• १० मंसिर २०८१, सोमबार

सभ्यताका गुरु (कविता)

blog

अन्तरिक्ष–धर्तीको राजदूत

उर्वशीको लयमा गीत गाउँदै

आएको त्यो मनोहर झर्ना देख्दा

नदीको सौन्दर्यमा उषाका 

आलोकपुत्रको त्यो सुकुमार

तस्बिर आउँदा

सयौँ सिंहको एउटै गर्जन

बैद्धावतार भैmँ आउने

त्यो सौम्य महासागरसँग

म रोमाञ्चित हुन्छु । 

ऊर्जावान् आगो त

म सङ्गीतमय ढुकढुकी नै 

हो भन्छु

अप्रतिम यी मानव

सभ्यताका गुरु नै हुन्

विध्वंसात्मक मनमा 

रमणीय मानव बस्ती

ताक्न खोज्दा

तगारो पनि बन्छु म ।   

Author

मुकुन्द पोखरेल