सुगम नजिकको चुरे दुर्गम छ
तराईको सुगम जिल्ला भए पनि सर्लाहीको उत्तरी चुरे भेगका दर्जनौँ विकट बस्तीमा बसोबास गर्ने स्थानीय भने वर्षौंदेखि समस्याग्रस्त दैनिकी गुजार्न बाध्य छन् । भौगोलिक हिसाबले दुर्गम क्षेत्रमा रहेका यहाँको चुरेपाखाका बस्तीमा बस्ने स्थानीय सडक, बि
रोकिराखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
धनुषाको नकटाझिजमा रोकिराखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मङ्गलबार राती २ बजे मिथिला नगरपालिका–२, नकटाझिजस्थित ढल्केबर–जनकपुर सडक मार्गमा बिग्रिएर रोकिराखेको ट्रिपरमा पछाडिबाट मोटरसाइकल ठोक्किएको हो ।
सप्तरीको चिम्टीमा भीषण आगलागी
सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण आगलागी भएको छ । आगलागीबाट एक सय बढी घर जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठुलो क्षति भएको प्रहरीले जनाएको छ ।
क्रसबोर्डर अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरीको सङ्ख्या बढाउनु आवश्यक
सीमा सुरक्षाको मोर्चामा महत्त्वपूर्ण दायित्व निर्वाह गर्दै आएको सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट ५ करोड बढीका अवैध सामानहरू बरामद गरेको छ ।
आगलागीबाट सात घर जले
सर्लाहीको धनकौल गाउँपालिका–२, मा मङ्गलबार मध्यान्ह आगलागी हुँदा सातवटा घर जलेर नष्ट भएका छन्।
३९ वटा पुल निर्माणाधीन अवस्थामा
सहज रूपमा आवतजावत गर्न धनुषा र महोत्तरी जिल्लाका विभिन्न स्थानमा पुल निर्माणको काम भइरहेको छ । धनुषा र महोत्तरी जिल्ला कार्य क्षेत्र रहेको सडक डिभिजन कार्यालय जनकपुरले दुवै जिल्लामा गरी ३९ वटा पुल निर्माण गरिरहेको छ ।
एमाले सरकार परिवर्तनको पक्षमा छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले अहिले नेपाली कांग्रेससँग गठबन्धन गरेर सरकार परिवर्तन गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।
आगालागीबाट दुई घर र दुई फार्म जले
जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई कृषि फार्ममा क्षति भएको छ । गए राति सर्लाहीको हरिवन र कविलासीमा आगलागी भएको हो ।
आगलागीबाट लाखौँको क्षति
सर्लाहीको दुई फरक स्थानमा भएको आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ ।जिल्लाको हरिवन नगरपालिका–३, मोहनपुरमा स्थानीय रोहन भुजेलले सञ्चालन गरेको कुखुरा फाम र सँगै रहेको घर जलेर नष्ट हुँदा ११ लाख रुपियाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।