मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु
सप्तरीको अग्निसाइर कृष्णा संवरण गाउँपालिका ५ बकधुवामा मङ्गलबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
संविधान संशोधन उपयुक्त समयमा हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन उपयुक्त समयमा हुने बताउनुभएको छ । मङ्गलबार मधेश प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
फूल बिक्री नहुँदा किसान चिन्तित
धनुषाको धनुषाधाम नगरपालिका–३, तेजनगरकी मानकुमारी भण्डारीले वार्षिक १५ हजार रुपियाँमा १० कट्ठा जमिन भाडामा लिएर गेंदा फूल खेती गर्दै आउनुभएको छ ।
प्रधानमन्त्री ओली जनकपुरधाम आउनुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार मधेश प्रदेश सभालाई सम्बोधन जनकपुरधाम आउँदै हुनुहुन्छ ।
खुकुरी प्रहारबाट युवक गम्भीर घाइते
धनुषाकोे मिथिला बिहारी नगरपालिका–५, ललियामा सोमबार राति एक युवकमाथि खुकुरी प्रहार भएको छ ।
विद्युतीय धरापमा परेर बालिकाको मृत्यु
गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा परेर मृत्यु भएको छ । जङ्गली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी खातुनको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।
मुसहरले हाले होमको चरु
सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगन्ज पर्तीबजारमा दलित र गैरदलित मिलेर सीताराम नाम महायज्ञ आयोजना गरेका छन् ।
विद्यार्थी कम, शिक्षक बढी
एक समय विद्यार्थीले भरिभराउ हुने बालमन्दिर विद्यालयमा अहिले विद्यार्थीभन्दा शिक्षकको सङ्ख्या बढी हुन थालेको छ ।
अनुमति बिना सञ्चालित विद्यालय बन्द गर्न माग
रौतहट सदरमुकाम गौरमा अनुमति नै नलिई कतिपय विद्यालय सञ्चालन भइरहेका छन् । मापदण्ड पूरा नगरेको, अनुमति नलिएको, विद्यालय सञ्चालनका लागि कुनै पनि कागजात नभएका विद्यालय बन्द गराउन प्याब्सन गौर नगर समितिले गौर नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री ओलीले मधेश प्रदेश सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार (भोली) मधेश प्रदेशको राजधानी जनकपुरधाम आउन लाग्नुभएको छ । उहाँले मधेश प्रदेश सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
फूलजोर खोलाको पुलमा भ्वाङ, दुर्घटनाको उच्च जोखिम
सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगपालिका–८, रामपुरलाई जोड्ने फूलजोर खोलाको पुल जोखिमपूर्ण बनेको छ ।
धनुषाधाममा तरबुजा उत्पादनमा कमी
धनुषाधाम नगरपालिका–७, भगवानपुरका किसान शिवनाथ यादव २० वर्षदेखि तरबुजा खेती गर्दै आउनुभएको छ । यसवर्ष उहाँले आठ कट्ठा जमिनमा तरबुजा खेती गर्नुभएको छ ।
दस लाखभन्दा बढिको अवैध कपडासहित गाडि नियन्त्रणमा
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाहि गाउँबाट सशस्त्र प्रहरीले करिब १० लाख आठ हजार रुपियाँ बराबरको लत्ताकपडासहित गाडि नियन्त्रणमा लिएको छ ।
एमाले लालबन्दीको अध्यक्षमा कार्की विजयी
नेकपा (एमाले) लालबन्दी नगर कमिटीको अध्यक्षमा उज्वलकुमार कार्की विजयी हुनुुभएको छ । प्रतिस्पर्धी प्रेमप्रसाद आचार्य (उमेश) लाई ४७ मतले पराजित गर्दै कार्की तीन वर्षका लागि एमाले लालबन्दीको अध्यक्षमा चुनिनुुभएको हो ।
वडा कार्यालय भवनको सिलान्यास
रौतहटको गढिमाइ नगरपालिका वडा नं. ४ संग्रामपुरको वडा कार्यालय भवनको सिलान्यास गरिएको छ ।
कर्मचारीले एघार महिनादेखि तलब पाएनन्
लामो समयदेखि आर्थिक सङ्कटमा गुज्रिरहेको सागरनाथ वन विकास परियोजनाका कर्मचारी र मजदुरले विगत ११ महिनादेखि तलब पाउन सकेका छैनन् ।
महोत्तरीमा बढ्यो वायु प्रदूषण, जोगिन चिकित्सकको सुझाव
महोत्तरी जिल्लासहित आसपास जिल्लाहरूको वायु प्रदूषित हुँदा आमनागरिकको दैनिकी असहज बन्दै गएको छ ।
जनकपुरमा आज रामनवमी महोत्सव
सीताको जन्मभूमि नगरी जनकपुरधाममा आज रामनवमी पर्व धूमधामका साथ मनाइँदै छ । भगवान् रामको जन्म चैत्रशुक्ल नवमी तिथिमा भएको स्मरणमा आज रामनवमी पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ ।
लालगढस्थित धनौजी खानेपानी कार्यालयमा आगलागी
धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित धनौजी खानेपानी आयोजना कार्यालय परिसरमा आइतबार बिहान आगलागी भएको छ । बिहान करिब ९ बजे नजिकै रहेको वन क्षेत्रबाट फैलिएको आगोले कार्यालय परिसरमा आगलागी भएको हो ।
विकासमा जातीय विकृति बाधक : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मधेशको विकासमा जातीय विकृति बाधक रहेको बताउनुभएको छ । हलुवाई समाज नेपाल मधेश प्रदेशको प्रथम अधिवेशनलाई शनिबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित
चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै आएका थिए । केहीले खेतमा डिपबोरिङ गरेर मकैखेती गर्दैआएका थिए ।
महोत्तरीमा रामनवमी मनाइँदै
महोत्तरीमा रामनवमी मनाइँदै छ । आइतबार आराध्यदेव श्रीरामको जन्मोत्सवमा विशेष धार्मिक अनुष्ठानबिच मनाइन लागेको हो । श्रीरामको जन्मदिनका अवसरमा यहाँका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना गरिएका छन् ।
स्रोत अभावमा अस्पताल अलपत्र
सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगञ्ज पर्ती बजारमा आधारभूत अस्पताल अलपत्र परेको छ । सञ्चालन गर्ने स्रोत नहुँदा अघिल्लो जनप्रतिनिधिको कार्यकालमै निर्माण सम्पन्न भएको अस्पताल भवन अझै सञ्चालनमा आउन सकेको छैन ।