वडा कार्यालय भवनको सिलान्यास
रौतहटको गढिमाइ नगरपालिका वडा नं. ४ संग्रामपुरको वडा कार्यालय भवनको सिलान्यास गरिएको छ ।
कर्मचारीले एघार महिनादेखि तलब पाएनन्
लामो समयदेखि आर्थिक सङ्कटमा गुज्रिरहेको सागरनाथ वन विकास परियोजनाका कर्मचारी र मजदुरले विगत ११ महिनादेखि तलब पाउन सकेका छैनन् ।
महोत्तरीमा बढ्यो वायु प्रदूषण, जोगिन चिकित्सकको सुझाव
महोत्तरी जिल्लासहित आसपास जिल्लाहरूको वायु प्रदूषित हुँदा आमनागरिकको दैनिकी असहज बन्दै गएको छ ।
जनकपुरमा आज रामनवमी महोत्सव
सीताको जन्मभूमि नगरी जनकपुरधाममा आज रामनवमी पर्व धूमधामका साथ मनाइँदै छ । भगवान् रामको जन्म चैत्रशुक्ल नवमी तिथिमा भएको स्मरणमा आज रामनवमी पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ ।
लालगढस्थित धनौजी खानेपानी कार्यालयमा आगलागी
धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित धनौजी खानेपानी आयोजना कार्यालय परिसरमा आइतबार बिहान आगलागी भएको छ । बिहान करिब ९ बजे नजिकै रहेको वन क्षेत्रबाट फैलिएको आगोले कार्यालय परिसरमा आगलागी भएको हो ।
विकासमा जातीय विकृति बाधक : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मधेशको विकासमा जातीय विकृति बाधक रहेको बताउनुभएको छ । हलुवाई समाज नेपाल मधेश प्रदेशको प्रथम अधिवेशनलाई शनिबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित
चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै आएका थिए । केहीले खेतमा डिपबोरिङ गरेर मकैखेती गर्दैआएका थिए ।
महोत्तरीमा रामनवमी मनाइँदै
महोत्तरीमा रामनवमी मनाइँदै छ । आइतबार आराध्यदेव श्रीरामको जन्मोत्सवमा विशेष धार्मिक अनुष्ठानबिच मनाइन लागेको हो । श्रीरामको जन्मदिनका अवसरमा यहाँका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना गरिएका छन् ।
स्रोत अभावमा अस्पताल अलपत्र
सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगञ्ज पर्ती बजारमा आधारभूत अस्पताल अलपत्र परेको छ । सञ्चालन गर्ने स्रोत नहुँदा अघिल्लो जनप्रतिनिधिको कार्यकालमै निर्माण सम्पन्न भएको अस्पताल भवन अझै सञ्चालनमा आउन सकेको छैन ।
मदिराजन्य पदार्थ बिक्रीमा रोक
गौर नगरपालिका कार्यालयले मांसाहारी सामग्री र मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ । आइतबार रामनवमी पर्वको अवसरमा नगर क्षेत्र भित्र मांसाहारी सामग्री र मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाइएको नगरपालिकाले जनाएको छ
धनुषाको उत्तरी क्षेत्रमा आँखा पोल्ने समस्या
धनुषाको उत्तरी क्षेत्रका स्थानीय आँखा पोल्ने समस्याले प्रभावित भएका छन् । वायु प्रदूषणका कारण ढल्केबर, धारापानी, गोदारलगायतका स्थानमा यस्तो समस्या देखिएको हो ।
महोत्तरीमा बलिकामाथि सामूहिक बलात्कार
महोत्तरीमा पुनः एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । यस अघि जलेश्वरमा बालिकामाथि बलात्कारको घटना सार्वजनिक भएको एक साता नबित्दै फेरि बालिकामाथि सामूहिक बलात्कार भएको अर्को घटना सार्वजनिक भएको छ ।
