मानार्थ सेनापतिको विशिष्ट परम्परा
राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाजस्तो गहन र महत्वपूर्ण जिम्मेवारी सम्हालेका हरेका राष्ट्रका सैनिक दोस्रो मुलुकबाट हुनसक्ने सम्भावित आक्रमण र खतराबारे सधैँ चनाखो अवस्थामा रहने गर्छन्। सिमाना विवाददेखि मातृभूमिको सुरक्षाका सवालमा सम्झौता नगर्ने सेनाको चरित्रका कारण छिमेकी मुलुकका सेनाबीच हुने गरेका विवाद, भिडन्त र द्वन्द्वका कारण ठूलो जनधनको क्षति हुने गरेको छ। रुस–युक्रेनको जारी युद्धले विश्वजगत् नै प्रभावित छ। दुई देशको द्वन्द्वका कारण विश्वजगत् सधैँ युद्धको त्रासमा छ। यसले संसारभरको अर्थतन्त्रलाई समेत असर पु-याएको छ। सिमाना जोडिएका राष्ट्र दक्षिण कोरिया–उत्तर कोरिया, इजरायल–प्यालेस्टाइन, इरान–सिरिया, भारत–पाकिस्तान, भारत–चीनका सेनाबीच बेलाबेला हुने द्वन्द्वले अन्तर्राष्ट्रिय समुदायले सधैँ असुरक्षित महसुस गरिरहेको हुन्छ।
मौलिक पहिचान गौरा
सुदूरपश्चिमको मौलिक पहिचान बोकेको सबैभन्दा ठूलो पर्व ‘गौरा’ विधिवत सुरु भएको छ। गौराको सुरुवात हरेक वर्ष भाद्र शुक्ल पक्ष पञ्चमीमा हुन्छ। गौरा पर्वको पहिलो दिनमा व्यक्तिगत सरसफाइलाई अधिक महत्त्व दिइन्छ भने दोस्रो दिनमा घर तथा आँगनको स्वच्छतामा बढी ध्यान दिइन्छ। भाद्रपदको शुक्ल पक्ष वा कृष्ण पक्षको तृतीयाका दिन मैलो फाल्नका लागि धुने विभिन्न प्रविधिमा राखिएका लुगाकपडा पखालिन्छ। अर्को दिन गौराको पूजामा अनिवार्य मानिने अक्षता अर्थात् गुराँस, गहत, मास, केराउ र मकैसमेतको पञ्चान्नलाई केलाउने काम हुन्छ । यसलाई बिरुडा भनिन्छ । भाद्र शुक्ल वा कृष्ण पक्षको पञ्चमीका दिन प्रातः स्नानध्यान गरिसकेपछि गाउँभरिका व्रतालु महिलाले पञ्चान्न भिजाई चोखो तथा सुरक्षित ठाउँमा राख्छन्।
सार्थक जीवन बाँच्ने कला
मानिसले कहिलेकाहीँ गर्ने जथाभावी हर्कतलाई हेर्दा लाग्छ, उसको चेतनामा मानवताको कुनै अवशेष बाँकी छ कि छैन ? सम्भवतः तपाईंलाई पनि यस्तो लाग्दो हो। भन्नलाई त हामी आफूलाई प्राणीमध्येको सर्वोत्कृष्ट भन्छौँ। वास्तविकता त्योभन्दा टाढा भएजस्तो लाग्छ। कहिलेकाहीँ यसो आफूले गर्ने गरेका यावत् क्रियाकलापको संश्लेषण गरेर हेरौँ त आफूलाई सर्वोत्कृष्टता या निकृष्टता कुन पाटोमा उभ्याउन लायक सम्झन्छौँ ? यो यथार्थ अरूले भन्दा पनि आफैँले अनुभव र अनुमान गर्ने हो। मानिसको मस्तिष्क निर्माण गजबले भएको छ। जति मस्तिष्कलाई काममा लगायो त्यति ऊर्जावान्, रचनात्मक, सिर्जनशील हुँदै जाने यसको गुणको विशेषताको कहिले परख गरी सकिएला ? मेरो मस्तिष्क कमजोर र उसको बलियो वा बलशाली भन्ने हुँदैन। जन्मजात रोगी र अपवादबाहेक कमजोर/बलियो भन्ने पनि हुँदैन। ज्ञान/विज्ञान दुवैले त्यही धारणा राख्छन्। त्यसलाई जति कुनै काममा अभ्यस्त बनायो, तिखा–यो त्यति गतिशील, सिर्जनात्मक र रचनात्मक बन्दै जाने स्वभाव हुन्छ।
