२७ जेठ २०८०, शनिबार
२ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
२७ जेठ २०८०, शनिबार
२ वर्ष पहिले
जाडो भो भनेर
मजाले टन्टलापुर घाम तापेको
पोल्न पो थाल्यो ।
शीतल हुन खोजेर
ठुलो वृक्षको छहारीमा पल्टिएको
चिसोले पो जगायो ।
मिठो खान खोजेको, गुलियो धेरै भयो
भएन भनेर खुर्सानी चपाएको
असाध्य पिरो भएर औधि सतायो ।
यसो पनि नहुने, उसो पनि नहुने
अति भोग्न नहुने यो संसारमा
के गर्दा हुन्छ अब ।
कोलाहल र अशान्तिबाट पलायन हुँदै
शान्ति खोज्न कतै लागुँ भने
मसानको शान्तिमा जलिने पो हो कि !
मीना पाण्डे मिश्र