२७ जेठ २०८०, शनिबार
२ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
२७ जेठ २०८०, शनिबार
२ वर्ष पहिले
सक्षम छन् नारी, मौका मिले बराबरी
नारीको सम्मान गरी, हुँदैन कसैको अपमान ।
बढ्दै छन् नारी, शिखर चढ्न अघि सरी
नारी हुन् सौन्दर्य, सहनशीला धैर्यको पुजारी ।
घर–घरको मान, इज्जत प्रतिष्ठा बढ्छ
जब गर्छन् नारीले खबरदारी र होसियारी ।
समृद्ध, सिर्जनशील समाजको कल्पना
पूरा हुँदैन बोकी अधुरो सपना ।
महिला–पुरुष हुन्, जीवनरथका दुई पाङ्ग्रा
घरपरिवार समाज र देशका लागि खियाउँछन् नङ्ग्रा ।
नारायणकुमार आचार्य