विकासको ऐनामा विनाश
सन् १९८७ मा ‘ब्रुटल्यान्ड कमिसन’ को ‘हाम्रो साझा भविष्य’ नामक प्रतिवेदनले अथ्र्याएअनुरूप दिगो विकासलाई भविष्यका पुस्ताको अधिकार कुण्ठित नहुने गरी वर्तमानको आवश्यकताको परिपूर्ति हो। अधिकारमा आधारित दिगो विकासको अवधारणाले खासगरी विकासका विविध आयामको खोजी र त्यससँग सम्बन्धित समस्याको निराकरण पनि एकसाथ खोजेको हुन्छ। त्योभन्दा बढी यसले साधनस्रोतको प्रयोगमा विवेकशीलता र मितव्ययिताको सिद्धान्तलाई आत्मसात् गरेको हुन्छ। यति भन्दै गर्दा, २१औँ शताब्दी ‘विकासे युग’ को दोस्रो नामले चिनिन्छ। विभिन्न विकास अवधारणाका आयाममा विश्वले समृद्धिको सार खोजिरहेको छ। विकासले आफ्नै लय र रफ्तारमा विनाशलाई पनि हिँडाएको छ। उक्त विषयलाई नजरअन्दाज गर्दै विश्व एकपक्षीय रूपमा आर्थिक वृद्धिको पछाडि दौडिरहेको छ।
कर्पोरेट पुँजी किसानका विपक्षमा
विश्वमै बढी आवश्यकता महसुस गर्न थालिएको विषय हो कृषि। कृषि नीति प्रष्ट रूपमा साना तथा मझौला किसानको हितमा हुनुपर्छ भन्ने आवाज मुखरित हुन थालेको छ। यसको सोझो अर्थ हो किसानको लागत खर्च र कर्जाको बोझ कम हुँदै जानुपर्छ। आधारभूत रूपमा उनीहरूको आजीवकाको आधार सबल र दिगो बन्न सक्नुपर्छ। त्यत्तिले मात्र पनि पुग्दैन। अब किसानले पनि आफ्नो प्रष्ट दृष्टिकोण र समझदारी बनाउन र राख्न सक्नु सिक्नुपर्छ। त्यसो गर्न सक्ने शक्ति उनीहरूमा विकसित हुनुपर्छ। जसले गर्दा पूर्णरूपेण इमानदार व्यक्ति उनीहरूको सहायता गर्न आउन्, उनीहरूसँग जोडिउन् र कृषि, किसान, कृषिसँग सम्बन्धित पर्यावरण सबैको रक्षा एकसाथ हुन सकोस्। यसका अतिरिक्त भूमिहीनको सरोकारलाई पनि यसमा जोड्नैपर्छ जसले गर्दा केही भूमि उनीहरूलाई पनि प्राप्त होओस्। अनि यसका साथसाथै वनको रक्षा, वृक्षारोपण, जल तथा माटोको संरक्षणजस्ता कार्यमा उनीहरूलाई निरन्तर रूपमा भन्दा अझ बढी सन्तोषजनक किसिमले रोजगारी प्राप्त होओस्।
सूचनाको हकमाथि अस्त्र
सूचनाको हकलाई संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको ३२ वर्ष बितिसकेको छ। सूचनाको हक मानिसको जन्मसिद्ध अधिकार हो तर यसको उपलब्धि भने खासै उत्साहजनक छैन। यो सूचना माग्ने र पाउने नागरिकको अधिकारलाई सार्वजनिक निकायका कर्मचारीले विभिन्न बहानामा पन्छाउँदै आएका छन्। जुन निकै दुःखद पक्ष हो। सूचनाको हकको प्रयोगले सार्वजनिक निकायमा हुने भ्रष्टाचार बाहिर ल्याउन मद्दत गर्छ। सूचना मागेर भ्रष्टाचारजन्य गतिविधि बाहिर ल्याउने डरले सार्वजनिक निकायका पदाधिकारी यस ऐनमा प्रबन्ध गरिएको व्यक्तिगत गोपनीयतालगायत प्रावधानको दुरुपयोग गरिरहेका छन्।
ज्ञान उत्पादन प्राथमिकता
