बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च
नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा उपभोगमा सहयोग पुर्याउने उद्देश्यले सरकारले सञ्चालन गर्दै आएको गैर–योगदानमूलक सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।
अध्यक्ष सिरोहियालाई अदालत उपस्थित गराइँदै
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सोमबार अदालत उपस्थित गराइँदै छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका उहाँलाई तेस्रो पटक म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
बागमतीमा डेंगु सङ्क्रमित सङ्ख्या ११ हजार नाघ्यो
बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ १३ गते आइतबारसम्म प्रदेशका १३ जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार ४७५ पुगेको हो ।
चार सवारी साधन दुर्घटना : मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ बर्षिय राजन सुवेदी छन् ।
सुन र चाँदीको मूल्य बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ । आइतबार प्रतितोला रु एक लाख ३६ हजार नौ सयमा कारोबार भएकोमा आज रु एक लाख ३७ हजार दुई सय कायम भएको छ ।
स्कुल बस जलाएको आरोपमा अध्यक्ष पक्राउ
निजी विद्यालय स्मल हेभन स्कुलको बस आगजनी गरेर जलाएको आरोपमा सामुदायिक विद्यालयका अध्यक्ष पक्राउ परेका छन ।
आगामी बजेट : विकास निर्माण र रोजगारी सिर्जना
कर्णाली प्रदेश सरकारले विकास निर्माण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउने भएको छ । शनिबार सरकारले प्रदेश सभामा प्रस्तुत गरेको विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिमा प्रदेश गौरवका आयोजना, बहुवर्षीय, क्रमागत तथा अधुरा आयोजनालाई नतिजामुखी हुने गरी कार्यान्वयन गर्ने र समन्यायिक विकासमार्फत रोजगारीका अवसर सिर्जना गर्ने प्राथमिकता निर्धारण गरेको छ ।
पाँच महिनादेखि शिक्षक तलबविहीन
जुनीचाँदे गाउँपालिकाका शिक्षकले पाँच महिनादेखि तलब खान पाएका छैनन् । जुनीचाँदे गाउँपालिकामा कार्यरत नेपाल सरकारको अनुदान दरबन्दीका शिक्षकले पाँच महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । सरकारले बजेटको व्यवस्था नगरेपछि यस्तो समस्या आएको हो ।
कोरोनाप्रति फेरि सतर्कता
भनिन्छ, रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस हो । स्वास्थ्य सतर्कता अपनाउन सक्यो भने निरोगी भइरहिन्छ भन्ने सन्देशमूलक यो भनाइले मानिसलाई आहारबिहार तथा स्वास्थ्य सचेतनामा सतर्क रहन सुझाइरहन्छ । कतिपय अवस्थामा एकाएक महामारी फैलिएर विश्वलाई नै तहसनहस पारेका घटना धेरै छन् । मानव अस्तित्व नै समाप्त पार्ने झैँ गरी फैलिने महामारीविरुद्ध वैज्ञानिकहरूले जुध्ने सामथ्र्य विकास गर्दागर्दै पनि अनेक सङ्क्रमण फैलिएर इतिहासको काखण्डमा लाखौँ मानिस