मधेस प्रदेश सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
अजय शाहमहोत्तरी , चैत्र २३ गते । मधेस प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने भएको छ। मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले प्रधानमन्त्री ओलीले चैत्र २६ गते सम्बोधन गर्ने निश्चित भएको जानकारी दिनुभयो ।प्रधानमन्त्रीले मधेस प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने पक्का भएपछि मधेस प्रदेश सभामा यसको तयारी तीव्र पारिएको सभामुख मण्डलले जानकारी दिनुभयो। मधेस प्रदेश सभाको सरसफाइ, मर्मत तथा थप सौन्दर्यीकरणको काम सुरु भएको छ ।प्रदेश सभा सचिवालयका सचिव बासु कोइराला तथा उपसचिव विपिन कुमार ठाकुरको अगुवाइमा प्रदेश सभालाई नयाँ तरिकाले सजाउने काम सुरु भएको छ।१२ दिनदेखि अवरुद्ध मधेस प्रदेशसभा बैठक सञ्चालन गर्ने सम्बन्धमा शुक्रवार बसेको सर्वदलीय बैठकमा तीन बुँदे सहमतिमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सहमति समेत भएको र तीन बुँदै सहमति भएसँगै विवाद सुल्झिएको हो ।सभामुख रामचन्द्र मण्डलका अनुसार शुक्रवार बिहान बसेको सर्वदलीय बैठकमा तीन बुँदे सहमति भएसँगै मधेस सभाको गतिरोध अन्त्य भएको हो । विपक्षी दलहरूले उठाएको माग सम्बोधनसहित तीन बुँदे सहमति भएपछि गतिरोध अन्त्य भएको सभामुख मण्डलले बताउनुभयो ।सभामुख मण्डलकाअनुसार बैठकमा संसदीय छानबिन समिति गठन गर्ने, अब बस्ने सदनको बैठकमा योजना बिक्री वितरणबारे सम्बन्धित मन्त्रीहरूले जवाफ दिने र प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा सम्बोधन गर्न दिने सहमति भएको हो ।माओवादी केन्द्र संसदीय दलका नेता भरत साहका अनुसार अनधिकृत तवरबाट योजनाको चिठी बिक्री वितरणबारे चैत २७ गतेको बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिने र संसदीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ ।यसै गरी चैत २६ गते सदन सुरु गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सहमति भएको दलका नेता साहले जानकारी दिनुभयो । अनधिकृत रूपमा कमिसन लिएर योजना बिक्री हुने गरेको आरोप लगाउँदै विपक्षी दल जसपा नेपाल र माओवादी केन्द्रले संयुक्तरुपमा संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आइरहेका थिए ।सोही विवाद समाधानका लागि सभामुखको कार्यालयले शुक्रवार सर्वदलीय बैठक डाकेको थियो । चैत १० गतेदेखि मधेस सभाको बैठक अवरोध हुँदै आइरहेको थियो ।
ठेकेदारले बुझाएनन् तीन करोड राजश्व
जनार्जन खत्रीसर्लाही, चैत २३ गते । सर्लाहीको चन्द्र नगर गाउँपालिकामा नाढीमन ताल र पोखरी ठेक्का लिएका ठेकेदारले ठेक्का अवधि गुज्रिएको लामो समय भइसक्दा समेत ठेक्का रकम बुझाउन अटेरी गरेका छन् । गाउँपालिकाको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको नाढीमन ताल र ११ वटा पोखरी ठेक्काको रकम नउठ्दा विकासको काम प्रभावित भएको गाउँपालिकाले जनाएको छ । ताल र पोखरी ठेक्का लिएका ठेकेदारले त्यहाँ उत्पादन भएको