समाज परिवर्तन रोक्न सकिन्न बरु आवश्यकताअनुसार यसका गति र दिशालाई केही हदसम्म प्रभावित पार्न सकिन्छ। त्यसका लागि अपरिहार्य तìव भनेको समाजको बुझाइ र ज्ञान हो। विश्वका प्रभावशाली विकसित मुलुकको अध्ययन गर्ने हो भने प्रस्टै देखिन्छ, त्यहाँ ज्ञानको उत्पादन, वितरण र उपयोग निकै प्रभावकारी र हस्तक्षेपरहित बनाइएको हुन्छ। जसले गर्दा आवश्यकताअनुरूप तिनको प्रयोग स्वतन्त्रपूर्वक गरिन्छ। विद्यालय तहमा ज्ञान वितरण गरिन्छ, जसलाई विद्यार्थीले ग्रहण गर्दै त्यसलाई उपयोग गर्न सक्षम बन्दै जान्छन्। अर्कोतर्फ ती शिक्षक जो ज्ञानको वितरणमा सक्रिय सहभागी छन्, तिनले पनि ज्ञान वितरण गर्न धेरै मेहनत गर्नुपर्छ ता कि विद्यार्थीलाई बुझाउन अर्थात् वितरण गर्न सहज होस्। त्यसो भए वितरण र उपयोग गर्न चाहिने मुख्य कुरा, ज्ञानको उत्पादन कसको जिम्मा हो भन्ने प्रश्नमा उठ्छ।
दोहोरो भूमिकामा जनप्रतिनिधि
नेपालको समकालीन राजनीतिक गतिविधिहरू कवि हरिभक्त कटुवालको माथि उद्दत बाल गीतमा उल्लेख बालहठको गतितर्फ त गइरहेको छैन ? राजनीतिक पार्टी र ती पार्टीका प्रतिनिधिहरू तथा जननिर्वाचित प्रतिनिधिहरूको परिभाषा तथा जिम्मेवारीका सम्बन्धमा भएको बुझाइ र व्यवहारले केही सन्देह भने गराएको छ। सिद्धान्तत नेपालले अहिले अपनाएको राज्य प्रणाली भनेको जनताबाट निर्वाचित प्रतिनिधिले नै राज्यको सञ्चालन वा नेतृत्व गर्ने हो। राज्य सञ्चालनका दैनिकी, विकास निर्माण र जनताका सेवा सुविधा, अर्थ तथा परराष्ट्र मामिला आदिको नीति निर्माण तथा निर्णयहरू जननिर्वाचित प्रतिनिधिमार्फत नै गर्ने हो । अल्पमतको सम्मानपूर्वक सुनुवाइ तथा बहुमतको निर्णय कार्यान्वयन अहिलेसम्मको सबैभन्दा उदार र प्रजातान्त्रिक मानिएको राज्य व्यवस्थाको सिद्धान्त पनि यही नै मानिन्छ। विश्वका अधिकांश देशमा कि यही प्रणाली अप
मतदानअघि मतदाता शिक्षा
लोकतन्त्रमा नागरिकको मतका आधारमा शासन व्यवस्था सञ्चालन गरिन्छ। लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत जनताले राजनीतिक दलका उम्मेदवारलाई अमूल्य मतदान गर्छन्, अनि तिनैमार्फत आफू र समस्त जनताका प्रतिनिधि चयन गर्छन्। यसरी लोकतन्त्रमा जनता अप्रत्यक्ष शासक हुन्छन्। यस्तो महत्त्वपूर्ण निर्णयका लागि गहिरो सुझबुझ, विवेकपूर्ण र सही ढङ्गले मतदान गर्नुपर्छ। योग्य र उपर्युक्त उम्मेदवार चयन गर्न चुक्दा शासनसत्ताको बागडोर गलत व्यक्तिको हातमा पुग्छ, जसले प्रजातन्त्र, समग्र देश र जनतामाथि धोका दिन सक्छ।
वैचारिक ऊर्जाको दीप
