प्रेमराज सिम्खडा
कालीकोट कात्तिक २५ गते। कालीकोट जिल्लाको पलाता गाउँपालिका वडा नम्बर ३ राडुकाब्रो खोलामा भएको बोलेरो दुर्घटनामा घाइते सात जनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। दुर्घटनामा घाइते भएका १३ जनामध्ये सात जनालाई हेलिकप्टरमार्फत् कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।
कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भौगोलिक रूपमा निकै टाढा भएकाले प्रहरी पुग्न समेत समय लागेको बताउनुभयो। उहाँले बोलेरोमा २० जना यात्रु रहेको र त्यसमध्ये छ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो। सुरुमा सात जनाको उद्धार भएको र आवश्यकता अनुसार थप घाइतेको उद्धार हुने उहाँले बताउनुभयो।
गाउँपालिकाको वडा नम्बर ५ खिनबाट वडा नम्बर ९ थिर्पु जाँदै गरेको बोलेरो दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृतकको सनाखत हुन सकेको छैन। अस्थायी प्रहरी चौकी करदेवबाट दुर्घटनास्थल पुग्न प्रहरीलाई दुई घण्टा लाग्छ भने प्रहरी चौकी थिर्पुबाट घटनास्थल पुग्न पाँच घण्टा लाग्छ। जिल्लाबाट घटनास्थल पुग्न सात घण्टा भन्दा बढी समय लाग्ने भएकाले प्रहरी समयमा पुग्न नसकेको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटले दिएको जानकारी अनुसार पलाता ३ को काब्रो खोलामा क १ ज ५६ नम्बरको डबल क्याप बोलेरो गाडी दुर्घटना भएको हो। दिउँसो २ बजेर ३० मिनेटमा बोलेरो दुर्घटना भएको स्थानीय पूर्णसिंह बमले जानकारी दिनुभयो।
 
                                 
                                                 
                                                                             
                                                            -square-thumb.jpg) 
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                