गोविन्द शर्मा
बाँके, मङ्सिर ४ गते । संविधान सभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) को निधन भएको छ । नेपाली कांग्रेस बाँकेका नेता भोलाको ६० वर्षको उमेरमा आइतबार राति निधन भएको छ ।
छातीमा समस्या भएपछि उहाँ आइतबार राति शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । उहाँको उपचारकै क्रममा आइतबार राति नै निधन भएको उहाँका छिमेकी समाजसेवी मोहम्मद हारूनले जानकारी दिनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका-४ स्थायी घर भएका भोला २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको थियो । उहाँको मङ्गलबार दिउँसो नेपालगन्जमा मुस्लिम परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ ।