आफन्त नै भन्नु पर्ने (कविता)
दुःख पर्दा ताली पिट्ने सुख पाउँदा छाती पिट्ने देख्दा देख्दै जान्दा जान्दै आफन्त नै भन्नु पर्ने ।
ज्येष्ठहरूका गुनासा (कविता)
छन् छोरा दुई नाति तीन अहिले, छिन् नातिनी भोमिला । छन् हाम्रा सुतका बधू पनि अहा ! तारा तथा मोमिला ।। पूरै शिक्षित शिष्ट सभ्य सबले, भन्छन् प्रशंसा गरी । एक्लै छौँ र अशक्त छौँ दुई यहाँ, आधार छन् श्रीहरि !!
मुक्तक
मान्नोस् विचारको सौन्दर्य बलेको छैन अझै आस्था ब्यूँझाउने जाँगर फलेको छैन अझै कुँजिएका छैनन् पाइला यात्रा चलिरहेको छ हिँड्नु साँच्चै पर्छ अठोटमा गलेको छैन अझै ।
खुम्बुयात्रामा बाटो बिराएपछि...
एउटा पक्कीघरको बाहिरी भर्याङ उक्लेर चोकमा निस्किँदा केही बच्चाबच्ची भर्याङकै छेउमा बसेर मस्तीले हाँसिरहेका थिए । एकै क्षण तिनलाई नियालेँ । हाँस्दा खोपिल्टा परेका तिनका राता पुक्क परेका गालाले जो कोहीलाई नतान्ने कुरै थिएन । उनीहरूका खुसी समेट्ने रहरले फोटो खिच्न लाग्दा तिनले आफ्ना साना हत्केलाले अनुहार छेक्दै फोटो खिच्न इन्कार गरे । सायद नाम्चेमा पर्यटकका क्यामराले ताक्दा–ताक्दा तिनका आँखा नै टट्याइसकेका हुनुपर्छ । ती कोपिला संवाद र तिनका उन्मुक्त हाँसोलाई त्यहीँ छाडेर म नाम्चेबजार निहाल्न माथि उक्लिएँ ।
सोखले तिखारिएको कला
केही समय नेपाल, केही समय बेलायत बस्दै गर्दा रहरले बनेका पी. सिंहका चित्र तारागाउँ म्युजियमको सानो कक्षमा गत हप्ता प्रदर्शित भए– ‘भ्रमण २०२२’ को नामबाट । प्रदर्शनकक्ष सानो छ, यस अर्थले चित्रहरू पनि कमै छन् । सबैजसो चित्रहरू यथार्थपरक हुँदा अलि टाढाबाट हेर्नुपर्ने हुँदैन । अमूर्त चित्रहरू भएको भए ठूलो कोठा अनि अलि टाढाबाट हेर्न मिल्ने ठूलै कक्ष पनि चाहिन्थ्यो । उहाँको चाहिँ यथार्थवादी चित्रगत शैली हुँदा यसलाई ठूला कोठाको पनि जरुरत परेन ।
गोसाइँकुण्ड यात्रा
पर्यटकीय तथा धार्मिक महत्त्व बोकेको रसुवास्थित गोसाइँकुण्डलाई शिवकुण्ड पनि भन्ने गरिन्छ । समुद्री सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित यो कुण्डमा दशहरा र जैनपूर्णिमा मेला लाग्छ । जैनपूर्णिमाका दिन भने श्रद्धालुहरूको यहाँ भीड लाग्छ । यस क्षेत्रमा १०८ वटा कुण्ड रहेका छन् । यीमध्ये भैरवकुण्ड, सरस्वतीकुण्ड, पार्वतीकुण्ड, सूर्यकुण्ड आदि प्रमुख हुन् । यहाँको प्राकृतिक वातावरणले गोसाइँकुण्डको यात्रालाई अझ मनोरम बनाउँछ । यात्राका क्रममा तामाङ संस्कृतिसँग पनि जम्काभेट हुन्छ ।
अभिव्यक्ति स्वतन्त्रताको चाड
गाईजात्रा एउटा उत्सव हो । यसलाई हाँसो, रोदन अनि शान्ति मिश्रित एउटा चाडका रूपमा लिइन्छ । गाईजात्रा काठमाडौँ उपत्यकाका तीन सहर ललितपुर, भक्तपुर र काठमाडौँमा तीन पृथक् शैलीमा मनाइन्छ तर सबैले मनाउनुको उद्देश्य एउटै हो, बितेको दुःख बिर्सनु र नयाँ दिनको खुसीमा उत्साह थप्नु । गाईजात्रा खानपानको चाड होइन । गाईजात्रा आराम र विश्रामको मेलो पनि होइन । गाईजात्रामा तीन कुरा स्पष्टसँग जोडिएर आएका छन्– सङ्गीत, साजसज्जा र रूपकला । गाईजात्रा रमाइलो चाड भए पनि यसमा नरमाइलोसँग अतीतको एउटा दुःखद पाटो पनि जोडिएर आउँछ, त्यो हो स्मृति । बितेका मान्छेको स्मृति वा श्रद्धास्मरण ।
सारा संसार एकातिर (कविता)
सारा संसार एकातिर, अर्को मेरै सुन्दर देश आफ्नो देशलाई आफैँ बनाऊँ, संसारभरकै नम्बर एक नम्बर एक ! नम्बर एक ! नम्बर एक ! ।।१।। छिमेकी आई अर्काको घर, बनाइदिएको कहाँ छ र ? काँधमा बोकी सगरमाथा, चढाइदिएको कहाँ छ र ?
सन्तान (कविता)
कोखका घाउहरू चटक्कै भुलेर सुदूर भविष्यसम्म उज्यालो खोज्दै मनको दियो हृदयभरि बालेर हिँडिरहिछिन् आमा जिन्दगीका कन्दराहरूमा ।
क्वालालम्पुरको बाँसुरीवादक
सिङ्गापुरको उत्तरी मलेसियन सीमा नाका जोहरवारुबाट पर्यटक बसमा क्वालालम्पुरतर्फ फर्किंदा अधिक विकासका चमत्कारी दृश्य रातको पर्दाले क्वाप्पै निलेर अत्याचार ग-यो । कहिले समुद्री सोतो त कहिले घनाजङ्गली गर्भभित्रको हुलिया चम्किला बत्तीको उज्यालो निकाश छिचोल्दै र कालोपत्रेमा सललल बग्दै गयो हामी सवार बस । छिप्पिएको रातपछि मिर्मिरे भोर पदार्पण गर्दा क्वालालम्पुरको व्यस्त मुटु ट्रान्जिट स्टेसनको अग्रपङ्क्तिमा रोकिएको बसबाट भ¥याङभुरुङ ओर्लियौँ । अनि यात्रु सेवा व्यवस्थापनमा व्यस्त विशाल सिटी हाउसको लिफ्टतर्फ सोझियौँ । पर पर देखिने सुन्दर ग्रामीण बस्तीसँगै घनाजङ्गलको सिरसिरे बहारले फ्याँकिरहेको आरोग्य हरितकणिकाबाट लाभ लियौँ । सिधा तल देखिने विशाल तालको चमत्कारले नेपालको पर्यटकीय नगरी पोखरास्थित बेगनास ताल किनारको झल्को दिन्थ्यो ।
विसङ्गति औँल्याइएका पुष्पगुच्छा
‘रोजा’ अर्थात् रोज्न लायक, धेरै राम्रो । साहित्यकार किशोर पहाडीको ‘रोजा कथाहरू’मा सामाजिक परिवेश प्रतिविम्बित छ । यस सङ्ग्रहका कथाहरूले नेपाली साहित्यमा भिन्न भिन्न स्वाद पस्किएर कौतूहल जगाउन सफल भएको छ । रोजा कथाहरू सन्देशमूलक पनि छन् । कहीँ कतै नलुकाइ भनुँ भने यो सङ्ग्रहभित्रका कथा निकै परिस्कृत छन् । सरल ग
मन छुने निबन्ध
– ‘म’ वादले सक्ने भए राम बनाउन सक्नुपर्छ, रावण होइन । – आँसु कसैलाई पनि प्रिय लाग्दैन । – यो धर्तीमा पुर्खाहरूको आँसु पोखिएको छ । – आँसुको बजार थापेर व्यापार गर्ने पनि छन् । – कहिलेकाहीँ यस्तो विचार उठ्छ– जिन्दगीलाई निचोरेर टन्न पिऊँ र दुःखमा प्यास मेटौँ । – मर्ने बेलामा पनि ‘नमस्ते नेपाल’ भन्दै मर्न पाऊँ ।
आठ पुस्ता हुर्किएको घर
बहत्तर सालको भूकम्पपछि दाइ मोहन जोशी र म बुवा÷मुमाले दुःख गरेर २०१६ सालमा बनाउनुभएको उसबेलाको हिसाबले भव्य साढे तीनतले घरको निरीक्षण गर्न दोलखातिर लाग्ने तरखर गर्दै थियौँ । यही बेला पत्नी शारदाले प्वाक्क भनिन्, “बिग्रेको घर हेर्नलाई यहाँदेखि नै मनस्थिति ठीक बनाएर जानुस् ।” उनलाई मैले त्यो घर कति दुःख गरेर बनाएको हो र त्यसले कसरी हाम्रो परिवारको इज्जत धानेको थियो भनेर धेरै पटक सुनाएको थिएँ । त्यसैले त्यो घरप्रति अत्यन्त लगाव भएको मलाई कतै घरको अवस्था देखेर हृदयाघात नहोस् भनेर उनले यसरी सम्झाएकी थिइन् ।
