• २८ पुस २०८१, आइतबार

उपनिर्वाचन : कांग्रेसद्वारा कोशीमा नौ र गण्डकीमा एक जना उम्मेदवार चयन

blog

काठमाडौँ, कात्तिक ३० गते । नेपाली कांग्रेसले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा कोशी प्रदेशमा नौ र गण्डकी प्रदेशमा एक जना उम्मेदवार सर्वसम्मत चयन गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कोशी र गण्डकीमा उम्मेदवारहरु पार्टीको सम्बन्धित तहबाट सर्वसम्मत चयन गरिएको जानकारी दिनुभयो ।

कोशी प्रदेशअन्तर्गत ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ३ को वडा अध्यक्ष पदमा भीमकुमार लक्सम्वा, झापाको कन्काई नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष पदमा रामगोपाल वली, मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा बलराम सरदार, तेह्रथुमको  लालीगुराँस नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष पदमा नगेन्द्र लिम्बू, सुनसरीको गढी गाउँपालिका वडा नं. ६ को वडा अध्यक्ष पदमा तेतर साह,  ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुख पदमा टेकराज भट्टराई,  ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं. ५ को वडा अध्यक्ष पदमा घनश्याम दाहाल, उदयपुरको त्रियुगा नगरपालिका  वडा १२ को वडा अध्यक्ष पदमा सन्जीव काफ्ले र उदयपुर बेलका नगरपालिका वडा ९ को वडा अध्यक्ष पदमा नवराज बस्नेतलाई उम्मेदवार बनाइने भएको छ ।

यसैगरी, गण्डकी प्रदेशअन्तर्गत गोरखाको गोरखा नगरपालिका वडा नं. ५ को वडा अध्यक्ष पदमा भाइकाजी आलेलाई उम्मेदवार चयन गरिएको मुख्य सचिव पौडेलले जानकारी दिनुभयो । साथै पार्टीका साथीहरुलाई एकताबद्ध भूमिकाका साथ निर्वाचनको मैदानमा सामेल हुने उहाँले आग्रह गर्नुभयो ।