• ३० कात्तिक २०८१, शुक्रबार

रवि लामिछानेलाई पुनः पोखरा ल्याइयो

blog

फाइल तस्बिर

गण्डकी, कात्तिक ३०  गते । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहनुुभएका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार भैरहवाबाट पोखरा ल्याइएको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा बयान सकिएपछि आज पोखरा ल्याइएको हो ।

अनुसन्धानका सन्दर्भमा उहाँलाई गत मङ्गलबार पोखराबाट भैरहवा लगिएको थियो । आज दिउँसो १ः३० बजे यति एअरलाइन्सको विमानबाट उहाँलाई पोखरा ल्याइएको कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनुभयो । रासस