नागरिक अधिकारमुखी बजेट
सरकारले आउँदो आर्थिक वर्षबाट सुरु हुने १६ औँ योजना स्वीकृत गरेको छ । यता, नीति तथा कार्यक्रम सङ्घीय सदनमा प्रस्तुत भइसकेको छ । नेपाल सरकारले यही जेठ १५ गते आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्र्दै छ । सरकारका योजना, नीति–कार्यक्रम र बजेट एकअर्कामा अन्तरसम्बन्धित छन् । अतः यिनका बिच अन्तरसम्बन्ध कसरी स्थापित हुन्छ र यस परिस्थितिमा बजेट कसरी र कस्तो स्वरूपमा आउँछ ? नागरिकको चासो रहन्छ नै ।
विविधता व्यवस्थापनको सुअवसर
विविधता आधुनिक समाजको एक विशिष्ट विशेषता हो । हरेक व्यक्तिमा विशेष किसिमको ज्ञान, सिप, क्षमता, गुण हुन्छ । जसले उसलाई अरूभन्दा भिन्न देखाउँछ । त्यो नै विविधता हो । यो कुनै पनि व्यक्तिको, समुदायको, राष्ट्रको पहिचान हो । हरेकले आआफ्नो पहिचान संरक्षण गर्दै जानु पर्छ । यसो गर्दा विविधताको संरक्षण हुन्छ । विविधता व्यवस्थापन हुन नसक्दा विविधता छिन्नभिन्न हुन्छ, विभेद जन्मन्छ, अवसरबाट वञ्चित बनाउँछ अनि विविधताका लागि आकर्षण हुनुपर्ने केन्द्रविन्दु नै लोप हुन थाल्छ ।
सङ्घीय शासनको विश्व चित्र
सङ्घीय शासन भएका देशमा गणतान्त्रिक मुलुक स्विट्जरल्यान्डलाई उत्तम नमुनाका रूपमा लिइन्छ । दुवै विश्व युद्धमा कुनै पनि समूहबाट युद्धमा भाग नलिएको सिधा प्रजातन्त्र, विधिको शासन, मानव अधिकार, नागरिक समाज, प्रेस स्वतन्त्रता, सुशासन जस्ता आधुनिक लोकतन्त्रका मान्यतामा पूर्ण विश्वास गर्ने उक्त देशले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गरेको छ । संयुक्त राष्ट्रसङ्घका १९२ सदस्य राष्ट्रमध्ये नेपालसहित २९ मुलुकले मात्र सङ्घीयता अपनाएका छन् । सङ्घीयता पनि स्विट्जरल्यान्डको जस्तो सङ्घीयता, अमेरिकाको जस्तो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने पूर्ण सङ्घीयता, भारतको जस्तो सङ्घीयता, अस्ट्रेलिया र नर्वेको जस्तो संवैधानिक राजतन्त्रसहितको सङ्घीयता, संयुक्त
युवालक्षित कार्यक्रम अपेक्षित
प्रत्येक आर्थिक वर्षको बजेटले युवा पुस्तालाई समेट्न सकेको छैन । जसका कारण युवामा निराशा छाउने गरेको छ । निराशाका कारण युवा पुस्ता बिदेसिन बाध्य छन् । नेपालको पछिल्लो जनगणनाको तथ्याङ्क अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसङ्ख्या ४२.५६ प्रतिशत छ । झन्डै आधाको हाराहारी भएका युवाका लागि एकदमै न्यून बजेट विनियोजन गर्ने गरिन्छ । युवाका लागि बजेट बढ्नुपर्नेमा झनै बजेट दिनप्रतिदिन घट्दो क्रममा छ । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेट करिब ३८ करोडले घटेको थियो । आव २०८०/८१ मा यु
परम्परागत गोलघर
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका५ राम्चे गाउँमा रहेको मगर समुदायको परम्परागत गोलघर । पछिल्लो समयमा परम्परागत मौलिक घरहरू लोप हुँदै गएका छन् ।
