कूटनीतिमा ‘बाघ’
इतिहासमा राजा–महाराजा, राणा शासक र विदेशी पाहुनाको सिकार सोखको कोपभाजनमा धेरै बाघ परे । बाघ संरक्षण गर्नु पर्छ भन्ने चेत त्यति बेला थिएन । बालीबाघ, जाभाबाघ, क्यास्पियनबाघ, साउथ चाइनाबाघ जस्तै पाटेबाघ पनि लोप हुने अवस्थामै पुग्यो । कूटनीतिक सम्बन्धको मियोका रूपमा सिकार रहेको थियो । संरक्षणमा हातेमालो गर्ने कूटनीतिक प्रयासको थालनी भएदेखि नेपालमा बाघको अस्तित्व फेरि जागेको छ । त्यसैले अचेल बाघका जुँगा उसकै ओठमाथि फुर्फुराउँछन् । छाला काढिँदैनन् । बाघका डमरुहरू वनमा स्वच्छन्द रमाउँछन् ।
पीडा लुकाई हाँसेँ (कविता)
पीडा लुकाइ हाँसेँ व्यथा लुकाइ हाँसेँ आत्मा रुवाइ भित्र आँसु लुकाइ हाँसेँ । छातीभरि छ चोट
जागरण (कविता)
उत्साह र उमङ्ग बोकेर आउनेहरूलाई रोक्न नखोज ।
गजल
मेरो बास उनले उठाएर के भो उनको साथ मैले नपाएर के भो । सुनको दान मैले गरेँ धरहरामा । सुनकै मात्र औँठी नलाएर के भो ।
द्विविधा [कथा]
रामनाथ घर नजिकैको चौतारीमा वरपिपलको छहारीमुनि शीतल तापिरहेका थिए । उनी ढुङ्गाको पर्खालमा गोडा झुन्ड्याएर वरको बोटलाई ढाड पछाडि पारी बसेका थिए । धनबहादुर ओरालो झर्दै त्यही चौतारीमा एक्कासि टुप्लुक्क आइपुग्यो । उसले ख्वाक्क खोक्यो र लौरो भुइँमा राख्तै उनकै छेउमा बस्तै भन्यो, “सन्च छैन भन्थेउ त बाजे, आज पनि आएछौ त शीतल ताप्न ।” रामकृष्णले पुलुक्क धनबहादुरको अनुहारमा हेरे र भने, “आएँ त, नआएर कता जाम, समय काट्नु प-यो नि ! यहाँ भए तिमीहरू साथीभाइ भेटिन्छौ, गफगाफ गरेर समय काटिन्छ भनेर । के गर्नु धनबहादुर, घरमा कोसँग बोल्नु, बुढीको आफ्नै दुःख छ, उनका आफ्नै गुनासा छन्, मेरा आफ्नै दुःख छन् । यहाँ आयो भने बरु कोही न कोही कुरा सुनिदिने मानिस त भेटिन्छ भनेर अल्छी लागेपछि दिन काट्न यतै आउँछु ।”
सत्यमार्गी सत्यमोहन
नेपाली साहित्य र वाङ्मयका क्षेत्रमा सत्यमोहन जोशी एक अदभुत प्रतिभा हुनुहुन्छ । उहाँको व्यक्तित्वको रसायनिकी अत्यन्तै अनौठो गरी निर्मित भएको पाइन्छ । एकातिरबाट हेर्दा उहाँको कद निकै उँचो देखिन्छ भने अर्कातिरबाट हेर्दा फराकिलो । उहाँको साधनाको धरातल भने निकै गहिरो देखिन्छ । सत्यमोहन जोशी लेखक, अनुसन्धाता र प्रशासक हुनुहुन्छ । उहाँ बहुमुखी प्रतिभा हुनुहुन्छ । उहाँले नेपाली वाङ्मयको क्षेत्रमा अतुलनीय योगदान गर्नुभएको छ ।
स्वर्ग जस्तै सिङ्गापुर
एक सुन्दर र सफा सहर सिङ्गापुर, यहाँका आकाश छुने घरले सहरको प्रतिष्ठा र वैभव स्पष्ट देखाउँछ । सहर घुम्ने जो कोहीलाई भन्न कर लाग्छ, महान् छ सिङ्गापुर । क्षेत्रफलको हिसाबमा संसारकै सानो देशमध्येको पनि सानो देश तर सर्सती हेर्दा मात्रै पनि विशाल देशभन्दा पनि विशाल लाग्छ । यहाँको शान्त वातावरणले पर्यटकको मन जित्छ र धित मर्दैन एकचोटि मात्र घुम्दा सिङ्गापुर ।
साउनको महिमा
हिन्दु धर्म–संस्कृतिमा साउन महिनामा शिवजीको पूजाआराधना गर्ने र व्रत बस्ने प्रचलन छ । त्यसमा पनि साउनको सोमबारलाई त विशेष दिनकै रूपमा लिने गरिएको छ । कसैले साउन महिनाभरि बोलबमका रूपमा त कसैले सोमबार मात्र व्रत बस्ने चलन चलेको पाइन्छ । त्यसो त शिवजीको प्रिय दिनका रूपमा सोमबारलाई लिइन्छ । यस दिन भगवान्लाई शुद्ध जल चढाएर विधिपूर्वक पूजा गरिन्छ । शिवजीको यस महिनाभरि पूजाअर्चना गर्दा पुण्य प्राप्त हुने तथा सौभाग्य र सुस्वास्थ्य प्राप्त हुने शास्त्रीय मान्यता पनि रहिआएको छ । शिवजीलाई पति प्राप्त गर्न पार्वतीले एक महिना निराहार व्रत बसेको प्रसङ्गले पनि नारीले
काँठमा छैन के !
काठमाडौँ भूगोलको बाहिरी घेरोमा जन्मने/ हुर्कनेको आफ्नै पीडा छ । कसैले प्रतीकात्मक रूपमा काठमाडौँले यसो ग-यो भन्दा चित्त दुख्नु त छँदै छ, त्यस भूगोलको समस्यालाई उठाइदिने उपयुक्त पात्र नभेटिँदा लाग्ने दुःख अर्को छ । जब चुनाव आउँछ, यो भूगोलका मान्छे भन्छन्, “यसपालि स्थानीयबाहेकलाई भोट दिइन्न ।” अन्तिममा केही दलीय पात्र अमुक दलहरूले उभ्याएका तिनै पात्रलाई जिताउन कम्मर कसेर लाग्छन् । यसैको बिचमा पिसिन्छन् बाँकी मतदाता । यदाकदा स्थानीय उम्मेदवार उठाइन्छन् र चुनिन्छन् पनि तर तिनको कार्यशैलीसँग खुसी हुन्नन् यहाँका मान्छे । राजनीतिमा गरिखान निक्लिएका ती नेताले आफूले विविध कारणले गर्न नसकेको कामको अपजश त्यही भूगोलका बासिन्दालाई लगाउन थाल्छन् तर यहाँका बासिन्दा भने आफूलाई ठिक र आफ्नै भूगोलका मानिसलाई गलत देखाएर जोगिने परिपञ्च हो यो भन्छन् ।