नेपालमा धेरै नेता जन्मे। कतिले इतिहास बनाएर गए भने कतिपय जसरी आए त्यसरी नै विलीन भए। बीपी कोइरालापछि इतिहास लेखनको विषय बनेर बिदा हुनुभयो सर्वाधिक चर्चित पात्र प्रदीप गिरी। गिरीको बौद्धिक र तार्किक क्षमताको जति प्रशंसा गरे पनि कमै हुनेछ। नेपाली कांग्रेसका नेता तथा बौद्धिक व्यक्तित्व गिरी बहुमुखी प्रतिभाका व्यक्ति हुनुहुन्थ्यो। उहाँ एक राजनीतिज्ञ व्यक्ति मात्र नभएर दर्शन, इतिहास धार्मिकलगायत सबै क्षेत्रका ज्ञाता नै हुनुहुन्थ्यो। माक्र्सवादी साहित्यका धुरन्धर विद्वान् मानिने भएकैले अधिकांश कम्युनिस्ट नेताले उहाँबाट माक्र्सवाद सिक्न रुचाउनुहुन्थ्यो । कम्युनिस्टहरूको कतिपय कार्यक्रममा उहाँ अतिथिका रूपमा निम्त्याइनुहुन्थ्यो। माक्र्सवादको ठूलो अध्येता भए पनि उहाँले कहिले पनि माक्र्सवादको समर्थन गर्नुभएन। जहिले पनि माक्र्सवादलाई आलोचनात्मक दृष्टिकोणबाट हेर्नुहुन्थ्यो। लोकतान्त्रिक समाजवादका कट्टर समर्थक गिरी बीपी कोइराला र सीके प्रसाईंपछिका एक लोकतान्त्रिक समाजवादी हुनुहुन्थ्यो।
दलित मुक्तिको मार्ग
नेपालमा जातीयताका आधारमा गरिने विभेदलाई कानुनी रूपमा निषेध गरिएको छ। यस्तो विभेदलाई संविधानले नै दण्डनीय भनेको छ। तैपनि व्यवहारमा विभेद यथावत् छ। जाति तथा उत्पत्ति, पेसा, वर्ण, लिङ्ग र क्षेत्रका आधारमा गरिने भेदभावपूर्ण घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन्। जातीयताका आधारमा सार्वजनिक स्थान, मठमन्दिर, पूजाआजा, भोजभतेर, पार्टी पौवा, सेवा प्रवाहमा प्रवेश गर्न निषेध गरिएको छ। अन्तरजातीय बिहे गर्दा समाजबाट बहिस्कृत भई दुव्र्यवहार खेप्नुपरेका घटना पनि ताजै छन्। दलितसँग बिहे गरेकै कारण छोरीलाई आफ्नो बाबुको दाहसंस्कार गर्नबाट समेत वञ्चित गरिएको छ।
पठन संस्कृति जोगाउने थलो
मानिस जन्मदेखि मृत्यु नभएसम्म सिकाइ कार्यमा आबद्ध रहिरहन्छ। सिकाइले व्यक्तिको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउँछ। ज्ञानको अन्धकारबाट चेतनायुक्त सभ्यतामा परिणत भई सामाजिक कुरीति, कुविचारको बीजारोपणको अन्त्य हुन्छ। नेपालमा यसको प्रत्यक्ष प्रभाव दरबार स्कुल तथा त्रि–चन्द्र कलेजको स्थापनाबाट भएका विभिन्न कुरीतिहरूको अन्त्यलाई लिन सकिन्छ। शिक्षाले व्यक्तिका दैनिक जीवनमा आइपर्ने विभिन्न समस्याको तर्कपूर्ण, विवेकपूर्ण तथा कुशलतापूर्वक ढङ्गबाट समाधान गर्ने क्षमताको विकास गर्दछ। मानिसमा चिन्तन, दृष्टिकोण र सीपगत संरचनामा परिवर्तन ल्याइदिन्छ। शिक्षाले राष्ट्रका लागि आवश्यक जनशक्तिको विकास तथा आधुनिकीकरणका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आइरहेको छ। त्यसैले शिक्षा मानिसमा निरन्तर चलिरहने आवश्यक प्रक्रिया हो।
खर्च प्रणालीको विश्वसनीयता
सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णय खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउन आवश्यक छ। यही उद्देश्यका लागि ल्याइएको ऐनमा खरिद, सार्वजनिक निकाय, मालसामान, परामर्श सेवा, अन्य सेवा, बोलपत्र, बोलपत्रदाता, बोलपत्रसम्बन्धी कागजात, खरिद सम्झौता, सार्वजनिक खरिद अनुगमन कार्यालय, अधिकार प्राप्त अधिकारी, जमानत, विशेष परिस्थिति, स्थानीय तह, संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर), एजेन्ट, एक तह माथिको अधिकारी, दातृपक्ष, रासनलगायतका बारेमा स्पष्ट रूपमा परिभाषित गरेको छ।