एमाले पाल्पाको अध्यक्षमा घर्तीमगर विजयी
नेकपा एमाले पाल्पाको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्वाचित हुनुभएको छ ।
स्थानीय वायुको प्रभावका कारण छ प्रदेशमा वर्षा
स्थानीय वायुको प्रभावका कारण अहिले छ प्रदेशमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
अस्ट्रेलियाली मन्त्रीद्वारा इजरायललाई आइसीजेको फैसलाको पालना गर्न आग्रह
अस्ट्रेलिया सरकारका एक वरिष्ठ मन्त्रीले इजरायललाई दक्षिणी गाजामा सैन्य आक्रमण रोक्न अन्तर्राष्ट्रिय अदालत (आइसीजे)को आदेशको पालना गर्न आग्रह गरेका छन् ।
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ ।
‘सदनको गतिरोध अन्त्यका लागि कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास गर्छौ’
सङ्घीय संसदका दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका प्रतिनिधि सम्मिलत कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास गरिने कार्यदलका एक जना सदस्यले बताउनुभएको छ ।
भारतमा लोकसभा चुनावको छैटौँ चरणमा मतदान हुँदै
जारी लोकसभा चुनावको छैटौँ चरणको मतदान शनिबार बिहान छ वटा राज्य र दुई केन्द्र शासित प्रदेश (युटी)मा फैलिएको ५८ संसदीय निर्वाचन क्षेत्रमा भइरहेको छ । बिहान ७ बजे सुरु भएको मतदान साँझ छ बजेसम्म जारी रहनेछ ।
प्रतिपक्षी जिम्मेवार बनेन : कानुनमन्त्री गिरी
कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले प्रतिपक्षी दल नेपाली कांग्रेस जिम्मेवार भएर आउनुपर्ने बताउनुभएको छ ।
बजेटमा स्रोत विहीन योजनालाई पहिलो प्राथमिकता दिनुपर्छः अध्यक्ष सिंह
नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्षको बजेटमा स्रोत विहीन आयोजनाहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
सकारात्मक सोच
हिउँ परेसम्म, बङ्गालको खाडीबाट निस्कने मनसुन ऋतु–चक्र भित्रिएसम्म हाम्रा नदीनाला बगिरहन्छन् । अनि हामीले जल सम्पदामा धनी हुने सौभाग्य पाइरहन्छौँ । हामीले नजान्दा यी पानी पानी मात्रै भएका छन् । त्यसै खेर गइरहेका छन् । मान्छे जिज्ञासु हुनाले अरू प्राणीभन्दा फरक छ । त्यही स्वभावले गर्दा नै अहिलेको उन्नति र प्रगति सम्भव भएको हो । चेतनाको विकाससँगै उसले गरेका यावत् वैज्ञानिक आविष्कार र भौतिक उन्नति–प्रगतिको परिणाम मानिस नेपालमा खाना खाएर अमेरिकामा चुठ्न पुग्न सक्ने भएको छ । अझै बेलायतमा निदाएर चीनमा उठ्न पुग्ने हुनुको प्रमुख कारण त्यही जिज्ञासु स्वभाव, वस्तुनिष्ठ सही दर्शनको बोध र आधुनिक वैज्ञानिक चेतनाको द्योतक हो भन्दा फरक पर्दैन होला ।