शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक २ गते। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले रथी दर्जामा पदोन्नति हुनुभएका उपरथी गणेशकुमार श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
आइतबार उहाँले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद् बैठकको रथी दर्जामा बढुवा हुनुभएका श्रेष्ठलाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएका हो।
कार्यक्रममा नेपाली सेनाका रथीसँगै बढुवा हुनुभएका रथीका परिवारको उपस्थिति रहेको थियो।