माछा बिक्री गरिसके पनि ठेक्काको रकम बुझाउन भने बेवास्ता गरेका छन् । नाढीमन तालको ठेक्का लिएका दुलार मुखियाबाट मात्रै करसहित एक करोड ८९ लाख रुपियाँ उठ्न बाँकी रहेको गाउँपालिकाले दाबी गरेको छ । मुखियालाई गाउँपालिकाले पाँच वर्षका लागि छ करोड १९ लाख रुपियाँमा नाढीमन ताल ठेक्का दिएको थियो । उहाँको ठेक्का अवधि दुई वर्षअघि अर्थात् २०८० वैशाख ६ गते नै सम्पन्न भइसकेको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले सबैभन्दा बढी ठेक्का रकम बुझाउन बाँकी मुखियालाई बाँकी रहेको ठेक्का रकम बुझाउन १५ पटक लिखित ताकेता नै गरिएको बताउनुभयो । सम्झौता अनुसार ठेक्का रकम बुझाउन आउनुको साटो ठेकेदारको तर्फबाट अदालतमा विभिन्न मुद्दा मामला गरेर उल्टै गाउँपालिकालाई नै अनेक अल्झनमा पार्ने काम भएको गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो । ठेक्काको रकम उठाइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा समेत कुनै उपाय नलागेको गाउँपालिकाले जनाएको छ । पाँच वर्षका लागि ताल ठेक्कामा लिनुभएका मुखियाले २०८० वैशाख ६ गतेअघि नै ताल नै सुकाएर सबै माछा निकालेर लगेको गाउँपालिका अध्यक्ष महतोले बताउनुभएको छ । माछा निकाल्दा पानी सुकाइएको ताल दुई वर्षपछि पुनः अहिले पानी भरेर पहिलेकै अवस्थामा फर्काउने प्रयास गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार यादवले बताउनुभयो । ठेकेदार मुखियाले भने आफूले ताल ठेक्का लिएकै पहिलो वर्ष बाढी आएर माछा बगाएको र दोस्रो वर्ष कोरोना सङ्क्रमणको कहरका कारण माछा बिक्री गर्न नपाएर समस्या परेको बताउनुभयो । चार किस्ता सरासर बुझाएको, अन्तिम किस्तामा समेत १५ लाख रुपियाँ बुझाएको र धरौटीमा ३४ लाख रुपियाँ रहेकाले पालिकालाई बुझाउन बाँकी रकम छुट गरिदिन माग गरेको बताउनुभएको छ । गाउँपालिकाले छुट दिन इन्कार गरेपछि आफू अन्यायमा परेको भन्दै अदालतको शरणमा गएको मुखियाले बताउनुभयो । नाढीमन तालबाहेक अन्य ११ वटा पोखरी ठेक्का लिएका ठेकेदारबाट पनि ठुलो रकम उठ्न बाँकी रहेको र यसै गरी ताकेता गरिरहे पनि अटेर गरिएको गाउँपालिकाले जनाएको छ । चतुरभुजी दहका ठेकेदार रामेश्वर मुखियासँग २९ लाख २१ हजार, गोपीवाला पोखरीका ठेकेदार राम केवल मुखियासँग चार लाख ७८ हजार, महुअवा पोखरीका ठेकेदार दुलार मुखियासँग २२ लाख ३३ हजार, लकरिया गोसाई पोखरीका ठेकेदार राज किशोर राउतसँग तीन लाख सात हजार र मोहनपुर (क) का ठेकेदार रामनारायण महतोसँग १२ लाख ७८ हजार रुपियाँ उठ्न बाँकी रहेको चन्द्र नगर गाउँपालिकाले जनाएको छ । यस्तै मोहनपुर (ख) पोखरीका ठेकेदार गङ्गीराम महतोसँग ११ लाख १६ हजार, मोहनपुर (ग) पोखरीका ठेकेदार राम विश्वास रायसँग पाँच लाख २९ हजार, लोदवा पोखरीका ठेकेदार रामेश्वर मुखियासँग चार लाख १५ हजार, मङ्गल सहनीवाला पोखरीका ठेकेदार हृदय मुखियासँग १३ लाख ९२ हजार, चतुुर्भूजी दहका ठेकेदार खेमराज रायसँग ४४ लाख ५० हजार र पकडवा दहका ठेकेदार सुमिना देवीसँग ३४ लाख सात हजार रुपियाँ उठ्न बाँकी रहेको गाउँपालिकाले जानकारी दिएको छ । सम्झौता अवधि गुज्रिसकेका नाढीमन ताल र अन्य ११ वटा पोखरीका ठेकेदारसँग कूल तीन करोड ४१ लाख १४ हजार ६१५ रुपियाँ उठ्न बाँकी रहेको गाउँपालिका अध्यक्ष महतोले बताउनुभएको छ । गाउँपालिकाले नाढीमन तालसहितका पोखरी पुनः नयाँ ठेक्का लगाउने प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