वास्तवमा भन्ने हो भने मानिसको जिज्ञासु स्वभाव र वैज्ञानिक चेतनाले गर्दा नै आजको विकास सम्भव भएको छ तर त्यो स्वभावलाई जोख्न र तौलन सक्ने कुनै प्रणालीको ढकतराजु चाहिँ मान्छेले आविष्कार गर्न सकेको छैन । विभिन्न नीति नियम र कानुनी दायराभित्र राखेर व्यक्ति र समाजको व्यवहार, चालचलन र आनीबानीमा परिवर्तन ल्याउन सक्ने सकारात्मक सोच, विचार, सिद्धान्त नै सही दर्शन हो भन्दा अतियुक्ति नहोला ।कुरा सही दर्शनकै हो । सही भनेको साँचो भनौँ वा सत्य भनौँ अथवा ठिक भन्ने सन्दर्भमा पनि बुझ्न सकिन्छ । दर्शन भनेको विचार र सिद्धान्त हो । अझै एक कदम अगाडि बढेर भन्नु पर्दा प्रत्येक वस्तुलाई हेर्ने मान्छेको आआफ्नो दृष्टिकोण हुन्छ । यही दृष्टिकोणका आधारमा विचार तयार हुन्छ । दृष्टिकोण मान्छे अनुसार फरक फरक हुन्छ । कुनै ठिक हुन सक्छन् । कुनै बेठिक हुन सक्छन् । एउटा यथार्थ चाहिँ के हो भने ठिक हुनका लागि बेठिक चाहिन्छ र बेठिक हुनका लागि त्योभन्दा अगाडि ठिक चाहिन्छ । कल्पना गर्नुस् त राम्रो हुनका लागि नराम्रो नै छैन भने कसरी राम्रो हुन सकिन्छ ? भन्नुको मतलब काम गर्दा प्रतिव्रिmया आउनु स्वाभाविक हो तर त्यसलाई पर्गेल्ने सही दर्शनको अभाव भने खड्किन नदिई अगाडि बढ्ने हो भने जुनसुकै काम पनि सम्भव छ । काम गर्दा प्रतिव्रिmया आउँछ भनेर डराउनु हुँदैन । डराउन आवश्यक पनि छैन । परापूर्वकालका मान्छेलाई पानीको नियम थाहा थिएन । त्यो बगेर खेर जान्थ्यो । बाढीपहिरो आएर गाउँबस्ती बगाई दिन्थ्यो । समतल फाँटहरू जलमग्न भएर धनजनको ठुलो क्षति हुन्थ्यो । बर्खा लागेपछि सधैँ त्यही अवस्था बेहोर्नु पर्दा विक्षिप्त भएर उसले धारेहात लगाउँदै नानाथरी सराप्थ्यो । खोलाको पानीलाई विनाशकारी संज्ञा भिराइन्थ्यो । “थुक्क साउने झरी कति बर्सेको नि !’ भनी गाली गर्ने परम्परा नेपाली समाजमा नै थियो ।आज आएर मान्छेले पानीको नियम बुझ्यो । त्यसको चामत्कारिक शक्ति पत्ता लगायो । बगेर खेर जाने पानीलाई बाँध बाँधेर बाइरोडको बाटोमा गाडी कुदाए झैँ नहर बनाएर पहाडै पहाड बगायो । पल्लाघरे जेठा दाजुको डाँडाखेतको उब्जनी बढायो । डोकोमा घैला बोकेर पानी लिन जाँदा हैरान भएकालाई सुविधा दियो । घरघरमा धारो आइपुग्यो । अन्ततः खोलाको पानी देखेर कसरी तर्ने होला भनी भुटभुटिने मान्छेले विद्युत् ऊर्जा निकाल्न सक्यो । समुद्रमा पिल्लर ठड्याएर विमानस्थल बनाउन थाल्यो । पानीलाई ऊर्जा शक्तिमा रूपान्तरण गरी तारतारमा कुदाउँदै घरघरमा पु¥यायो । अँध्यारोमा छामछाम छुमछुम गर्दै झुलो–चकमक खोज्ने हजुरबा–हजुरआमाहरूलाई पुसमाघको ठण्डीमा हिटरको स्विच अन गर गर भन्दै हिटर ताप्ने रहर जगायो । कलकारखानालाई चलायमान गराउने ऊर्जा बनेर आयो । कला–साधकको घरमा उज्यालो बत्ती बनेर मात्र होइन, गीतकारको झङ्कार बन्यो । क्यासिनोको स्वर उराल्न पुग्यो । बगेर खेरजाने पानी आखिरमा बरदान साबित भयो ।यो सबको परिणाम तपाईं मान्नुहोस् नमान्नुहोस्, मान्छेले प्रतिपादन गरेको सही दर्शन र विचारले गर्दा नै हो । यसरी के स्पष्ट हुन्छ भने कुनै पनि वस्तुलाई मान्छेले प्रयोग गर्न जान्यो र सकारात्मक सोचले हेर्यो भने नराम्रो वस्तु पनि राम्रो हुन्छ तर दृष्टिकोण नै नकारात्मक भएको मान्छेले राम्रो वस्तु नै प्रयोग गर्दै छ भने नराम्रो नै देख्छ । अनि बहस गर्नुको सट्टा कुतर्क गर्दै विरोध गर्न थाल्छ । उदाहरणका लागि अमृतलाई नै लिऊँ । सकारात्मक सोच विचार भएकाहरूले अमृतका बारेमा के भन्लान् भने यो पदार्थ धेरै खायो भने मिठो हुन्छ, अनन्त कालसम्म जिउन सकिन्छ । आहान अनुसार यसको सेवनले मान्छेको मृत्यु हुन्न रे भन्दै अनेक सकारात्मक कुरा भन्ला । त्यस्तै नकारात्मक सोच भएको मान्छेले त्यही अमृतलाई ठिक विपरीत देख्छ र भन्छ– आयो अमृत भन्ने अनन्त कालसम्म बचाउने पदार्थ नै छैन, मानौँ भए पनि धेरै खायो भने तितो हुन्छ, अनन्त कालसम्म बाँचेर दुःख बेसाउनुभन्दा चाँडै देहत्याग गरेको नै राम्रो, सधैँ बाचिरहेर दुःख बेसाउन आवश्यक छैन । यसरी नानाथरीका नकारात्मक बहानाबाजी अगाडि सारेर अमृत जस्तो पदार्थको पनि विरोध मात्र गरिरहन्छ ।हुन त प्रत्येक वस्तुमा राम्रो र नाम्रोबिच द्वन्द्व चलिरहेको नै हुन्छ तर त्यसलाई मूल्याङ्कन गरी राम्रो र नराम्रो वस्तुका बिच औसतमा कुनमा गुण बढी छ भनेर छुट्याउन सकारात्मक सोच र सही दर्शन चाहिन्छ । नकारात्मक सोचको अडेस लागेर गरिने कार्यको परिणाम सकारात्मक हुनै सक्दैन । त्यो अडेस खुस्कने बित्तिकै परिणाम पनि यसै हुन्छ भन्न सकिन्न ।सकारात्मक सोच राखेर ‘सबै मिलेर देश बनाउने हो’ भनेर लाग्ने हो भने यहाँ हिमाली मुहान र अटुट जलाधारका दर्जनौँ नदीनाला छन् । तिनीहरू हिउँ परेसम्म, बङ्गालको खाडीबाट निस्कने मनसुन ऋतु–चक्र अनुसार भित्रिएसम्म बगिरहन्छन् । अनि हामीले जल सम्पदामा धनी हुने सौभाग्य पाइरहन्छौँ । हामीले नजान्दा यी पानी पानी मात्रै भएका छन् । त्यसै खेर गइरहेका छन् । जान्यो भने यी पानी पानी मात्र होइन, सेतो सुन हो, हाम्रो प्राण हो, बोटबिरुवाको त्राण हो र कारखानाको इन्धन होे । यस्तै सकारात्मक सोच राखेर पानीको उपयोगिता बुझेर विकास गर्न सकेमा नेपाल र नेपालीको जीवन उज्ज्वल हुने निश्चित छ ।
उजिरसिंहको पुस्तिका
विश्वमा निजामती सेवाको सुरुवात गर्ने, सार्वजनिक सेवा प्रवाहका लागि परीक्षा प्रणालीद्वारा कर्मचारी भर्नाको सुरुवात गर्ने पहिलो राष्ट्र चीन हो । वार्स, ब्रोमवेल र टुडिस्को (सन् १९६४: २०–२२) द्वारा लिखित ‘चाइना इमज्र्स्’ का अनुसार चिनियाँ चाऊ राजवंशकाल (इसापूर्व ११२२–२५६) को अवधिमा विश्वमा सर्वप्रथम निजामती सेवाको अवधारणा विकास गरी सेवा प्रवेशका लागि लिखित परीक्षा प्रणाली लिने व्यवस्थाको सुरुवात भयो । चीनका तत्कालीन राजा वेन, उनका छोरा प्रिन्स ऊ र कुलिनहरूले नियमित कर्मचारीतन्त्रद्वारा राज्यमा सेवा प्रदान गर्ने प्रयोजनार्थ निजामती सेवा प्रणालीको विकास गरेका थिए ।