फेरिँदै छ वीरगन्जको मुहार
वीरगन्ज उद्योग वाणिज्य सङ्घको पूर्व अध्यक्षदेखि संविधान सभाका सदस्य हुनुभएका ओमप्रकाश शर्माले वीरगन्ज महानगरमा स्थानीय जनप्रतिनिधि आएसँगै फोहरमैला व्यवस्थापनमा सुधारको अनुभूति गर्न थाल्नुभएको छ ।
मूल सुकेपछि दमकलबाट पानी वितरण
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पानीका स्रोत सुकेपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ । पछिल्लो समय यहाँ चापाकाल र अन्य पानीका स्रोत सुकेपछि वितरण गर्न थालिएको हो ।
मधेश र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध
मधेश र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध कायम छ । होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेश र पर्यटन व्यवसायी महिला सङ्घ (टेवान)बीच शनिबार बर्दिबासमा मितेरी सम्बन्ध कायम गरिएको घोषणा भएको हो ।
पानी नपर्दा सुक्न थाल्यो चैते धान
आकासे वर्षा नहुँदा चैते धान सुक्न थालेको छ । चैते धान रोपेदेखि पानी नपर्दा खेतमा धाँजा फाटेको छ । यो वर्ष जिल्लामा चैते धान खेती विस्तार भएको अवस्थामा सुरुमै खडेरीले प्रभाव पारेको लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले बताउनुभयो । यो वर्ष दोब्बर बढी क्षेत्रफलमा चैते धान रोपिएकोमा आकासे वर्षा नहुँदा बाली प्रभावित बनेको उहाँले बताउनुभयो । पौडेलले वर्षा नहुँदा पानीको तह नै कम भएर स्यालो ट्युबेलमा समेत पानी आउन छाडेकाले चैते धानलाई सिँचाइको समस्या भएको उहाँले बताउनुभयो ।
जनताको विश्वास जितेको पार्टी एमाले हो : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको विश्वास जित्न सफल भएकै कारण देशको पहिलो पार्टी भएर एमाले यहाँसम्म आएको बताउनुभएको छ ।
सल बेरिएर बाइक दुर्घटना, एकको मृत्यु
पूर्व–पश्चिम लोकमार्गको बर्दीबास –५ स्थित टुटेश्वरको जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
धनुषाका एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द
आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त उद्योग तथा व्यवसाय बन्द भएका हुन् ।
एमाले र कांग्रेस मिलेर तत्कालै सरकार बन्ने अवस्था छैन : नेता साउद
पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताउनुभएको छ ।
उचित क्षतिपूर्ति नपाएको किसानको गुनासो
लहान नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने वडा नम्बर ९, १०, ११, १३ र १४ वडाका पाँच सयभन्दा बढी किसानहरूले उचित क्षतिपूर्ति (मुअब्जा) नपाएको गुनासो गरेका छन् । ढल्केबर दुहबी विद्युतीय प्रसारण परियोजनाको विद्युतीय तार तान्ने क्रममा यस्तो गुनासो गरेका छन् ।