फुसको घर, पक्की शौचालय
लहान–२१, कलाबन्जर मुसहर समुदायको फुसको घर रहेको बस्तीमा टाढैबाट चम्किने सुन्दर सुविधासम्पन्न शौचालय निर्माण गरिएको छ । शौचालय निर्माणले पुस्तौँपुस्तादेखि झेल्दै आइरहेको खुला दिसाबाट मुक्त भएपछि मुसहर समुदाय खुसी भएका छन् ।
रेलवे मुआब्जाको गाँठो फुकाउन सर्वपक्षीय भेला
रेलवे विस्तारमा लामो समयदेखि थाती रहेको मुआब्जा विवाद समाधान हुन नसक्दा ट्र्याक निर्माणको गति अवरुद्ध छ । समस्या समाधानमा देखा परेका अनेक जटिलताले
भवन तथा केमिकल अभावमा प्रादेशिक आयुर्वेदिक स्वास्थ्य सेवा असजह
रौतहटको चन्द्रपुर–६ मा रहेको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आवश्यकताअनुसार भवन तथा केमिकल नहुँदा उपचारमा असहज भएको छ ।
रौतहट उद्योग वाणिज्य सङ्घमा तालाबन्दी
रौतहट उद्योग वाणिज्य सङ्घमा तालाबन्दी भएको छ । सङ्घको वर्तमान कार्य समितिको कार्यशैली प्रति असन्तुष्ट बनेका व्यवसायीहरूको समूहले मुख्य प्रवेशद्वारमा ताला लगाएका हुन् ।
स्वच्छता अभियानअन्तर्गतका शौचालय बेवारिसे
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत गद्दीको कार्यकालमा मुख्यमन्त्री स्वाच्छता अभियान सञ्चालन भएको थियो । सो अभियानअन्तर्गत विभिन्न स्थान तथा कार्यालयहरुमा शौचालय पनि निर्माण भएका थिए । तर निर्माण भएका शौचालयहरू अहिले बेवारिसे अवस्थामा छन् ।
नागरिकलाई सहज हुने कानुन बन्नुपर्छ : मन्त्री लेखी
मधेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले नागरिकलाई सहज हुने ढङ्गले ऐन, कानुन निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
सप्तरी मालपोतद्वारा १४ करोड ४८ लाख भन्दा बढी राजस्व सङ्कलन
भूमिसुधार तथा मालपोत कार्यालय सप्तरी राजविराजले चालु आर्थिक वर्षको आठ महिनामा १४ करोड ४८ लाख ६९ हजार सात सय ८४ राजस्व सङ्कलन गरेको छ ।
सप्तरीमा यस वर्ष चैते धान उत्पानमा वृद्धि हुने
सप्तरीमा यस वर्ष चैते धानको उत्पादनमा वृद्धि हुने भएको छ । गत वर्षभन्दा ३५० हेक्टर क्षेत्रफल बढी जग्गामा चैते धान रोपाई भएकोले उत्पादनमा वृद्धि हुने भएको हो ।
कामको खोजी गर्दै वीरगञ्जको घण्टाघर धाउनेहरु...
। वीरगञ्जको घण्टाघर चोकमा अवस्थित घडीको सुईमा बिहानको ६ बजेपछि वीरगञ्ज आसपासबाट कामको खोजीमा आउने श्रमिकहरुको चहलपहल ह्वात्तै बढ्ने गर्छ ।
भालुको आक्रमणबाट एक जना गम्भीर घाइते
जङ्गली भालुको आक्रमणबाट बर्दिवासका एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बर्दिवास नगरपालिका–३ पाटुका ५१ वर्षीय जिस्नुप्रसाद दुलाल रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।