नागरिकता विधेयकको भ्रम
संसद्बाट कानुन निर्माण प्रक्रिया ज्यादै सुस्त गतिमा चलिरहेको छ । संसद् विघटन, कार्यसम्पादनमा भएका गतिरोध र गणपूरक सङ्ख्याको अपुगका कारण धेरै विधेयक लामो समयदेखि विचाराधीन छन् भने कतिपय विधेयकमा सरकारले प्रारूप दिन सकिरहेको छैन। सत्ता पक्ष र विपक्षबीच देखिएका राजनीतिक मतभेदले नागरिकता विधेयक यथार्थभन्दा धेरै भ्रम फैलिएको छ। राजनीतिक दलका आआफ्नै स्वार्थका कारण नागरिकतामा भ्रमको राजनीति प्रवाह भएको छ।
सेयरमा अवसर र जोखिम
एक हजार ८०० बिन्दु नजिकबाट चढेर दुई हजार २०० सम्मको यात्रा तय गरेको बजार पुनः दुई हजारभन्दा तलको बिन्दुमा ओर्लिएको छ। सेयर बजारमा निरन्तर गिरावट आउने क्रममा साताको पहिलो दिन आइतबारको कारोबारमा बजार परिसूचक ३३ दशमलब ३६ अङ्कको गिरावटसहित दुई हजारको बिन्दुबाट तल झर्दै एक हजार ९८९.२६ को बिन्दुमा रोकिएको छ। कारोबार रकममा पनि आइतबार खासै उत्साह देखिएन बजारमा दुई अर्ब पाँच करोड नजिकको मात्र कारोबार हुनुले बजारमा लगानीकर्ता अझै बजारमा करेक्सन आउँछ अनि खरिद गरौँला भन्ने मुडमा बसेको सङ्केतका रूपमा पनि हेर्न सकिन्छ। त्यसैगरी अर्को दृष्टिकोणबाट हेर्ने हो भने बजारमा सस्तोमा सेयर बेच्न लगानीकर्ता तयार नभएको सङ्केतको रूपमा पनि यसलाई लिन सकिन्छ।
लोकलयको जगेर्ना
विगतका दिनमा सानै उमेरमा कर्मघर गएका छोरीले कर्मघरको बुहार्तनमा अहिलेभन्दा बढी खट्नु पर्दथ्यो। सासूको खटनपटन र ससुराको आदेशको पालना गर्नुपर्ने बाध्यता नै थियो। श्रीमान्का कुरालाई पालन गर्नुलाई नारी धर्मका रूपमा हेरिन्थ्यो। विशेषगरी विवाहित नारीजन तीजको आगमनको व्यग्र प्रतीक्षामा रहन्थे। यो पर्वले बर्खा, झरी, बादल नभनी निरन्तर खेतीको काम गर्दा थकित शरीरलाई केही आराम मिल्दथ्यो। हरितालिका तीजको व्रत बस्नुपर्ने हुँदा दर (आडिला व्यञ्जन) खाने चलन थियो । अद्यापि दर खाने चलन यथावत् छ ।
पहिरन र शृङ्गारमा सजिएपछि
नेपाल विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिले भरिएको मुलुक हो। नेपालका विविध संस्कृतिहरू हाम्रा साझा सम्पत्ति हुन्। मानव सभ्यताको विकास क्रममा निर्मित भौतिक तथा आध्यात्मिक मूल्यको संश्लेषण नै संस्कृति हो। चाडपर्वहरू संस्कृतिका एक प्रमुख अङ्ग हुन्। नेपालमा मनाइने विभिन्न चाडपर्वमध्ये तीज महìवपूर्ण पर्व हो। बदलिँदो परिस्थितिबमोजिम यस पर्वलाई मनाउने क्रममा थुप्रै परिवर्तन हुँदै गएको हुँदा यसले नेपाली समाजको सामाजिक–सांस्कृतिक झलकप्रस्तुत हुने गर्दछ।
