• २ कात्तिक २०८२, आइतबार

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

blog

शिवशंकर मिश्रा

बारा, कात्तिक २ गते । बारामा आज बिहान २ बजे मोटरसाइकल अनियन्त्रित हुँदा दुई जनाको मृत्यु भएको छ ।

पथलैयाबाट निजगढ जाँदै गरेको ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित डुङ्ग्रे पुलको रेलिङमा ठोक्किँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

दुर्घटना पश्चात घाइते भएका दुबै जनालाई परवानीपुरस्थित एल।एस।न्युरो अस्पताल लगिएकोमा चिकित्सकले उहाँ दुबै जनालाई मृत घोषणा गरेका हुन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक जीतपुरसिमरा उपमहानगरपालिका १५ नयाँ बस्ती बस्ने सुरेश लामाका २० वर्षे छोरा साजन तमाङ र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ वडा १४ खयरघारी टोल बस्ने कृष्ण बहादुर मोक्तानको छोरा २२ वर्षे छोरा किरण मोक्तान रहेको सिमराका प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिनुभयो । दुवै जनाको शव परिक्षण गरि परिवारलाइ जिम्मा लगाएको र यस घटनाबारे अनुसन्धान जारी गरिएको उहाँले जानकारी दिनुभयो ।