मुख्यमन्त्री सिंहद्वारा शैक्षिक प्रयोगशाला भवनको शिलान्यास
मधेश प्रदेशका मुख्यमन्त्री एवं मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति सतीशकुमार सिंहले जनकपुरधाममा शैक्षिक प्रयोगशाला भवनको शिलान्यास गर्नुभएको छ।
बारामा हर्षोल्लासका साथ मनाइँदै इद–उल–फित्र
मध्य तराईको बारा, पर्सा, रौतहटलगायत जिल्लाहरूमा बसोवास गर्ने इस्लाम धर्मावलम्बीले सोमबार इद उल फित्र अर्थात इद हर्षोल्लासका साथ मनाइ रहेका छन् ।
नेपालगञ्जमा धुमधामले ईद पर्व मनाइयो
बाँकेमा इस्लाम धर्मावलम्बीले धुमधामका साथ ईद उल फित्र पर्व मनाएका छन् । नेपालगञ्जमा आज बिहान सामूहिक रुपमा नमाज पढिएको छ । विपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढिएको हो ।
सामाजिक सद्भाव कायम राख्दै ईद मनाइयो
पर्सामा इस्लाम धर्मावलम्बीहरुले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै ईद पर्व हर्षौल्लाससहित मनाएका हुन् ।
जनकपुर–भिट्ठामोड सडक अतिक्रमित संरचना हटाइँदै
चार लाइनको जनकपुर–जलेश्वर– भिट्ठामोड सडकखण्ड अन्तर्गत धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २३ लादोवेलादेखि बिन्धीसम्मको सडकमा वर्षौैंदेखि अतिक्रमित गरी बनाइएका भौतिक संरचना हटाउने काम भइरहेको छ ।
त्रिशूलीदेवी मन्दिर खुला
जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूलीदेवीको मन्दिर चैतेदसैँका लागि आइतबारदेखि सर्वसाधारणको दर्शनका लागि खोलिएको छ ।
करेन्ट लागेर एकको मृत्यु
सर्लाहीको हरिपुर नगरपालिका –१, हजार बिघामा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ४६ वर्षीय राजु भन्ने सोमबहादुर खपाङ्गी मगरको करेन्ट लागेर मृत्यु भएको हो ।
गणतन्त्रको विकल्प बलियो र संस्थागत लोकतन्त्र : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक गणतन्त्रको विकल्प बलियो र संस्थागत लोकतन्त्र नै भएको बताउनुभएको छ ।
मधेश मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमनः दुई जना पक्राउ
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिराहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व–पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गर्नुभएको छ ।
रात्रिकालीन जहाज उडान अन्योल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चार महिनाअघि राजविराज विमानस्थलबाट रात्रिकालीन परीक्षण उडान सुरु गर्दै बुद्ध एयरको विमानबाट काठमाडौँ लाग्नुभयो ।
क्यान्सरपीडित छोराको उपचारमा सहयोग गर्न अपिल
सप्तरीको छिन्नमस्ता गाउँपालिका–१, बरही टोलका ६० वर्षीय देवनारायण राय अहिले चिन्तामा डुब्नुभएको छ । उहाँका एक मात्र छोरा ३० वर्षीय प्रशान्तलाई क्यान्सर रोग लागेका कारण उपचार खर्च जुटाउने पीडाले उहाँलाई चिन्तित बनाएको हो । पायल्स रोगबाट ग्रसित प्रशान्तलाई उपचार गराउन भारतको विहारस्थित पटनाको एम्स अस्पताल लग्दा डाक्टरले छोरालाई क्यान्सर रोग लागेको बताएका थिए ।
भारतीय तरकारीले किसान चिन्तित
उत्पादनले मूल्य नपाउँदा तरकारी किसान चिन्तित भएका छन् । यसअघि १० रुपियाँ किलोमा काउली बिक्री गरेका किसान गोलभेँडा पाँच रुपियाँमा बिक्री गर्नु परेपछि मर्माहत छन् । त्यसमाथि ग्राहक नपाउँदा समस्या थपिएको छ ।
सञ्चार गृहमा गरेको आगजनीविरुद्ध विरोध
नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले पत्रकारको हत्या तथा सञ्चार गृहमा गरेको आगजनीविरुद्ध शनिबार साँझ जनकपुरधाममा प्रदर्शन तथा श्रद्धाञ्जलीसभाको आयोजना गर्ने भएको छ।
वीरगन्जमा महिलाको शव फेला
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ ।
पत्रकार हत्याविरुद्ध पत्रकार महासङ्घको प्रदर्शन
काठमाडौंको तीनकुनेमा शुक्रबार समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकलाई जिउँदै जलाएर मार्ने उपर कारबाहीको माग गर्दै सप्तरीका पत्रकारहरुले शनिबार राजविराजमा विरोध प्रदर्शन गरेका छन् ।
यात्रु बनेर मुख्यमन्त्री सिंहद्वारा लाइन होटलको अनुगमन
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यात्रु बनेर बिहीबार राति धनुषाको मिथिला नगरपालिका–१०, लालगढमा रहेका लाइन होटलको अनुगमन गर्नुभएको छ ।
आगलागीबाट सात घर जलेर नष्ट
रौतहटको गरुडा नगरपालिका-४ तरकारी बजारमा आगलागी भएको छ ।
कागजमा सरकारी विद्यालय, बिजुलीको पोलमा साइनबोर्ड
सप्तरीको रूपनी गाउँपालिका–४ स्थित पम्प नहरको डिलमा रहेको एउटा बिजुलीको पोलमा ‘श्री राष्ट्रिय प्राथमिक विद्यालय, विष्णुपुर गाउँपालिका १ खुरहुरिया (उत्तर टोल), स्थापना २०६७’ अङ्कित
गणतन्त्र सवलताको लागि खबरदारी आवश्यक : मन्त्री लेखी
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले गणतन्त्र सवल भए मात्र पत्रकारिताको सफलता हुने भएकाले सञ्चार क्षेत्रले खबरदारी गरिरहनु पर्ने आवश्यक रहेको बताउनुभयो ।
गौर प्रवेशद्वार निर्माण अलपत्र
गौर चन्द्रनिगाहपुर सडक खण्ड सडक डिभिजन चन्द्रनिगाहपुरको अधिकार क्षेत्रभित्र पर्ने र डिभिजनको अनुमति बगेर नगरपालिकाले कार्य प्रारम्भ गरेकोले डिभिजनले रोक्का राखेको सडक डिभिजन चन्द्रनिगाहपुरका डिभिजन प्रमुख इन्जिनियर अरुण कुमार लाल कर्णले बताउनुभयो ।
तीन वर्षअघि गरिएको वारुणयन्त्र खरिदको निर्णय कार्यान्वयन हुन सकेन
तीन वर्षअघि जिल्ला दैवी प्रकोप उद्धार समिति रौतहटले जिल्लाका सबै पालिकामा वारुणयन्त्र खरिद गर्न पहल गर्ने भनि गरेको निर्णय हालसम्म कार्यान्वयन हुन सकेको छैन ।
भारतीय तरकारी आयातपछि नेपाली उत्पादनले मूल्य नपाउँदा किसान चिन्तित
आफ्नो उत्पादनले मूल्य नपाउँदा तरकारी किसान चिन्तित भएका छन् ।
कागजमा मात्रै सञ्चालित श्री राष्ट्रिय प्राथमिक विद्यालय
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था कहाली लाग्दो छ । विद्यालय को कक्षा कोठामा ढोका छैन भने खानेपानी र शौचालय लगायतका पूर्वाधार केही पनि छैन ।
धनुषामा बर्सेनि बढ्दै चैते धानको उत्पादन
धनुषामा चैते धानको उत्पादन क्षेत्र बर्सेनि बढ्दै गएको छ । चैते धान उत्पादनप्रति किसानको रुचि बढेपछि जिल्लामा चैते धानको उत्पादन क्षेत्रफल बढ्दै गएको हो ।