मौलिकतामा चुनौती
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनदेखि पञ्चमीसम्म तीज पर्व मनाउने गरिन्छ। तीन हिन्दु नारीको विशेष पर्व हो। यो पर्वलाई परापूर्वकालदेखि नै चेली र माइतीघरबीचको अन्योन्याश्रित सम्बन्धका रूपमा नै मान्यता दिइँदै आइएको छ। धर्मग्रन्थअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका निम्ति तपस्या गरिन्। व्रतका रूपमा बसेको तपस्या सफल भएकाले महादेव स्वामी पाई पार्वती खुसी भएको धार्मिक विश्वास रहिआएको छ। पार्वतीले महादेव स्वामी पाएका दिन श्रीहरि विष्णुले ताली बजाएर खुसी व्यक्त गरेका हुनाले उक्त दिनदेखि नै त्यस दिनलाई ठूलो खुसियालीको पर्वका रूपमा मानिएको हो। नेपाल धर्म र संस्कृतिले धनी देश हो। आफ्नो धर्म, संस्कृति, संस्कार जोगाउन हाम्रा पुर्खाले बनाएका चाडपर्व मनाएर रमाइलो गर्ने गर्दछौँ। आजसम्म पनि हाम्रा धार्मिक चाडपर्व, रीतिरिवाज, परम्परागत मान्यता हाम्रो मानसपटलमा ताजा नै रहिआएका छन्। तीज पर्वको व्रत बस्नुभन्दा अघिल्लो दिन ‘दर खाने’ दिन भनेर उक्त दिनलाई विशेष दिनका रूपमा मानिँदै आइएको छ। परापूर्वकालदेखि दरखाने दिनलाई अति नै महत्वको दिन मानिन्छ।
महँगो निर्वाचन प्रणाली
सरकारले आगामी आमनिर्वाचन (सङ्घ र प्रदेशसमेत)का लागि १० अर्ब रुपियाँ अनुमोदन गरेको छ। निर्वाचन आयोगले माग गरेको रकममा ९८ करोड घटाएर यो सिलिङ अनुमोदन गरेको हो। प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० गरी ४९५ प्रतिनिधि छान्नका लागि यत्रो रकम खर्च हुँदै छ। आयोगले माग गरेअनुसारको खर्च नहुने सम्भावना यसकारण पनि छ कि स्थानीय निर्वाचनमा १० अर्ब माग गरेकोमा सरकारले आठ अर्ब ११ करोड छुट्याएको थियो। त्यसमध्ये पनि आयोगले गरेको कुल खर्च पाँच अर्ब चार करोड मात्र थियो। यो भनेको माग गरेको झन्डै आधा र छुट्याइएको रकमको ६२ प्रतिशत हो।
मितव्ययी खरिदका लागि प्रतिस्पर्धा
सरकारको पूरै वा आंशिक लगानी वा खर्चमा सञ्चालन हुने निकायलाई हामी सार्वजनिक निकाय भनेर बुझ्ने गर्छौं। सार्वजनिक निकायले जनताको करबाट उठेको रकमबाट खर्च गर्नुपर्दा मितव्ययिता, पारदर्शिता, औचित्यता, स्वच्छता, इमानदारिता, जवाफदेहिता, विश्वसनीयता र प्रतिस्पर्धाका सिद्धान्तलाई आत्मसात् गर्नुपर्ने हुन्छ। यसरी खरिद कार्य गर्दा कम विवादित हुने, समयमै कार्य सम्पन्न हुने र जनताले तिरेको करको उच्चतम सदुपयोग हुने अवस्था सिर्जना हुन्छ। सार्वजनिक खरिद व्यवस्थापनका क्रममा प्रतिस्पर्धा र मितव्ययितालाई आत्मसात् गरी मूल मन्त्रका रूपमा लिनु सबै सार्वजनिक निकायको कानुनी मात्र नभई नैतिक दायित्वसमेत हुन जान्छ।
विप्रेषण निर्भरताको प्रभाव
