• १२ पुस २०८१, शुक्रबार

वैदेशिक लगानी प्रवर्द्धनमा नेपाली राजदूतले अग्रसरता लिनुपर्छः अध्यक्ष ढकाल

blog

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अन्तरक्रियामा बोल्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ।

काठमाडौँ, कात्तिक २९ गते । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानी, पर्यटन तथा निर्यात प्रवर्द्धन नेपाली राजदूतहरुले अग्रसरता लिनुपर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसँग आयोजना गरेको अन्तरक्रियामा यस्तो बताउनुभएको हो । उहाँले राजदूतहरुलाई नेपालमा वैदेशिक लगानी, पर्यटन तथा निर्यात प्रवर्द्धन महासंघले सहयोग गर्ने बताउनुभयो ।

‘‘नेपालको आर्थिक कूटनीति धेरै मुलुकको प्राथमिकतामा परेको छ । धेरै देशहरुमा राजदूत र महावाणिज्यदूतहरुको काम त्यो मुलुकबाट निर्यात गर्नुपर्ने वा आयात गर्नुपर्ने, उद्योगमा लगानी ल्याउनुपर्ने वा वैदेशीक व्यापार प्रवर्द्धनको काम गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने र त्यही अनुसार मूल्याङ्कन गर्ने गरेको छ ।,’’ अध्यक्ष ढकालले भन्नुभयो, ‘‘नेपालमा पनि यो काम सुरु भइसहेको छ । परराष्ट्र मन्त्रीले पनि हरेक अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको आर्थिक कूटनीतिको विषयमा कुरा राख्नुभएको छ । अहिले नेपालको परिपे्रक्ष्यमा हेर्दा राजदूतहरुले आर्थिक कूटनीतिमा पर्यटन कूटनीति, रोजगार, जलविद्युत, मुलुकभित्र वैदेशिक लगानी र संस्कृति भित्र्याउने हिसावले राजदूतहरु जुन देशमा जानुहुन्छ ।’’

अध्यक्ष ढकालले महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरी लगानी प्रवर्द्धनका लागि लगानीकर्ता र सरकारबिच पुलको काम गर्न खोजिरहेको जिकिर गर्नुभयो । उहाँले महासंघको संयन्त्रलाई भरपुर उपयोग गरी आर्थिक कुटनीति विस्तार गर्न राजदूतहरुलाई आग्रह गर्नुभयो । उहाँले राजदूतहरुले वैदेशिक लगानी मुलुकमा भित्र्याउनका लागि अग्रसरता लिइदिनुपर्ने बताउनुभयो ।

उहाँले नेपालमा लगानीको वातावरण बन्दै गएपनि लगानी प्रोत्साहित हुन नसकेको भन्दै नवनियुक्त राजदूतहरुले आर्थिक कूटनीतिलाई कार्य सम्पादनको मानकका रुपमा मानेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले महासंघको विश्वभर करिव ५० निजी क्षेत्रका प्रतिनिधमुलक संस्था एवं चेम्बरहरुसँग सहकार्य गरिरहेको बताउनुभयो । उहाँले वैदेशिक सदस्यता पनि दिने गरेको उल्लेख गर्दै विदेशी कम्पनी एवम् संस्थालाई महासंघको सदस्य बन्न प्रोत्साहित गर्न सकिने धारणा पनि राख्नुभयो ।

नेपालले सामना गरिरहेको आर्थिक चुनौतीहरूको सन्दर्भमा अध्यक्ष ढकालले माग नियन्त्रणका लागि गरिएको विभिन्न नीतिगत उपायले नकारात्मक असर पारेको बताउनुभयो । ढकालले पछिल्ला दुई वर्षमा विदेशी लगानी वार्षिक ७ देखि ९ अर्ब रुपियाँ वार्षिक मात्रामा सिमित भएको बताउनुभयो ।

उहाँले नेपालमा लगानीकर्ता आकर्षित गर्न सकिने बताउनुभयो । उहाँले नेपाली नियोग र महासंघ मिलेर लगानी प्रवर्द्धनका विविध कार्यक्रम आयोजना गर्न सकिनेतर्पm पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराउनुभयो । अन्तरक्रियामा सहभागि नवनियुक्त राजदूतहरुले स्तरोन्नतिबाट न्यून प्रभाव पर्ने गरी काम गर्न आवश्यक रहेको बताउनुभयो । यसैगरी निजी क्षेत्रको विश्वास आर्जन हुनसके विदेशी लगानी आकर्षित हुने भन्दै सहकार्य गरिने बताएका छन् ।