकार सुनिश्चित गर्नका लागि सरकार संवेदनशील रहेको बताउनुभएको छ ।
पहिरो रोकथामका लागि भेटिभर खेती
विश्वमै जलवायु परिवर्तनले सङ्कट निम्त्याएको छ । यो सङ्कटबाट नेपाल पनि अछुतो छैन । नेपाल आर्थिक समृद्धिका मार्गमा अघि बढिरहँदा विकास निर्माणमा सधैँ आर्थिक तथा पर्यावरणीय समस्या झेल्दै आएको छ ।
सात करोड लागतमा कुश्मा बसपार्क निर्माण सम्पन्न
पर्वतको सदरमुकाम कुश्मा बजारमा सुविधासम्पन्न बसपार्क निर्माण सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा नं. ६ स्थित बान्द्रेविडी चौरमा बसपार्क निर्माण सम्पन्न भएको हो ।
म्यानमारको जुन्टाद्वारा विनाशकारी बाढीको सामना गर्न विदेशी सहायताको आह्वान
म्यानमारको जुन्टा प्रमुख मीन आङ ह्लाइङले शनिबार मानिसहरूलाई विस्थापित गरेको विनाशकारी बाढीको सामना गर्न विदेशी सहायताका लागि अनुरोध गर्नुभएको छ ।
बालबालिका माथि हुने हिंसा र दुर्व्यवहार रोक्नु सरकारको दायित्व: राष्ट्रपति पौडेल
बालबालिका माथि हुने हिंसा र दुर्व्यवहार रोक्नु सरकारको दायित्व भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०८१ को शुभकामना सन्देश दिनुहुँदै उहाँले सन्देशमा यस्तो बताउनुभएको हो ।
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँ: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्नुपर्छ: उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले व्यवस्था गरेको बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्दै त्यसको कार्यान्वयनमा जोड दिनु आजको आवश्यकता भएको बताउनुभएको छ ।
विमानस्थलबाट एक किलो बढी सुन जस्तो पदार्थ बरामद, एकजना पक्राउ
शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल भन्सार इलाकाबाट एक किलो बढी सुन जस्तो पहेलो पदार्थ प्रहरीले बरामद गरेको छ।
पाँचथर अस्पतालमा स्क्रब टाइफस र डेंगुका बिरामीको चाप
पहाडी जिल्ला पाँचथरमा स्क्रब टाइफस र डेङ्गुका बिरामी बढेका छन् ।
कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार
कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिमण्डल विस्तार गरिएको छ । विसं २०८१ वैशाख २७ र जेठ ४ गते गठित मन्त्रिपरिषदमा तीन मन्त्री र एक राज्यमन्त्री थप गरी शुक्रबार मन्त्रिमण्डल विस्तार गरिएको हो ।
जापानिज इन्सेफलाइटिसबाट १४ को मृत्यु, ६१ जना सङ्क्रमित
नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार विभिन्न जिल्लाबाट ६९५ जना जापानीज इन्सेफलाइटिसका शङ्कास्पद बिरामीको नमुना परीक्षण गर्दा हालसम्म ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