आफू जन्मिएको भूगोल छाडेर अरू देशमा गई काम गर्नुपर्ने बाध्यता संसारभर छ/। खासगरी औद्योगिक क्रान्तिपछि परम्परागत कृषिमा निर्भर जनशक्ति बिस्तारै उद्योगधन्दातिर लाग्न थाल्यो। औद्योगिक गतिविधि विस्तारले बैङ्क, वित्त, यातायात, सञ्चार, होटल, पर्यटनजस्ता अनेकौँ अर्थतन्त्रका आयाम विस्तार हुन थाले। यसले श्रमिकलाई काम खोज्नका लागि विकल्प देखिन थाल्यो र राम्रो कामका लागि संसारभर भौँतारिनुपर्ने अवस्था आयो। यो क्रम निरन्तर बढ्दै गयो। संसारमा विदेशमा काम गरेर परिवारका हेरचाहका लागि साधन जुटाउने करोडौँ श्रमिक छन्। विदेशमा काम गरेर आर्जन गरेको रकम आफ्नो देश तथा परिवारमा पठाउने साधन अर्थतन्त्रकै मूल पाटो भयो। यसलाई विप्रेषण अर्थात् रेमिट्यान्सका रूपमा लिन थालियो। विश्वभर नै विप्रेषणका आप्रवाह बढ्दो क्रममा छ। नेपाल विगत दुई दशकदेखि विप्रेषणमा बढी निर्भर हुँदै गएको छ। यसको असर समयमै विश्लेषण गरी विकल्प खोजी गरिएन भने अर्थतन्त्र मात्र होइन, मुलुकको आर्थिक विकासमै अझ प्रतिकूल प्रभाव पर्न सक्नेछ।
भड्किलो बन्दै चाडपर्व
आजभोलि तीज गीतका भाका र तीज मनाउनै शैली निकै नै भड्किलो देखिन थालेको छ। समाजमा आफूलाई धनी देखाउने होडले ऋण खोजेरै भए पनि कपडा किन्ने र कपडाअनुसारकै गरगहना किनेर देखावटी गर्ने चलनले तीज मनाउने शैलीमा प्रतिस्पर्धा हुन पुगेको छ। यसो हुँदा धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको चाड भड्किलो र खर्चिलो बन्दै गएको छ। जसका कारण तीजको सांस्कृतिक र सामाजिक पक्ष कमजोर हुँदै गएको छ।
तलबमानको सैद्धान्तिक अवधारणा
कोभिड–१९ को कहरबाट मुलुकले छुटकारा पाउँदै गर्दा विश्वव्यापी अर्थतन्त्रमा आएको गिरावटका बीच आवधिक चुनावको चटारोले मुलुकको घरेलु अर्थतन्त्रलाई चुनौती थपिदिएको छ । मुलुकको अर्थतन्त्र जटिल अवस्थाबाट गुज्रिरहेको र लोकतन्त्रलाई थप मजबुत र संस्थागत गरी मुलुक र जनताको समुन्नतिलाई सुनिश्चित गर्न राजनीतिक नेतृत्वको एकल प्रयत्न मात्र पर्याप्त हुँदैन । राजनीतिक नेतृत्वलाई मुलुकको प्रशासनयन्त्र र विकासे संरचनाहरूले थप प्रभावकारी तथा स्वतःउत्प्रेरित भई अहोरात्र खटेर बिनासर्त सघाउनुपर्ने हुन्छ । कर्मचारी प्रशासन र राजनीतिक नेतृत्वको सामूहिक प्रयासको उपलब्धि नै मुलुकको समृद्धि हो ।
नागरिकता विधेयकमा द्वैध चरित्र
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकले अहिले मुलुकको राजनीति तरङ्गित बनेको छ। सरकारले अन्य विषयलाई थाती राखेर नागरिकता पाउने पर्याप्त आधार हुँदाहुँदै पनि कानुनको अभावमा नागरिकता पाउन नसकेका लाखौँ युवालाई ‘अनागरिकबाट नागरिक बनाउन’ विधेयक ल्याएको हो। नेपालको संविधान २०७२ को धारा १० ले ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिनेछैन’ भन्ने व्यवस्था कार्यान्वयन गर्न ल्याएको विधेयकलाई अनावश्यक रूपमा अतिरञ्जित गर्ने प्रयास भएको छ।