शिरको शोभा
नेपालको पहाडी भाषाभाषी मात्र हैन, तराईका आदिवासी थारू, धिमाल र मुसलमानको पनि शिरको शोभा बन्ने शौभाग्य टोपीलाई प्राप्त छ । टोपी धारण गर्नुको शान नै बेग्लै छ तर यस्तो सोच्नेहरू पनि छन्– टोपी धारण गर्नु भनेको अरूको दासत्व स्वीकार्नु हो । यथार्थमा मन नै कलुषित भएपछि सोच स्वच्छ कसरी बनोस् । जोसँग जे छ त्यसैका बारेमा त सोच्ने हो । यसरी सोच्नेहरूको हिजो पनि कुनै मूल्य थिएन र भोलि पनि कुनै मान रहने छैन ।
ललितपुरमै मुक्तिनाथ
ललितपुरको गोदावरी नगरपालिका–१ को ढुङ्गेधारा साँघुमा १०८ धारा मुक्तिनाथ धाम रहेको छ । यो मन्दिर काठमाडौँको रत्नपार्कदेखि १४ किलोमिटर र गोदावरी नगरपालिकाको थैवबाट दुई किलोमिटरको दूरीमा रहेको छ । यस स्थललाई पौराणिक ढुङ्गासाँघु भनिन्छ । जहाँ अहिले धमिरे खोला बगेको छ । यसको पौराणिक नाम गोमती खोला हो । यही खोलामा ढुङ्गाको साँघु रहेको थियो । उक्त साँघु जीर्ण भएपछि सानो पक्कीपुल बनाइएको छ
बाघ नम्बर ३५५
गत हप्ताभरि विश्वका प्रमुख सञ्चारमाध्यममा नेपालले बाघको सङ्ख्या घोषणा गरेको सन्दर्भ जोडतोडका साथ उठ्यो । सर्वाेच्च शिखर सगरमाथा, शान्तिका दूत गौतम बुद्धलगायत केही कुराले बेलाबेला नेपालको सन्दर्भ विश्वको समाचार बजारमा आउने गरेको थियो । यो पटक भने नेपालले बाघको सङ्ख्या दोब्बर बनाएको समाचार संसारभरि छायो । यो दशकका शक्तिशाली व्यक्ति रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, बेलायती राजकुमार ह्यारी, नेदरल्यान्डसका राजा विलेम अलेक्जेन्डर लगायतका व्यक्तिले नेपालले बाघको सङ्ख्या बढाएको भन्दै खुसी व्यक्त गरे । नेपालले बाघ संरक्षणमा प्राप्त गरेको सफलतालाई बधाई दिए । केही वर्षअघि बेलायती राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको अनुगमन गर्न क्यामरा ट्रयापिङ कार्यको शुभारम्भ गर्नुभएको थियो ।
समय–गाथा (कविता)
म बालक–मन हेरिरहेछु समयको पाइलाहरू ! आँधीको इजारे– भ्रम अड्किएको घडीको मोटो सुईमा चट्टान बनेका आँसुका थोपाहरू थुपार्दै !
प्रिय अतीत (कविता)
अचानक हावाको झोक्काले ल्याइदिएको फूलका वास्ना जस्तै यादहरू गडेर आउँछ स्मृतिमा– प्रिय अतीत ।
हराएको माया (कविता)
आज माया हराएको छ आफ्नै मान्छेको विश्वासमा पनि विश्वास टुटेपछि ऊ ईष्र्यालु बनेको छ । हो ऊ फूलको रस मात्र चुस्ने भमराजस्तो ईष्र्यालु फगत कोपिला घाइते बनाउन
जीवन वृत्तका अनुभूति
लाग्छ जीवन वृत्ताकारमय छ । सूक्ष्म बिन्दु वृत्त हो । बिन्दु थोप्लो । थोप्लो नि सूक्ष्म बिन्दु । बिन्दु अमूर्त थोप्लो । वृत्ताकार लिन नसके, नपाएको थोप्लो–वृत्त । वृत्त बन्न बीचमा रित्तो घेरो हुनुपर्छ । लोक कथन यो । चलनचल्तीका भनाइ । लोकवार्ता । लोकवार्ता सरल देखिन्छ । सरलता नितान्त तरल हुन्छ । तरल पदार्थ चलायमान हुन्छ । चलायमान तरल पदार्थ जम्ने चेष्टा राख्दैन । जमे वा जमाइए दुषित हुन्छ । सबैलाई थाहा भएकै विषय–वस्तु यो ।
सहकारी अभियन्ताका भोगाइ
कतिपय व्यक्तिको जीवनका कर्म र भोगाइ सार्वजनिक सम्पत्ति बन्न सक्छ । आफ्नो कर्म र भोगाइ लेख्ने परम्पराले व्यापकता पाइरहेको परिवेशमा नयाँ कृति भर्खरै प्रकाशित भएको छ– निष्ठाको यात्रा । नेपाली सहकारी क्षेत्रका शिखर अभियन्ता, राजनीतिकर्मी दीपकप्रकाश बास्कोटाले लेख्नुभएको यो कृति केवल उहाँको निजी जीवन र भोगाइ मात्र होइन, रहेन । यो कृतिले नेपालको प्रजातान्त्रिक आन्दोलनका सङ्घर्षशील आयाम बुझ्न सघाउँछ । नेपालमा मौजुदा सहकारी क्षेत्रका विकास विस्तारको आधार र विगतका जटिलता झल्काउँछ । आध्यात्मिक चेत, चिन्तन र अभ्यासको नवीन आयामले पाठकलाई रोमाञ्चित गराउँछ ।
गाडिएको सिंह देखेपछि
हाइकुको उद्गम भूमि जापानमा केही वर्ष बस्ने क्रममा मैले पनि हाइकुसँग परिचित हुने मौका पाएँ । म त्यहीँ बसेका बखत सन् २०१८ सेप्टेम्बर २९ र ३० मा अनेसास जापानले टोकियोमा अन्तर्राष्ट्रिय हाइकु महोत्सव गरेको थियो । तत्कालीन अनेसास केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ले मलाई कार्यक्रममा अतिथिका रूपमा आमन्त्रण गरेका थिए । काठमाडौँ र बेलायतबाट पनि अतिथि आएका थिए । हाइकु क्षेत्रमा जापानका दिग्गज व्यक्तित्व र हङकङबाट समेत उक्त कार्यक्रममा सहभागिता रहेको थियो । यही कार्यक्रमबाट मेरो पनि हाइकुमा विशेष रुचि बढ्दै गयो ।
अविस्मरणीय ठुल्दाजु
मेरा ठुल्दाजु डा. तारानाथ शर्मा हामी सात जना दाजुभाइ र चार जना दिदीबहिनीमध्ये सबैभन्दा धेरै अध्ययनशील र साहित्य लेखन कार्यमा सदैव लगनशील रहने व्यक्ति हुनुहुन्थ्यो । हाम्रा बा प्रजापति उपाध्याय कामविशेष परी भारतको कलकत्ता (कोलकाता) जाँदा आफूले अङ्ग्रेजी भाषा पढ्न नपाएको र अङ्ग्रेजी भाषा बुझ्न नसक्ने कारणले एक पटक त्यहाँ अपमानित हुनुपर्दा उहाँले आफ्ना छोराछोरीलाई चाहिँ अङ्ग्रेजी भाषा पनि पढ्न लगाउँछु भनी सङ्कल्प गरेको हुँदा हामी सबैले अङ्ग्रेजी भाषासमेत पढाउने विद्यालयमा शिक्षा हासिल गर्ने मौका पायौँ ।
रायमाझीका मिथिला कला
केही वर्षअघिसम्म नेपालमा मिथिला कलाको अत्तोपत्तो थिएन । यो कला तराईका देहाती स्थानमा, गाउँघरका भित्ता र पर्खालमा बाँचेको थियो । तराईको संस्कार र संस्कृतिसँग जोडिएको मिथिला कला अहिले अन्तर्राष्ट्रिय जगत्मा उल्लेख्य कलाशैलीका रूपमा फैलिएको छ । नेपाली पौभा र मण्डलाको बजार अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिए जसरी यसको बजार पनि अन्तर्राष्ट्रिय जगत्मा दिन प्रतिदिन फैलिँदो छ ।